Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ लुम्बिनी प्रादेशिक अस्पतालमा मातृ–शिशु स्वास्थ्य र पोषणका लागि थप आर्थिक सहयोग गर्ने बेलायतका मन्त्री मिचेलको प्रतिवद्धता
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

लुम्बिनी प्रादेशिक अस्पतालमा मातृ–शिशु स्वास्थ्य र पोषणका लागि थप आर्थिक सहयोग गर्ने बेलायतका मन्त्री मिचेलको प्रतिवद्धता

संसारपोस्ट संवाददाता · ७ फाल्गुन २०८० · 0
लुम्बिनी प्रादेशिक अस्पतालमा मातृ–शिशु स्वास्थ्य र पोषणका लागि थप आर्थिक सहयोग गर्ने बेलायतका मन्त्री मिचेलको प्रतिवद्धता
160
SHARES
ShareTweet

बुटवल । बेलायतका विकास र अफ्रिका तथा राष्ट्रमण्डल विकास कार्यालयका मन्त्री एन्ड्रयु मिचेलले मातृ मृत्युदर, वाल मृत्युदर, पोषण र ओसीएमसीमा दिदै आएको सहयोगलाई थप बढाउने प्रतिवद्धता जनाउनु भएको छ ।
सोमबार लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको अवलोकनका क्रममा मन्त्री मिचेलले अस्पतालको मातृ स्वास्थ्य, शिशु स्वास्थ्य तथा बालबालिकाहरुको पोषण कार्यक्रमका बारेमा चासो व्यक्त गर्दै बेलायतले दिदै आएको सहयोगलाई थप वृद्धि गर्ने प्रतिवद्धता जनाउनु भएको हो ।
अस्पतालले उपलब्ध गराउँदै आएको स्वास्थ्य सेवाको प्रशंसा गर्दै मन्त्री मिचेलले अस्पतालमा मातृ–शिशु स्वास्थ्य तथा बालबालिकाहरुको पोषणको क्षेत्रमा आर्थिक सहयोग वृद्धि गर्न बेलायत सरकार तयार रहेको प्रतिवद्धता व्यक्त गर्नुभयो ।
अस्पतालको अवलोकनका लागि आउनु भएका बेलायतका विकास मन्त्री मिचेललाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय, प्रदेश स्वास्थ्य सचिव डा. जनार्दन पन्थी, अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. सुुदर्शन थापा क्षेत्रीलगायतले स्वागत गर्नु भएको थियो ।
मन्त्री मिचेल लगायतको टोलीले अस्पतालमा रहेको ओसिएमसी, एनआइसीयू, एसएनसीयू, पीआईसीयू तथा बालबालिकाहरुको पोषण पुनःस्थापना केन्द्रको अवलोकन गरेपछि स्वास्थ्य उपचार सेवाका बारेमा छलफल गरिएको थियो ।
छलफलका क्रममा बुटबल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले बुटवलले माृत स्वास्थ्य र शिशु स्वास्थ्यलाई विशेष प्राथमिकता दिएर कार्यक्रमहरु अगाडि सारेको जानकारी गराउनु भयो । उहांले मन्त्री मिचेललाई नेपाल–अंग्रेज युद्ध, जितगढी किल्ला र उजिर सिंहको बारेमा जानकारी गराउँदै उजिर सिंहको तस्वीर मायाको चिनो स्वरुप प्रदान गर्नुभयो ।
स्वास्थ्य सचिब डा.जनार्दन पन्थीले प्रदेशले मातृ मुत्युदर अरु प्रदेशमा भन्दा बढी देखिएकोले घटाउन मन्त्रालयका तर्फबाट न्युनिकरण कार्ययोजना तयार भैरहेको र अब लागुगर्ने बताउनु भयो । उहांले प्रदेशमा नयाँ तरिकाले रिफ्रल सेन्टर सञ्चालन गर्ने र के कारणले मृत्यु दर बढीरहेको छ भनेर कारण खोज्ने बताउनु भयो ।
प्रादेशिक अस्पतालका मेडिकल सुपेरिटेन्डेण्ट डा. सुदर्शन थापाले अस्पतालको स्वास्थ्य उपचार र अवस्थाबारे जानकारी गराउनुभएको थियो । उहांले लुम्बिनी प्रादेशिक अस्पतालमा बेलायतका विकास र अफ्रिका तथा राष्ट्रमण्डल विकास कार्यालयका मन्त्री एन्ड्रयु मिचेलको भ्रमण उपलब्धी मुलक भएको र यो भ्रमणले मात्रृ मृत्युदर, वाल मृत्युदर पोषण र ओसीएमसीमा बेलायतले दिदै आएको सहयोगलाई थप बढाउने मन्त्रीको प्रतिवद्धताको प्रसंसा गर्दै बेलायत सरकारलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

≪ Previous Post

केबलकारमा भारतीय पर्यटक बढाउन बजारीकरण जरुरी : मुख्य सचिव अर्याल

Next Post ≫

धनञ्जय गोत्रीय पंगेनी समाज रुपन्देहीमा नयाँ नेतृत्व चयन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क