Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ लुम्बिनी बौद्ध विश्वविद्यालय बुटवलमा इन्टरनेशनल रिलेसनको पढाई शुरु
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

लुम्बिनी बौद्ध विश्वविद्यालय बुटवलमा इन्टरनेशनल रिलेसनको पढाई शुरु

संसारपोस्ट संवाददाता · २६ माघ २०८० · 0
लुम्बिनी बौद्ध विश्वविद्यालय बुटवलमा इन्टरनेशनल रिलेसनको पढाई शुरु
80
SHARES
ShareTweet

बुटवल । लुम्बिनी बौद्ध विश्वविद्यालयले बुटवलमा इन्टरनेशनल रिलेसन एण्ड पिस स्टडिजको पठनपाठन शुरु गरेको छ । विश्वविद्यालयले बौद्ध दर्शनसँग जोडेर स्नातकोत्तर तहमा इन्टरनेशनल रिलेसन विषय पढाउन शुरु गरेको हो ।
बुटवलमा शुक्रबार पहिलो ब्याचका विद्यार्थीहरुलाई अभिमुखिकरण गरिएको छ । सो अवसरमा बोल्दै विश्वविद्यालयका उपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्यले विश्वविद्यालयलाई नयाँ ढंगले अगाडि बढाउन खोजिएको बताउनुभयो । इन्टरनेशनल रिलेसन विषयलाई पाइलट विषयका रुपमा शुरु गर्दै अनलाइन माध्यमबाट इभालुएसनको प्रक्रिया अपनाइने उहांले बताउनु भयो ।
हाम्रो मुलुकको डिप्लोम्यासी कमजोर अवस्थामा रहेको भन्दै उहांले विश्वविद्यालयले डटेर अघि बढ्न सक्ने जनशक्ति उत्पादन गर्न जुटेको बताउनु भयो । बौद्ध दर्शनसंग जोडिएको डिप्लोम्याटले विश्वमा देशलाई पहिचान गराउन सक्ने उहांले विश्वास ब्यक्त गर्नुभयो ।
कार्यक्रममा बोल्दै विश्वविद्यालयका रजिष्ट्रार डा. तिलकराम आचार्यले पछिल्लो दश वर्षमा विश्वविद्यालयले २ हजार भन्दा बढी विद्यार्थीलाई पढाउन थालिसकेको भन्दै यसलाई अन्तर्राष्ट्रिय रुपमा फैलाउदै लगिने बताउनुभयो । बौद्ध दर्शन जोडिएको शिक्षाले पूर्विय सभ्यताको अनुसन्धानमा महत्वपूर्ण भूमिका खेल्ने उहांले बताउनु भयो ।
विश्वविद्यालयलाई भौतिक पूर्वाधारयुक्त बनासकिएको भन्दै उहांले अवको दशक प्राज्ञिक विकासमा रहने बताउनुभयो । लुम्बिनीलाई बौद्ध दर्शनको अनुसन्धान केन्द्र बनाएर बुटवल र देवदहमा अन्य शैक्षिक कार्यक्रम विश्वविद्यालयले विस्तार गरिरहेको समेत उहांले जानकारी गराउनु भयो ।
कार्यक्रममा बोल्दै शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइरालाले बौद्ध दर्शनका अनेक पक्षहरुको अनुसन्धान गर्दै बुद्धले ज्ञान आर्जनमा अपनाएका विधिहरुलाई विश्वविद्यालयले उपयोगमा ल्याउन सक्नुपर्ने बताउनु भयो । उहांले बुद्ध शिक्षालाई व्यवहारिक शिक्षामा जोड्दै लैजानुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा इन्टरनेशनल रिलेसन एण्ड पिस स्टडिज विषय समितिका अध्यक्ष डा. निरञ्जनमान बस्नेतले लामो कसरतपछि शैक्षिक कार्यक्रम शुरु गरिएको भन्दै यसले नयाँ डिप्लोम्याट्स उत्पादनमा टेवा पुग्ने विश्वास गर्नुभयो । बौद्ध दर्शनसंग कुटनीतिलाई जोडेर पाठ्यक्रम निर्माण गरिएकाले यो नया विषयका रुपमा स्थापित हुने उहांले बताउनु भयो ।
कार्यक्रममा मानविकी तथा सामाजिक शास्त्र संकायका डिन डा. हरिशरण चखु, अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्रका संयोजक डा. कुमार खड्का, सिटी क्याम्पसका सहायक क्याम्पस प्रमुख मोहनलाल भण्डारी, इन्टरनेशनल रिलेसन एण्ड पिस स्टडिजका संयोजक राजेन्द्र घिमिरे, उपप्राध्यापक दयानिधि गौतम, सूचना प्रविधि परामर्शदाता रबिन पन्थी लगायतले शैक्षिक कार्यक्रमको विषयमा जानकारी गराउनु भएको थियो ।

≪ Previous Post

शान्ति नमुना माविको बार्षिकोत्सवमा विभिन्न प्रतियोगिता सम्पन्न

Next Post ≫

बुटवल उपमहानगरपालिकाले ६५औं स्थापना दिवस मनाउँदै

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क