Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ जीप दुर्घटनामा मृत्यु भएका परिवारलाई तिनाउ गाउँपालिकाले  ३५ हजार दिने
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

जीप दुर्घटनामा मृत्यु भएका परिवारलाई तिनाउ गाउँपालिकाले  ३५ हजार दिने

संसारपोस्ट संवाददाता · ३ फाल्गुन २०८० · 0
जीप दुर्घटनामा मृत्यु भएका परिवारलाई तिनाउ गाउँपालिकाले  ३५ हजार दिने
100
SHARES
ShareTweet

पाल्पा । पाल्पाको तिनाउ गाउँपालिकामा मङ्गलबार साँझ यात्रुबाहक जीप दुर्घटना हुँदा मृत्यु भएका परिवारलाइ तिनाउ  गाउँपालिकाले राहत स्वरुप रु ३५ हजार दिने भएको छ ।

मृतकका परिवारलाई राहतस्वरुप पालिकास्तरिय विपद् व्यवस्थापन कोषबाट जनही रु ३५ हजार रकम उपलब्ध गराउने र घाइते व्यक्तिको उपचारका लागि सम्बन्धित निकायमा पहल गर्ने गाउँ कार्यपालिका बैठकले निर्णय गरेको छ ।

तिनाउ गाउँपालिकामा मङ्गलबार साँझ यात्रुबाहक जीप दुर्घटना हुँदा  १० जनाको मृत्यु भएको थियो । मृतक १० मध्ये आठ जनाको घटनास्थलमा र दुुई जनाको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा मृत्यु भएका पाँच जना तिनाउ गाउँपालिकाका रहेका छन् ।
एकै पालिकाभित्रका पाँचसहित १० जनाको ज्यान जाने गरी भएको दुर्घटनाले पालिका शोकमा छ । तिनाउँ–६ मस्याम चिदीसको लुम्पेकडाँडा हुदै शिखरडाँडातर्फ जाँदै गरेको जीप दुर्घटना हुँदा वडा नं ६ का पूर्वमहिला वडासदस्य उर्मिला अस्लामीसहितले अकालमै ज्यान गुमाएका छन् ।

पालिकाभित्र भएको कहालीलाग्दो दुर्घटनामा ज्यान गुमाएका सबै मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै बुधबार एक दिनका लागि पालिकाले शोक बिदा दिएको थियो । गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले गाउँ कार्यपालिकाको ४६औँ बैठकले गाउँपालिकाभित्र सञ्चालनमा रहेका शिक्षा, स्वास्थ्य, सरकारी सङ्घसंस्था, तथा अन्य सम्पूर्ण क्षेत्रमा शोक बिदा दिने निर्णयअनुसार बिदा दिइएको बताउनुभयो । बैठकले दुर्घटनाले गाउँपालिकाभित्रका धेरै नागरिकको धनजनको क्षति भएको र आगामी दिनमा गाउँपालिकाका संवेदनशील क्षेत्रमा सवारी साधनको क्षमताभन्दा बढी यात्रु चढाइ आवतजावत नगर्न नगराउन सार्वजनिक रुपमा आह्वान गर्ने निर्णय पनि गरेको छ ।

जीप दुर्घटनामा परी तिनाउ–६ मस्याम बस्ने ६० वर्षीया यनकुमारी पन्त, तिनाउ–६ बस्ने ३९ वर्षीय रामबहादुर अस्लामी, सोही ठाउँकै ६७ वर्षीय कृष्णबहादुर अस्लामी, २८ वर्षीया उर्मीला अस्लामी, रुपन्देहीको बुटवल उपमहानगरपालिका–१४ तामनगर बस्ने ७० वर्षीय चन्द्र रणपाल र सोही ठाउँकै ६० वर्षीया चुना रणपालको मृत्यु भएको छ । तिनाउ–२ खुर्साने बस्ने २० वर्षीया गिता सुनार, रिब्दिकोट गाउँपालिका–१ ख्याहा बस्ने ६६ वर्षीया विष्णुकला कामी, सोही ठाउँकै ६५ वर्षीया दिलकुमारी सुनार, रुपन्देहीको देवदह नगरपालिका–५ बस्ने २९ वर्षीया दिलमाया जिसीको पनि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो ।

प्रहरी निरिक्षक श्रेष्ठका अनुसार दुर्घटनामा १६ जना घाइते भएका छन् । घाइतेको अहिले लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ । जिल्लाको तिनाउ–६ मस्यामस्थित इकोफम हाउस नजिकै भित्री कच्ची सडकखण्डमा डुम्रेबाट चिदीसतर्फ जाँदै गरेको लु १ ज २३७१ नम्बरको जीप मङ्गलवार साँझ करिव ५ बजेको समयमा दुर्घटना भएको हो । आफै अनियन्त्रित भएर जीप सडकदेखि करिब तीन सय मिटर तल खसेको थियो । चालक तानसेन नगरपालिका–१० बस्ने ४५ वर्षीय दानबहादुर चिदीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । क्षमताभन्दा बढी यात्रु बोकेकाले, उकालो, कच्ची बाटोमा जीप दुर्घटना भएको हो ।

≪ Previous Post

कपिल्वस्तुमा बस दुर्घटना: १० जनाको मृत्यु ३० जना घाइते

Next Post ≫

अन्तर मा वि दीप गायन तारा प्रतियोगताको उपाधी रिदिमा सिंजाली मगरलाई

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क