Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ अन्तर मा वि दीप गायन तारा प्रतियोगताको उपाधी रिदिमा सिंजाली मगरलाई
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

अन्तर मा वि दीप गायन तारा प्रतियोगताको उपाधी रिदिमा सिंजाली मगरलाई

संसारपोस्ट संवाददाता · ५ फाल्गुन २०८० · 0
अन्तर मा वि दीप गायन तारा प्रतियोगताको उपाधी रिदिमा सिंजाली मगरलाई
110
SHARES
ShareTweet

बुटवल । रुपन्देहीको बुटवल–८, सुख्खानगरमा अवस्थित दीप बोर्डिङ हाई स्कुलद्वारा आयोजित एघारौँ अन्तर मा. वि. दीप गायन तारा प्रतियोगतामा रिदिमा सिंजाली मगर दीप गायन तारा बनेकी छन् । उनी न्यू होराइजन इङ्लिस बोर्डिङ स्कुलकी छात्रा हुन् ।
रुपन्देही जिल्लाका कक्षा १२ सम्म अध्ययन गर्ने विभिन्न विद्यालयका ४४ जना प्रतियोगीहरूलाई पछि पार्दै रिदिमा दीप गायन तारा बन्न सफल भएकि हुन् ।
प्रतियोगिताको छनोट चरणमा फागुन ४ गते ४५ जना प्रतिस्पर्धीहरूले विना ट्रयाक गीत प्रस्तुत गरेका थिए भने उक्त प्रतिस्पर्धा बाट २० जना प्रतियोगीहरू अन्तिम प्रतिस्पर्धाका निम्ति छनोट भएका थिए । प्रतियोगिताको अन्तिम चरणमा प्रतियोगीहरूले ट्रयाक सहित गीत प्रस्तुत गरेका थिए । जसमध्ये ग्रीन प्लान्ट बोर्डिङ सेकेन्डरी स्कुलका विशेष भुर्तेल द्वित्तीय, अक्सफोर्ड मा.वि.की दीक्षा कुँवर तृतीय, स्कलर्स होम बोर्डिङ सेकेन्डरी स्कुलकी रेनुका सुनार र इन्टेलेक्चुअल एकेडेमीकी निहारिका ढुङ्गानाले सान्त्वना स्थान प्राप्त गरेका छन् ।
प्रतियागितामा प्रथम हुने रिदिमाले ३० हजार, द्वितीय हुने भुर्तेलले २० हजार, तृतीय हुने कुवँरले १० हजार र सान्त्वना हुने २ जना सुनार र ढुङ्गानाले दुई÷दुई हजारका साथ सिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रा देवी अर्यालले दीप गायन तारा प्रतियोगिता जिल्लाकै नमुना कार्यक्रम रहेको र यस कार्यक्रमले राष्ट्रिय कलाकार जन्माउने प्लेटफम प्रदान गरेकोमा प्रशंसा गर्नुभयो । उहांले विद्यालयले अतिरिक्त क्रियाकलाप संगै पठनपाठनका सन्दर्भमा अभिभावकको मन जित्न सफल भएकोमा विद्यालय व्यवस्थापन समिति, विद्यालय प्रशासन र शिक्षकहरूलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
कार्यक्रममा राष्ट्रिय परीक्षाबोर्ड लुम्बिनी प्रदेशका प्रमुख रमाकान्त तिवारीले दीप बोर्डिङले विद्यार्थीको गायन प्रतिभा प्रस्फुटन गर्न दीप गायन तारा प्रतियोगिता निरन्तर रुपमा एघारौँ वर्षसम्म सञ्चालन गरिरहेकोमा प्रशंसा गर्दै आगामी दिनमा यस्तै थप रचनात्मक कार्यक्रम गर्न सकोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो ।
विद्यालय व्यवस्थापन समितिका उपाध्यक्ष उमाकान्त चापागाईको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्ड लुम्बिनी प्रदेशका शाखा अधिकृत बाबुराम भण्डारी, समाजसेवी वेदप्रसाद पन्थ, सयपत्री क्याम्पस कपिलवस्तुका क्याम्पस प्रमुख वासु घिमिरे, विद्यालयका प्राचार्य टीकाराम न्यौपाने, उपप्राचार्य त्रय ज्ञानु थापा, कलाधर अर्याल, सुरेन्द्रकुमार शाक्य, विष्णुमाया श्रेष्ठ, लेखाप्रमुख रेखा श्रेष्ठलगायतले प्रतियोगिताका विजेता र उपविजेताहरुलाई बधाई ज्ञापन गर्दै थप सफलताको कामना गर्नुभयो ।
प्रतियोगितामा सङ्गीतकार नारायण थापा, गायक वसन्त श्रेष्ठ, सङ्गीतकार मनोज खड्काले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो । कार्यक्रममा दीप गायन ताराका संयोजक बालकृष्ण पाठकले धन्यवाद ज्ञापन तथा कार्यक्रमको सञ्चालन पुरुषोत्तम पाण्डेय र विजय सापकोटाले रूपमा गर्नुभएको थियो । सोही कार्यक्रममा विद्यालयको दीप सांस्कृतिक परिवारका विद्यार्थीहरूले विद्यालयगीत,गुरु वन्दना तथा नृत्य प्रस्तुत गरेका थिए भने दीप गायन तारा गीतकी गायिका सरिता पन्थीलाई नगद सहित सम्मान गरिएको थियो ।
विद्यालयले गीत सङ्गीतको क्षेत्रमा योगदान पु¥याउने उद्देश्यले विद्यालय स्तरबाटै क्षमतावान् गायक गायिका उत्पादन गर्न हरेक वर्ष दीप गायन तारा प्रतियोगिता सञ्चालन गर्दै आएको छ ।

≪ Previous Post

जीप दुर्घटनामा मृत्यु भएका परिवारलाई तिनाउ गाउँपालिकाले  ३५ हजार दिने

Next Post ≫

पश्चिमाञ्चल यातायात व्यवसायी समितिमा नयाँ नेतृत्व चयन, अध्यक्षमा टिकाराम गौतम

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क