तिलोत्तमा । विभिन्न ठाउँबाट बसाई सरी रूपन्देही जिल्लामा स्थायी वा अस्थायी रूपमा बसोबास गरिरहेका धनञ्जय गोत्रीय पंगेनीहरूको पहिलो रुपन्देही जिल्ला अधिवेशन आज ९सोमबार० तिलोत्तमाको भलवारीमा सम्पन्न भएको छ ।
तिलोत्तमा – ७ का वडाध्यक्ष देवीप्रसाद पंगेनीको अध्यक्षता तथा पंगेनी समाज नेपालका केन्द्रीय सदस्य केशवराज पंगेनीको प्रमुख आतिथ्यमा भएको अधिवेशनले पंगेनी समाज रुपन्देहीको ९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
देवीप्रसाद पंगेनीको अध्यक्षतामा निर्वाचित नयाँ कार्यसमितिको उपाध्यक्षमा कृष्णप्रसाद पंगेनी, सचिवमा किशोर पंगेनी, कोषाध्यक्षमा जागेश्वर पंगेनी तथा सदस्यहरूमा सविता पंगेनी, गोकर्ण पंगेनी, डोलराज पंगेनी, मणिप्रसाद पंगेनी र बाबुराम पंगेनी रहनुभएको छ ।
यस अघि किशोर पंगेनीको सञ्चलनमा भएको अधिवेशन उद्घाटन कार्यक्रममा केन्द्रीय सदस्य शारदा पंगेनी, पाल्पा जिल्ला अध्यक्ष दयाराम पंगेनी, स्याङ्जा जिल्ला सल्लाहकार हरि पंगेनी, पेमा पंगेनी, दिनमणि पंगेनी लगायतले बोल्दै एकीकृत संरचनाबाट सबैको कल्याण हुने बताउनुभयो । सो अवसरमा पंगेनी समाजका १७ जना ज्येष्ठ नागरिकलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।