Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ उद्योगीहरुको गुनासो – आवश्यकता अनुसारको जनशक्ति पाउन सकिएन
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

उद्योगीहरुको गुनासो – आवश्यकता अनुसारको जनशक्ति पाउन सकिएन

संसारपोस्ट संवाददाता · २ फाल्गुन २०८० · 0
उद्योगीहरुको गुनासो – आवश्यकता अनुसारको जनशक्ति पाउन सकिएन
80
SHARES
ShareTweet

बुटवल । रुपन्देहीका उद्योगी व्यवसायीहरुले आवश्यकता अनुसारको जनशक्ति पाउन नसकेको गुनासो गरेका छन् । नेपालमा थुप्रै तालिम प्रदायक संस्थाहरुले प्राविधिक क्षेत्रका तालिम सञ्चालन गरेपनि ती तालिमबाट उत्पादित जनशक्तिले उद्योगी व्यवसायीको आवश्यकता पुरा गर्न नसकेको उनीहरुले बताए ।
बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले बुधबार संघ सचिवालयमा एसियाली विकास बैंकसंग गरेको अन्तरक्रिया कार्यक्रममा उद्योगी व्यवसायीहरुले तालिम प्रदायक संस्थाहरुले मार्केट एनालाईसिस नगरिकनै तालिम सञ्चालन गर्ने गरेका कारण एकातिर तालिम प्राप्त जनशक्तिले रोजगारी नपाएको र अर्काेतिर उद्योगी व्यवसायीले पनि सम्वन्धित विषयमा दक्ष जनशक्ति पाउन नसकेको बताएका हुन् ।
यहाँका उद्योगहरुमा दक्ष जनशक्तिको उच्च माग भएको बताउँदै बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरीप्रसाद अर्यालले त्यसको परिपूर्तिका लागि सिटिईभिटी लगायतका तालिम प्रदायक संस्थाहरुले उद्योगी व्यवसायीसंग परामर्श गरेर तालिम सञ्चालन गर्ने हो भने उद्योगी व्यवसायीका आवश्यकता पनि पुरा हुने र उत्पादित जनशक्तिलाई स्वदेशमै रोजगारी प्रदान गर्न सकिने बताउनु भयो । उहाँका अनुसार उद्योग, कृषि, पर्यटन लगायतका क्षेत्रमा दक्ष जनशक्तिको उच्च माग छ । तर उत्पादित जनशक्ति सम्बन्धित काममा फिट नहुँदा समस्या जस्ताको त्यस्तै छ ।
प्राविधिक क्षेत्रमा दक्ष जनशक्ति उत्पादनको लागि सरकारको ठूलो लगानी भएको छ । तर तालिम प्राप्त जनशक्तिले रोजगारी नपाउने र उद्योगी व्यवसायीहरुले पनि आवश्यकता अनुसारको जनशक्ति नपाउँदा सरकारले गरेको लगानी वालुवामा पानी राखे सरह भएको बुटवल उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष जीवनप्रसाद वझाले बताउनु भयो ।
कार्यक्रममा एसियाली विकास बैंकका कन्सल्टेन्ट डा. प्रमोदबहादुर श्रेष्ठले शिक्षालाई सीप र सीपलाई रोजगारीसंग जोड्नुपर्ने बताउनु भयो । उहाँले देश विकासको लागि औद्योगिक विकास अपरिहार्य रहेको बताउँदै औद्योगिक विकासको वातावरण सरकारले तयार गर्नुपर्ने भनाई राख्नुभयो । उहाँले नेपालमा प्राविधिक तालिमको नाममा लुट भईरहेको आरोप लगाउँदै सिटिईभिटीलाई खारेज गर्नुपर्ने धारणा राख्नुभयो । सरकारले साँच्चै औद्योगिक विकास चाहेको हो भने नीजि क्षेत्रलाई कस्तो कस्तो जनशक्ति चाहिएको हो, परामर्श लिएर आवश्यकताको आधारमा तालिम सञ्चालन गर्नुपर्ने भनाई राख्नुभयो ।
त्यस्तै बुटवल टेक्निकल ईन्ष्टिच्युटका कार्यकारी प्रमुख अभिमन्यु भिमार्जुन पन्थीले बिटिआईले विगत ६० वर्षदेखि अन द जब तालिम कार्यक्रम सञ्चालन गरिरहेको तालिम पश्चात उनीहरु स्वरोजगार र रोजगारीमा जोडिएको दावी गर्नुभयो । उहाँले बिटिआईले सीप, रोजगार र उद्योगलाई आपसमा जोड्ने काम गरेको बताउँदै कतिपय कुरामा नीतिगत रुपमै समाधान खोज्नुपर्ने बताउनु भयो । उहाँले यो कार्यक्रमले केही न केही आवश्यकताको उजागर गरेको बताउँदै फिल्टर वर्कशपको खाँचो औंल्याउनु भयो ।
कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष टंकप्रसाद गैरे, संघका कार्यसमिति सदस्य तथा बुटवल उपमहानगरपालिका वडा नं. ४ का अध्यक्ष नरिश्वर शर्मा पौडेल, नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश समितिका कार्यसमिति सदस्य आनन्द वझा, संघका महासचिव मुक्तिप्रसाद अधिकारी लगायत संघका बस्तुगत समितिकका सभापति तथा उद्योगी व्यवसायीहरुले उद्योगी व्यवसायीको मागमा आधारित जनशक्ति उत्पादनको लागि कार्यक्रम बनाउन सुझाव राखेका थिए । कार्यक्रम संघका कार्यसमिति सदस्य कृष्णप्रसाद पाण्डेको संयोजनमा भएको थियो ।

≪ Previous Post

शान्ति नमुनाले मनायो ६५ औं वार्षिकोत्सव

Next Post ≫

बुटवलका २३ चोकमा उच्च क्षमताका हाइमास्ट लाइट जडान हुने

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क