Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ नवौँ मणिमुकुन्द कप पुरुष राष्ट्रिय भलिबल : त्रिभुवन आर्मी, लुम्बिनी, कोशी, गण्डकी प्रदेश बिजयी
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

नवौँ मणिमुकुन्द कप पुरुष राष्ट्रिय भलिबल : त्रिभुवन आर्मी, लुम्बिनी, कोशी, गण्डकी प्रदेश बिजयी

संसारपोस्ट संवाददाता · २८ माघ २०८० · 0
नवौँ मणिमुकुन्द कप पुरुष राष्ट्रिय भलिबल : त्रिभुवन आर्मी, लुम्बिनी, कोशी, गण्डकी प्रदेश बिजयी
140
SHARES
ShareTweet

बुटवल । रूपन्देहीमा जारी नवौँ मणिमुकुन्द कप पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको दोस्रो दिनको खेलमा त्रिभुवन आर्मी क्लब, लुम्बिनी प्रदेश, कोशी प्रदेश र गण्डकी प्रदेश बिजयी भएका छन् ।

प्रदेश खेलकुद परिषद लुम्बिनी मुख्य प्रवद्र्धक तथा प्रायोजन, नेपाल भलिबल संघको संयोजन तथा मणिमुकुन्द भलिबल क्लबको आयोजनामा जारी प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले मधेश प्रदेशलाई ३–० को सोझो सेटमा जित निकालेको हो । आर्मीले २५–१२, २५–१२, २५–१३ को अंकले दबाबमा राख्दै खेलमा जित हासिल गर्यो । एकतर्फी खेलमा त्रिभुवन आर्मी क्लबका राजेन्द्र बिष्ट म्यान अफ द म्याचबाट पुरस्कृत भए ।

यसैगरि दोस्रो खेलमा लुम्बिनी प्रदेशले बाग्मती प्रदेशलाई २५–२०, २५–२३, २५–१९ अंकले ३–० को सोझो सेटमा पराजित गरेको हो । प्रतियोगितामा लुम्बिनी प्रदेशका कमल गहतराज म्यान अफ द म्याचबाट पुरस्कृत भए ।

तेस्रो खेलमा कोशी प्रदेश बिजयी भएको छ । सुदूरपश्चिमलाई कोशीले २५–२३, २०–२५, २८–२६, २५–१६ अंकका साथ ३–१ सेटमा पराजित गरेको हो । खेलमा कोशी प्रदेशका बिष्णु बस्नेतलाई उत्कृष्ट खेलाडीबाट पुरस्कृत गरिएको थियो ।

यसैगरि शनिबारको अन्तिम खेलमा गण्डकी प्रदेशले कर्णाली प्रदेशलाई २५–१४, २८–२६ २५–१३ अंकको सोझो सेटमा पराजित गरेको हो । गण्डकी प्रदेशका उत्कृष्ट खेलाडी हरी पान्डेयलाई पुरस्कृत गरिएको छ ।

लिग कम नआउट आधारमा खेलाईएको प्रतियोगिताको पहिलो चरणको खेल चलिरहेको क्लबका अध्यक्ष लोकेन्द्र भन्डारीले बताए । प्रतियोगिताको विजेताले नगद २ लाख १ रूपैया, द्वितीयले नगद १ लाख ५० हजार १ रूपैयाँ, तृतियले नगद १ लाख १ रूपैयाँ नगद सहित कप मेडल प्रमाणपत्रबाट पुरस्कृत हुने छन । सान्त्वना स्थान हुनेले नगद ५० हजार १ रूपैयाँ सहित कप मेडल प्रमाणपत्र पाउने खेल संयोजक सुरेन्द्र गुरुङले बताउनुभयो ।

पहिलो दिनको उत्कृष्ट खेलाडीहरुलाई प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्य सचिव जय प्रकाश भट्टराई, तिलोत्तमा नगरपालिकाका उपप्रमुख जागेश्वरीदेबी चौधरी, नेपाल पत्रकार महासंघ रूपन्देहीका उपाध्यक्ष बिश्वास ढकाल, तिलोत्तमा नगर सभा सदस्य सुरेन्द्रश्री, पुर्व जिल्ला शिक्षा अधिकारी टेक बहादुर थापाले नगद सहित सम्मान गर्नुभएको थियो ।

≪ Previous Post

‘चीन र भारतबीच संवाद सेतु बनेर लाभ लिऔं’

Next Post ≫

एक्सेस एजुकेशनको गन्तब्य न्यूजिल्याण्ड, रोड टु न्यूजिल्याण्ड

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क