Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ अमरज्योति सहकारी संस्थाको स्थापना दिवसमा सहकारी शिक्षा शिविर
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

अमरज्योति सहकारी संस्थाको स्थापना दिवसमा सहकारी शिक्षा शिविर

संसारपोस्ट संवाददाता · ८ माघ २०८० · 0
अमरज्योति सहकारी संस्थाको स्थापना दिवसमा सहकारी शिक्षा शिविर
80
SHARES
ShareTweet

बुटवल । बुटवल–११ कालिकानगरमा सञ्चालित अमरज्योति बचत तथा ऋण सहकारी संस्था लिमिटेडले संस्थाको सोह्रौं स्थापना दिवसको अवसरमा शेयर सदस्यहरूसँग अन्तरक्रिया सहितको सहकारी शिक्षा शिविर सम्पन्न गरेको छ ।
संस्थाका अध्यक्ष केशवराज पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा बचत संकलन र लगानी बीच जम्मा १ रूपियाँ ब्याजदरको अन्तरालमा अमरज्योतिले काम गर्दै आएको भन्दै, सबै शेयर सदस्यहरूलाई संस्थाको पारिवारिक सदस्यका रूपमा गुणात्मक उन्नतिका लागि पनि सहकारीले काम गर्दै आएको बताइएको थियो ।

साथै, सो सहकारीले शेयर सदस्यहरूलाई उत्प्रेरित गर्न विभिन्न विधामा पुरस्कार, सम्मान र लगानीका बहुपक्षीय आयाम कार्यान्वयन गर्दै आएको र सुशासनमा अब्बल संस्थाका रूपमा निरन्तर परिचित हुँदै आएको जानकारी गराइएको थियो ।

कार्यक्रममा नेपाल सरकारका उपसचिव एवम् संस्थाका सल्लाहकार धु्रव नेपाल, उद्यमशीलता प्रशिक्षक मुकुन्द ज्ञवाली र मोटिवेशनल स्पीकर एवम् संस्थाका सदस्य मुक्तिनाथ गैह्रेले प्रशिक्षण दिनुभएको थियो । संस्थाका सचिव लक्ष्मणप्रसाद ज्ञवालीको सञ्चालनमा भएको कार्यक्रममा संस्थाका उपाध्यक्ष कृष्णप्रसाद पौडेलले स्वागत गर्नुभएको थियो ।

स्थापना दिवसका अवसरमा हरेक वर्ष सामाजिक उत्तरदायित्वकै रूपमा लोककल्याणका कार्यक्रम अन्तर्गत रक्तदान, खाद्यान्न वितरण, कम्बल वितरण लगायतका काम गर्दै आएको यो सहकारीले आफ्ना सदस्यहरूलाई पारदर्शी वित्तीय व्यवस्था सहित अब्बल सामाजिक जीवन व्यतित गर्न ÷ गराउन अन्तक्र्रिया सहितको सहकारी शिक्षा शिविर समेत सञ्चालन गरिएको संस्थापक अध्यक्ष मिनराज ज्ञवाली (कृष्ण) ले जानकारी दिनुभयो ।

≪ Previous Post

बुटवलको सुजुकी मोटरपार्ट्स गोदाममा आगलागी

Next Post ≫

नागरिक बचाउ अभियानले भोली बुटवलमा सभा गर्ने, दुर्गा प्रसाई आउने

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क