कपिलवस्तु । कपिलवस्तुमा यात्रुवाहक बस दुर्घटना हुंदा १० जनाको मृत्यु भएको छ । पुर्व पश्चिम राजमार्ग अन्तर्गत जिल्लाको शिवराज नगरपालिका १ सुरही पुल नजिकै सु प प्र ०२–००१ ख ००९८ नम्बरको बस बस दुर्घटना हुदा १० जनाको मृत्यु भएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले जनाएको छ ।
प्रहरीका अनुसार महेन्द्रनगरबाट काठमाडौ आउंदै गरेको सुनौलो महाकाली यातायातको बस राति २ बजेतिर सडकबाट २ सय मिटर तल खसेर दुर्घटना भएको हो।
दुर्घटनामा परी ३० जना घाइते भएका र त्यसमध्ये ९ जनालाई उपचारका लागि बुटवल रिफर गरिएको छ । अन्यको कपिलवस्तुकै सन्जिवनी र आधारभूत अस्पतालमा उपचार भइरहेको छ । मृतक मध्ये रौतहटका नारायणबहादुर भण्डारीको मात्रै सनाखत भएको र अरु मृतक र घाइतेको विवरण आउन बांकी रहेको प्रहरीले जनाएको छ ।