Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ खेलकुद ≫ लुम्बिनी प्रदेश स्तरीय लन टेनिस संघ गठन :अध्यक्षमा संजय प्रकाश श्रेष्ठ
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

लुम्बिनी प्रदेश स्तरीय लन टेनिस संघ गठन :अध्यक्षमा संजय प्रकाश श्रेष्ठ

संसारपोस्ट संवाददाता · ८ माघ २०८० · 0
लुम्बिनी प्रदेश स्तरीय लन टेनिस संघ गठन :अध्यक्षमा संजय प्रकाश श्रेष्ठ
110
SHARES
ShareTweet

बुटवल । लुम्बिनी प्रदेशमा प्रदेश स्तरिय लन टेनिस संघ गठन भएको छ । लन टेनिसका खेलाडीहरुको आज बुटवलमा भएको सम्मेलनले लन टेनिस खेलाडी संजय प्रकाश श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय लुम्बिनी प्रदेश टेनिस संघ गठन गरेको हो ।
प्रदेशका खेलाडीहरुको प्रथम सम्मेलनबाट संघको उपाध्यक्षमा मनोज कुमार बस्नेत, सचिवमा गोपाल ज्ञवाली, कोषाध्यक्षमा सागर थापा तथा सदस्यमा डा. प्रकाश बस्नेत र दया शिवाकोटी शाह सर्वसम्मत चयन हुनुभएको छ ।
संघको आजै बसेको पहिलो बैठकबाट चोम बिक्रम शाह (सुनिल) लाई बिधान सम्मत उपाध्यक्षमा मनोनित गरिएको नवनिर्वाचित प्रदेश सचिव गोपाल ज्ञवालीले जानकारी गराउनु भयो ।
टेनिस खेलाडीहरुको लुम्बिनी प्रदेश सम्मेलनको प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्यसचिव जयप्रकाश भट्टराईले आज एक कार्यक्रमका बीच उद्घाटन गर्नुभएको हो । उद्घाटन कार्यक्रममा बोल्दै सदस्य सचिव भट्टराईले साझा अधिकार सूचिमा रहेको खेलकुदलाई बुझेर सहकार्यसहितको गन्त्व्य बनाएर सबै सरोकारवालाहरु अघि बढ्नुपर्नेमा जोड दिनुभयो । खेलकुदलाई साझा अधिकारको सूचिमा पार्नुपर्ने उल्लेख गर्दै उहांले खेलकुद अतिरिक्त क्रियाकलाप कहिलै नहुने र खेलकुद अनिवार्य विधा भएको दाबी गर्नुभयो ।
संयुक्त राष्ट्र संघले खेलकुदलाई शान्ति र विकासको रुपमा परिचय दिएको उदाहरण दिदै सदस्य सचिव भट्टराईले खेलकुद खेल्ने, रमाउने मात्र नभई नाम र दाम कमाउने क्षेत्रका रुपमा स्थापित भएको उल्लेख गर्नुभयो । राज्यको लगानी न्यून हुँदा पनि रुपन्देही खेल विकासमा सधै अग्रसर रहेको उहांले बताउनु भयो ।
कार्यक्रममा नेपाल टेनिस संघका केन्द्रीय उपाध्यक्ष राजु श्रेष्ठले लनटेनिस खेलमा काठमाडौ र पोखरापछि रुपन्देहीमा राम्रो विकास भईरहेको बताउनुभयो । खेलको विकासमा रुपन्देहीको योगदानबारे प्रकाश पार्दै निरन्तर अभ्यास र खेल विकासमा लाग्न उहांले सुझाव दिनुभयो ।
कार्यक्रममा पुर्व जिल्ला शिक्षा अधिकारी तथा नेपाल पौडी संघ, लुम्बिनी प्रदेशका अध्यक्ष टेक बहादुर थापाले खेल सरकारको प्राथमिकतामा पर्ने गरेको बताउनु भयो । राणाकालिन समयमा पारिवारिक मनोरञ्जनका लागि खेलको सुरुवात भएको ईतिहास रहेको उल्लेख गर्दै उहांले लनटेनिस खेल काठमाडौं केन्द्रीत रहेपनि छोटोसमयमा नै देशका मुख्य शहरहरुमा विकास भएको दाबी गर्नुभयो ।
कार्यक्रममा रुपन्देही जिल्ला लनटेनिस संघका उपाध्यक्ष डा मनोज ढुगाना, खेलकुद पत्रकार मञ्चका अध्यक्ष सुमन अधिकारी, सल्लाहकार अब्दुल सहमतले नयाँ ढंगबाट संस्थालाई योजनाबद्ध रुपमा अघि बढाउनुपर्ने सुझाव दिनुभयो ।

≪ Previous Post

नागरिक बचाउ अभियानले भोली बुटवलमा सभा गर्ने, दुर्गा प्रसाई आउने

Next Post ≫

राष्ट्रियसभाको निर्वाचन आज :१९ स्थानका लागि ५१ उम्मेदवार मैदानमा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क