Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ केबलकारमा भारतीय पर्यटक बढाउन बजारीकरण जरुरी : मुख्य सचिव अर्याल
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

केबलकारमा भारतीय पर्यटक बढाउन बजारीकरण जरुरी : मुख्य सचिव अर्याल

संसारपोस्ट संवाददाता · ७ फाल्गुन २०८० · 0
केबलकारमा भारतीय पर्यटक बढाउन बजारीकरण जरुरी : मुख्य सचिव अर्याल
100
SHARES
ShareTweet

बुटवल । नेपाल सरकारका मुख्य सचिव डा.वैकुण्ठ अर्यालले नेपालका पहाडी इलाकामा बनेका केबलकारहरुमा धेरै भन्दा धेरै भारतीय पर्यटक आकर्षित गर्न बजारीकरणलाई प्राथमिकता दिनुपर्ने औंल्याउनुभएको छ ।
बुटवलको लुम्बिनी केबलकारको यात्रा र कामाख्या देवी मन्दिर दर्शनपछि सञ्चारकर्मीसंग बोल्दै मुख्य सचिव अर्यालले नेपालको आर्थिक समृद्धिको एउटा प्रमुख आधार पर्यटन भएको र पछिल्लो समय केबलकारहरु आन्तरिक र वाह्य पर्यटकका लागि आकर्षक गन्तव्य बनेको बताउनुभयो ।
मुख्य सचिव अर्यालसहित प्रधानमन्त्री कार्यालयका मुख्य सचिव एकनारायण अर्याल, लुम्बिनी प्रदेश सरकारकी प्रमुख सचिव राधिका अर्याल, प्रधानमन्त्री कार्यालयका सहसचिव खुमराज कोइराला र रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले लुम्बिनी केबलकारको तल्लो र माथिल्लो स्टेशनमा बनेका पर्यटकीय पुर्वाधारको अवलोकन गर्नुभएको थियो ।
मुख्य सचिव अर्यालले भारतको उत्तर प्रदेशमा मात्रै २४ करोड हाराहारी जनसंख्या रहेकाले त्यो जनसंख्याको सानो हिस्सालाई हरेक वर्ष नेपालका पहाडी इलाकामा बनेका केबलकारमा ल्याउन सके देशको अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्नेे औंल्याउनुभयो ।
निजी क्षेत्रले ठूलो लगानीमा तयार गरेका पर्यटकीय स्थलको बजारीकरणमा साथ दिन सरकार तयार रहेको पनि उहांले बताउनु भयो । ‘भारत उत्तर प्रदेशका नागरिकलाई नेपालको पहाडी इलाका र त्यसमाथि केबलकार नौलो र रमणीय गन्तव्य हो, त्यसैले यस्ता गन्तव्यको भारतसम्मै बजारीकरण गर्न जरुरी छ, त्यसमा निजी क्षेत्रले गर्ने अभियानमा सरकारले पनि सहयोग गर्नुपर्छ’–मुख्य सचिव अर्यालले भन्नुभयो ।
सो अवसरमा केबलकारका अपरेसन म्यानेजर दिल्लीनारायण कायस्थ सैजूले केबलकारको टप स्टेशनमा ३ अर्ब लागतमा दुई वर्षभित्र एक सय ५० कोठा, एक हजार जना क्षमताको बैंक्वेट हल र क्यासिनो सहित साढे पाँचतारे होटेल बनाउने योजना रहेको मुख्य सचिवलाई जानकारी गराउनु भयो । उहांले कम्पनीले प्र्रत्येक टिकट दरको एक–एक प्रतिशत रकम बुटवल उपमहानगरपालिका र तिनाउ गाउँंपालिकालाई स्थानीय कर वापत दिंदै आएको जानकारी समेत गराउनु भयो ।
लुम्बिनी प्रदेश सरकारकी प्रमुख सचिव राधिका अर्यालले लुम्बिनी केबलकार लुम्बिनी प्रदेशकै पहिलो केबलकार भएकाले यसले प्रदेशको पर्यटन प्रवद्र्धनमा ठूलो योगदान दिने भएकाले यसको प्रवद्र्धन र बजारीकरणमा प्रदेश सरकारको साथ रहने बताउनु भयो ।

≪ Previous Post

लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिष्ट्रार आचार्यलाई उत्कृष्ट रजिष्ट्रारको अवार्ड

Next Post ≫

लुम्बिनी प्रादेशिक अस्पतालमा मातृ–शिशु स्वास्थ्य र पोषणका लागि थप आर्थिक सहयोग गर्ने बेलायतका मन्त्री मिचेलको प्रतिवद्धता

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क