Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ ‘निजी विद्यालयका माग सम्बोधन नभए सशक्त आन्दोलन’
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

‘निजी विद्यालयका माग सम्बोधन नभए सशक्त आन्दोलन’

संसारपोस्ट संवाददाता · ९ फाल्गुन २०८० · 0
‘निजी विद्यालयका माग सम्बोधन नभए सशक्त आन्दोलन’
70
SHARES
ShareTweet

बुटवल । निजी विद्यालय सञ्चालकहरुले आफूहरुका माग विद्यालय शिक्षा विधेयकमा सम्बोधन नभए सरकारले थेग्न नसक्ने आन्दोलन गर्ने चेतावनी दिएका छन् । लगानीको सुरक्षाको प्रत्याभूति,गुठीमा जाने विषय स्वेच्छिक हुनुपर्ने, उच्च शिक्षा अध्ययनमा दिइने छात्रवृत्तिमा निजी विद्यालयमा पढेका विद्यार्थीलाई भएको विभेद अन्त्य हुनुपर्ने र शिक्षासंग सम्बन्धित तीनै तहका सरकारका समितिहरुमा प्रतिनिधित्वको माग विधेयकमा नसमेटिए आन्दोलनको विकल्प नभएको उनीहरुको भनाई छ ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याब्सन लुम्बिनीको तेस्रो साधारणसभामा बोल्दै केन्द्रीय अध्यक्ष डिके ढुंगानाले ६ खर्ब लगानी र मुलुकको कुल ग्राहस्थ उत्पादन (जीडीपी) मा ७ प्रतिशतमाथि योगदान गरेको निजी विद्यालयका मागप्रति राज्य पक्ष अनुदार भएकाले आन्दोलनको तयारीमा रहन विद्यालय सञ्चालकलाई आग्रह गर्नुभयो ।
‘देशभर १० हजार बढी निजी विद्यालयमा ६ खर्ब लगानी भएको छ,हामीले दुई लाख पचास हजार जनालाई रोजगारी दिएका छौं र तर राज्यले हाम्रो लगानीको सुरक्षा माथि सधैं धावा बोल्ने काम गरेको छ’–ढुंगानाले भन्नुभयो–‘केही समयअघि आन्दोलनमा गएपछि प्रधानमन्त्री, कानूनमन्त्री लगायत सरकारी पक्षसंग भएको वार्तामा माग समेट्न उहांहरु सहमत हुनुभएको पनि हो तर विभिन्न दलका सांसदहरुले एक सय ६५ वटा संशोधन प्रस्ताव राखेकाले हामी झस्किएका छौं, यदि हाम्रा माग सम्बोधन नभई विधेयक पारित भएमा जुनसुकै बेला सशक्त आन्दोलनमा जानुपर्ने अवस्था आउंछ ।’
आफ्ना मागहरुबारे सांसदहरुले गहन ढंगले अध्ययन गरेर माग सम्बोधन गर्न तयार नभए सबै विद्यालय बन्द गरी हजारौं सवारी साधन सडकमा ल्याएर सशक्त आन्दोलन गर्ने ढुंगानाले बताउनुभयो । ‘हाम्रा माग सम्बोधन होस्, लगानीमैत्री वातावरण बनोस् भन्ने हाम्रो चाहना हो,तर राज्य पक्ष अनुदार भएर ६ खर्ब लगानी जोखिममा पार्न खोज्यो भने हामी वारपारको आन्दोलन गर्छौं,हाम्रो आन्दोलन सरकारले एक दिन पनि थेग्न सक्दैन’–ढुंगानाले भन्नुभयो–‘हाम्रो आन्दोलन मिसन २०८४ मा रुपान्तरण गर्न नपरोस् भन्ने दलका सांसदहरुलाई हाम्रो अनुरोध छ ।’
साधारणसभामा प्याब्सन लुम्बिनी प्रदेश अध्यक्ष लालहरि पाण्डेले निजी विद्यालयको योगदानको कारण समग्र मुलुकको शिक्षाको गुणस्तर राम्रो बनेको भन्दै निजी विद्यालयबाट सामुदायिक विद्यालयले अंग्रेजी माध्यममा पढाई शुरु गर्ने लगायत अन्य शैक्षिक क्रियाकलाप सिको गरेको बताउनु भयो । अझै पनि गुणस्तर सुधार गरेर अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धी जनशक्ति उत्पादनमा निजी विद्यालयले योगदान गर्नुपर्नेमा जोड दिंदै अध्यक्ष पाण्डेले प्रदेशमा गणित प्रयोगशाला (म्याथ ल्याब ) स्थापना गर्ने योजना रहेको बताउनु भयो ।
प्याब्सनका केन्द्रीय उपाध्यक्ष कृष्णप्रसाद अधिकारी, उपाध्यक्ष विष्णु पन्थी, महासचिव आरबी कटुवाल, कोषाध्यक्ष मित्रमणि न्यौपाने, प्रदेश वरिष्ठ उपाध्यक्ष ऋषिकेश जीसी, सचिव धनराज चापागाई, प्रदेश कोषाध्यक्ष अमरराज सुवेदीले निजी लगानीमा सञ्चालित विद्यालयहरुलाई निरुत्साहित बनाउने सरकारी रवैयाविरुद्ध थप एकतावद्ध भएर जाने बताउनुभयो ।
गत भदौ २७ गते विधेयक प्रतिनिधिसभामा दर्ता भएको थियो । विधेयक सार्वजनिक भएपछि शिक्षक र निजी विद्यालय सञ्चालक असन्तुष्ट भई शिक्षकले माइतीघर मण्डलामा आन्दोलन शुरु गरेपछि सरकारले अधिकांश माग सम्बोधन हुने गरी विधेयक संशोधन गर्ने सम्झौता गरेको थियो ।

≪ Previous Post

धनञ्जय गोत्रीय पंगेनी समाज रुपन्देहीमा नयाँ नेतृत्व चयन

Next Post ≫

साई ग्लोबल कपः न्यु होराइजन ‘बी’ र नेपथ्य कलेजको विजयी सुरुवात

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क