Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ बुटवल उपमहानगरपालिकाले ६५औं स्थापना दिवस मनाउँदै
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बुटवल उपमहानगरपालिकाले ६५औं स्थापना दिवस मनाउँदै

संसारपोस्ट संवाददाता · २६ माघ २०८० · 0
बुटवल उपमहानगरपालिकाले ६५औं स्थापना दिवस मनाउँदै
60
SHARES
ShareTweet

बुटवल । बुटवल उपमहानगरपालिकाले स्थापनाको ६५औं स्थापना दिवस विविध कार्यक्रम गरी मनाउँदैछ । जसअन्तरगत अन्तर विद्यालयस्तरीय बुटवल मेयर कप फुटबल प्रतियोगिता बिहीबार देखि शुरु भएको छ भने अन्तर विद्यालयस्तरीय लोकनृत्य प्रतियोगिता फागुन १ र २ गते हुँदैछ ।
यस्तै शुक्रबार बुटवल उपमहानगरपालिकाको आयोजना र नगरपालिका कर्मचारी एशोशिएशन बुटवल इकाइको व्यवस्थापनमा रक्तदान कार्यक्रम भएको छ । शुक्रबार नै बुटवल उपमहानगरपालिकाबाट सेवानिवृत्त भएका कर्मचारीहरुलाई सम्मान समेत गरिएको छ ।
सो कार्यक्रममा बोल्दै नगर प्रमुख खेलराज पाण्डेयले कर्मचारीको भूमिकाले नगरको उन्नति प्रगतिमा महत्व राख्ने बताउँदै सकारात्मक भूमिका निर्वाहका लागि आग्रह गर्नुभयो । उहांले नगरको विकास र समृद्धिमा पूर्व कर्मचारीको रुपमा सकारात्मक भावना र सकारात्मक सहयोगको अपेक्षा रहने बताउनुभयो । जनप्रतिनिधि र कर्मचारीबीचको तालमेलबिना नगरको विकास हुन नसक्ने बताउँदै त्यसतर्फ गम्भीर बन्न कर्मचारीहरुलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा बोल्दै उपप्रमुख सावित्रादेवी अर्यालले जनप्रतिनिधि र कर्मचारीबीचको सहकार्य र समन्वयले मात्रै नगरको विकास गर्न सम्भव भएकाले सोहीअनुसार प्रतिबद्ध रहन कर्मचारीहरुलाई आग्रह गर्नुभयो । उहांले कर्मचारीहरुले प्रतिबद्ध भएर काम गरेमा नगरको विकास सहज तरिकाले हुने उल्लेख गर्नुभयो ।
कार्यक्रममा पूर्व कर्मचारीहरु हरिप्रसाद अर्याल, विष्णुप्रसाद खनाल, रामप्रसाद अर्याल, नरेन्द्र बस्नेत, नगरपालिका कर्मचारी एशोशिएशनका सितुप्रसाद श्रेष्ठ, अनिल माण्डव्य, रेश्मीराज घिमिरेलगायतले बोल्दै जनप्रतिनिधि र कर्मचारीबीचको समन्वय र सहकार्य सधै अपरिहार्य रहने बताउनु भयो ।

≪ Previous Post

लुम्बिनी बौद्ध विश्वविद्यालय बुटवलमा इन्टरनेशनल रिलेसनको पढाई शुरु

Next Post ≫

विद्यालयस्तरीय बुटवल मेयर कपमा शुक्रबार ८ खेल सम्पन्न, २९ गते फाइनल

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क