Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ विद्यालयस्तरीय बुटवल मेयर कपमा शुक्रबार ८ खेल सम्पन्न, २९ गते फाइनल
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

विद्यालयस्तरीय बुटवल मेयर कपमा शुक्रबार ८ खेल सम्पन्न, २९ गते फाइनल

संसारपोस्ट संवाददाता · २६ माघ २०८० · 0
विद्यालयस्तरीय बुटवल मेयर कपमा शुक्रबार ८ खेल सम्पन्न, २९ गते फाइनल
110
SHARES
ShareTweet

बुटवल । बुटवल उपमहानगरपालिकाको आयोजनामा शुरु भएको अन्तर विद्यालयस्तरीय बुटवल मेयर कप फुटबल प्रतियोगिता अन्तरगत शुक्रबार ८ वटा खेल भएका छन् । फाइनल खेल २९ गते हुनेछ ।
प्रतियोगितामा सामुदायिकतर्फ १५ र संस्थागततर्फ १३ गरी २८ वटा विद्यालय सहभागी रहेका छन् । जसअन्तरगत शुक्रबार मणिमुकुन्द मावि र नयाँ गाउँ माविका बीचमा भएको खेलमा ट्राइबेकरमा मणिमुकुन्द ४–२ गोल अन्तरले विजयी भएको छ । यस्तै नहरपुर मावि र प्रगति माविका बीचमा भएको खेलमा प्रगति मावि ट्राइबेकरबाट ३–१ गोल अन्तरले विजयी भएको छ ।
देवीनगरस्थित खेल मैदानमा भएको अर्को खेलमा स्कलर्स होम र सिद्धेश्वरी माविबीचको खेल २–० अन्तरले स्कलर्सले जितेको छ भने अक्सफोर्ड मावि र नवरत्न माविबीचको खेल ५–० गोल अन्तरले अक्सफोर्डले जितेको छ ।
यस्तै शुक्रबार नै जवई खेल मैदानमा भएको खेलमा नवीन ओद्योगिक माविले अन्नपूर्ण माविलाई २–० गोलअन्तरले हराएको छ । उजिरसिंह मावि र न्युभिजन माविका बीचमा भएको खेलमा उजिरसिंह २–० गोलअन्तरले विजयी भएको छ । यस्तै ज्ञानोदय मावि र गार्गी माविबीच भएको खेलमा ज्ञानोदय ४–० गोलअन्तरले विजयी भएको छ भने कान्ति मावि र जितेश्वरी माविबीच भएको खेलमा कान्ति ४–० गोल अन्तरले विजयी भएको छ ।
प्रतियोगितामा २०६० साल माघ १९ गतेभन्दा अघि जन्मिएका वा २० वर्ष ननाघेका विद्यार्थीमात्रै सहभागी छन् ।
प्रतियोगितामा प्रथम हुनेले एक लाख, दोश्रो हुनेले ६० हजार, सेमीफाइनलमा पुग्ने २ वटा टीमलाई १८–१८ हजारका दरले पुरस्कार, शिल्ड र पदक प्रदान गरिने नगर खेलकुद विकास समितिका संयोजक बोनिन पियाले जानकारी दिनुभयो । उहांका अनुसार उत्कृष्ट खेलाडीले १५ हजार, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर र अधिकतम गोलकर्ताले ८–८ हजारका दरले नगद पुरस्कार पाउनेछन् ।

≪ Previous Post

बुटवल उपमहानगरपालिकाले ६५औं स्थापना दिवस मनाउँदै

Next Post ≫

दीप बोर्डिङ हाई स्कुलले फागुन ४ र ५ गते एघारौँ दीप गायन तारा गर्ने

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क