Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ शान्ति नमुनाले मनायो ६५ औं वार्षिकोत्सव
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

शान्ति नमुनाले मनायो ६५ औं वार्षिकोत्सव

संसारपोस्ट संवाददाता · २ फाल्गुन २०८० · 0
शान्ति नमुनाले मनायो ६५ औं वार्षिकोत्सव
60
SHARES
ShareTweet

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा वडा नं–५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयले बिहिबार ६५ औं वार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रम गरी मनाएको छ ।
कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले शिक्षाले नै समाजको परिवर्तनमा अमूल्य योगदान पु¥याउने भन्दै त्यसका लागि शान्ति नमुनाले आगामी दिनमा शैक्षिक गुणस्तरलाई कायम राख्न सक्षम हुने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई रुपन्देहीका प्रमुख माधव बन्जाडे, तिलोत्तमा नगरपालिकाका शिक्षा शाखा प्रमुख गंगाराम आचार्य, नेपाल शिक्षक संघ रुपन्देहीका अध्यक्ष रुप कुमार रायमाझी ,अक्षयकोषदाता प्रेम बहादुर भण्डारी लगायतले विद्यालयको शैक्षिक विकासका लागि योगदान पु¥याउने प्रतिबद्धता जनाउदै शुभकामना दिनुभएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शरद भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानाध्यापक कुल प्रसाद लामिछानेले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै विद्यार्थी संख्याका आधारमा जनशक्ति तथा पूर्वाधारको अभाव भएको भन्दै शैक्षिक गुणस्तरका लागि तीनै तहका सरकारलाई सहयोगको दायरा बढाउन आग्रह गर्नुभयो ।
वार्षिकोत्सवका अवसरमा विद्यालयको बृहतर विकासका लागि योगदान पु¥याउने ४९ जना शिक्षक कर्मचारी, १ जना निवृत शिक्षक, २ जना समाजसेवी, २६ जना उत्कृष्ट अभिभावक र ८ जना अक्षयकोषदातालाई सम्मान गरिएको थियो । यस्तै विद्यालयमा क्रियाशिल क्लवहरु मध्ये बाल क्लव र आइसिटि क्लवलाई सम्मान गरिएको थियो ।
यसैगरी विद्यालयबाट कक्षा १२ उत्तीर्ण गरी यस वर्ष उच्च शिक्षा अध्ययनका लागि पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल ४८ जना विद्यार्थीहरुलाई सम्मान गरिएको थियो भने एस.इ.इ.मा ए प्लस ल्याउने १९ जना र कक्षा १२ उत्तीर्ण ३ सय ४८ जना विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो । यसैगरी डिएचएममा विशिष्ट श्रेणीमा उत्तीर्ण २ जना र वर्ष उत्कृष्ट विद्यार्थीको रुपमा ३ जना विद्यार्थीहरुलाई सम्मान गरिएको थियो ।
यस्तै विभिन्न दाताहरुले स्थापना गरेका ५७ वटा अक्षयकोषबाट २ सय २० जना विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएको थियो भने एनसिसिका ७६ जनालाई समेत पुरस्कृत गरिएको थियो । यसैगरी १२ कोठे भवनको उद्घाटन तथा ३६ कोठे भवनको शिलान्यास समेत गरिएको थियो ।
यस्तै, शान्ति नमुनाले आयोजना गरेको जिल्ला स्तरीय हाजिरीजवाफ प्रतियोगितामा प्रथम हुने एभरेष्ट माध्यमिक विद्यालयलाई नगद रु.१२ हजार, द्वितीय स्थान प्राप्त गर्न सफल ग्रिन प्लान्ट बोर्डिङ स्कुललाई नगद रु.९ हजार, तृतीय हुने सुनगाभा बोर्डिङ स्कुललाई नगद रु ७ हजार र प्रोत्साहन स्थान प्राप्त न्यू होराइजन बोर्डिङ स्कुललाई नगद रु. ४ हजार ५ सय, प्रमाणपत्र र मेडल सहित पुरष्कृत गरिएको प्रतियोगिताका संयोजक मोहन पौडयालले जानकारी दिनुभयो ।
कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक किशोर कुमार खनालले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सहायक प्रधानाध्यापक दिपेन्द्र कुमार शाक्य र दश जोड दुईका संयोजक राजेन्द्र के.सी.ले गर्नुभएको थियो ।
वार्षिकोत्सवका अवसरमा विद्यार्थीहरुले पि.टि. प्रदर्शन, परम्परागत नृत्य, गायन तथा विभिन्न झाँकीहरु प्रस्तुत गरेका थिए ।
विद्यालयमा हाल करिव ६ हजार विद्यार्थीहरु अध्ययनरत छन् भने २ सय १४ जना शिक्षक कर्मचारी कार्यरत छन् ।
यसैबीच, शिक्षा क्षेत्रमा योगदान पु¥याउने पत्रकार यमलाल भुसाललाई पुरस्कृत गरिएको छ । स्व. फत्त बहादुर÷ देउमती काउचा स्मृति पत्रकारिता पुरस्कारबाट भुसाललाई नगद, दोसल्ला तथा करुवा सहित पुरष्कृत गरिएको हो । राज्य टेलिभिजनका समाचार प्रमुख रहनुभएका भुसाललाई शान्ति नमुना मा. वि. सहित सामुदायिक विद्यालयहरुको गतिविधिहरुलाई पत्रिकारिताको माध्यमबाट जनमानसमा पु¥याउन गरेको योगदान स्वरुप सम्मान गरिएको विद्यालयका सूचना विभाग संयोजक दिनेश खड्काले जानकारी दिनुभयो ।

≪ Previous Post

दीप बोर्डिङमा दीप बाल उद्यानको उद्घाटन

Next Post ≫

उद्योगीहरुको गुनासो – आवश्यकता अनुसारको जनशक्ति पाउन सकिएन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क