Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ ‘चीन र भारतबीच संवाद सेतु बनेर लाभ लिऔं’
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

‘चीन र भारतबीच संवाद सेतु बनेर लाभ लिऔं’

संसारपोस्ट संवाददाता · २८ माघ २०८० · 0
‘चीन र भारतबीच संवाद सेतु बनेर लाभ लिऔं’
80
SHARES
ShareTweet

भैरहवा । लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति सुवर्णलाल बज्राचार्यले दुई छिमेकी मुलुक चीन र भारतबीच विद्यमान अघोषित तिक्ततालाई अन्त्य गर्न नेपाल संवाद सेतु बनेर पर्याप्त लाभ लिनसक्ने बताउनुभएको छ । चिनिया नयां वर्षको अवसरमा नेपाल– चीन मैत्री समाज लुम्बिनीले भैरहवामा गरेको अन्तरक्रियामा उपकुलपति बज्राचार्यले विश्वकै शक्तिशाली अर्थतन्त्र र ठूलो जनसंख्या भएका दुई छिमेकीलाई सन्तुलित सम्बन्धले मिलाउने अवसर नेपाललाई भएको औंल्याउनु भयो ।
‘चीन र भारतबीच अघोषित तिक्तता रहेको सबैलाई जगजाहेर छ, त्यसलाई मिलाउने पुलको काम नेपालले गर्न सक्छ’–बज्राचार्यले भन्नुभयो–‘चीन र भारतबीच डायलग पोइन्ट नेपाल नै हो, दुबै देशको विश्वास जित्न सक्ने क्षमता देखाउने हो भने नेपालको आर्थिक विकास र समृद्धि टाढा छैन ।’
उपकुलपति सुवर्णलाल बज्राचार्यले नेपाल चीनको दक्षिणी ढोका भएको उल्लेख गर्दै यसलाई सदुपयोग गर्न नेपाल चुकेको औंल्याउनु भयो । चिनियाहरु भारतमा सहज प्रवेश नपाउने तर नेपालमा सहज प्रवेश पाउने भएकाले नेपालले यो ढोका सधैं खुला राखेर यसको सदुपयोग गर्न सरकारको ध्यानाकर्षण गराउनु भयो ।
उहांले चीनसंग साझेदारीमा कृषि, पर्यटन उद्योगमा लगानी गर्न सकिने बताउनुभयो । देवदहमा लुम्बिनी बौद्ध विश्वविद्यालय भवन बनाउन चीनले ५० करोड अनुदान दिएको भन्दै त्यहां ४ हजार नेपाली र १६ हजार चिनिया विद्यार्थीलाई पढाउने लक्ष्य रहेको बताउनुभयो ।
चीन विज्ञ डा. सागर न्यौपानेले चीनले नेपाललाई धेरै क्षेत्रमा सहयोग गर्न तयार भएपनि नेपालले विश्वास जितेर सहयोग लिन चुकेको औंल्याउनुभयो । उहांले चीनमा छात्रवृत्ति कोटा बढाउन पहल गर्न सुझाव दिनुभयो ।
प्राध्यापक कुमार खड्काले चीनमा करोडौं बौद्धमार्गी भएकाले उनीहरुलाई लुम्बिनी भ्रमणमा ल्याउन विशेष प्राथमिकता दिनुपर्ने बताउदै भैरहवा र पोखरा विमानस्थलमा चिनिया जहाज उडान गर्न सरकारले ठोस कदम चाल्नुपर्ने बताउनु भयो ।
आसन्न लगानी सम्मेलनमा चिनिया लगानी र नवीनतम औद्योगिक र कृषि प्रविधि भित्राउने योजना बनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।
नेपाल चीन मैत्री समाज लुम्बिनीका अध्यक्ष नारायण प्रसाद सापकोटाले चीनसंगको सम्बन्ध अझ बलियो र जनस्तरमा विस्तार गर्न बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) परियोजना नेपालमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । लुम्बिनी र बुद्धिजमलाई छिमेकी देश चीनसंगको सम्बन्धको प्राथमिकतामा राखेर चिनिया बौद्धमार्गीलाई लुम्बिनी भ्रमणमा ल्याउन सबैले भूमिका खेल्नुपर्ने उहांले बताउनुभयो ।
अन्तरक्रियामा नेपाल चीन मैत्री समाज लुम्बिनीका वरिष्ठ उपाध्यक्ष गोविन्दप्रसाद रेग्मी, उपाध्यक्ष डा. ऋषिराम शर्मा, सचिव जनकराज पन्त, साहित्यकारहरु विजयसागर श्रेष्ठ र डिल्लीराज भट्टराई, अधिवक्ता शिव गौडेल, प्राध्यापक नरेन्द्र श्रेष्ठले चीनको तीब्र आर्थिक विकास, चिनिया नागरिकको मेहनत र अनुशासन, नेतृत्वको दुरदर्शिताबाट नेपालले पाठ सिक्नुपर्ने बताउनुभयो ।
चीनको नयाँ वर्षलाई चिनियाँमा ‘छुन् च्ये’, अंगे्रजीमा ‘स्प्रिङ फेस्टिभल’ र नेपालीमा वसन्त चाडका रुपमा स्थापित छ । चिनियाँ पात्रोको नयाँ वर्ष प्रायः जनवरीको मध्यदेखि वा फेब्रुअरी दोस्रो हप्ताभित्र पर्दछ । सन् २०२४ मा फेब्रुअरी १० तारिखमा चिनियाँ ड्रागन वर्ष प्रारम्भ हुँदैछ ।

≪ Previous Post

दीप बोर्डिङ हाई स्कुलले फागुन ४ र ५ गते एघारौँ दीप गायन तारा गर्ने

Next Post ≫

नवौँ मणिमुकुन्द कप पुरुष राष्ट्रिय भलिबल : त्रिभुवन आर्मी, लुम्बिनी, कोशी, गण्डकी प्रदेश बिजयी

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क