Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ प्रधानमन्त्री कपः लगातार तेस्रो जितसँगै सुदूरपश्चिम अंक तालिकाको शीर्ष स्थानमा
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

प्रधानमन्त्री कपः लगातार तेस्रो जितसँगै सुदूरपश्चिम अंक तालिकाको शीर्ष स्थानमा

संसारपोस्ट संवाददाता · ४ माघ २०८० · 0
प्रधानमन्त्री कपः लगातार तेस्रो जितसँगै सुदूरपश्चिम अंक तालिकाको शीर्ष स्थानमा
100
SHARES
ShareTweet

भैरहवा । गण्डकी प्रदेशलाई १ सय ८ रनले हराउँदै सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जित हात पार्न सफल छ । लगातार तेस्रो जितसँगै सुदूरपश्चिम प्रदेश अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

बिहीबार रुपन्देहीको भैरहवास्थित सिद्धार्थ रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित ५० ओभरको खेलमा अलआउट हुँदै २ सय १ रनको बलियो योगफल बनाएको थियो । सुदूरपश्चिमको जितमा किरण ठगुन्नाले ७३ बलमा ५ चौकासहित सर्वाधिक ६० रन जोड्न सफल भए । यस्तै, नारायण जोशीले ५६ बलमा २ चौका र २ छक्कासहित ४६ रन बनाए ।

एक समय ७२-६ को दयनीय अवस्थामा पुगेको सुदूरपश्चिमलाई खेलमा फर्काउन सातौं विकेटका लागि नारायण र किरणले ७५ रनको महत्वपूणर् साझेदारी गरेका थिए । आठौं विकेटका लागि करणले नरेन साउदसँग ४६ रनको साझेदारी गरे । दुई साझेदारीले सुदूरपश्चिमलाई जितको आधार तय गरेको हो । सुदूरपश्चिमका शेर मल्लले १९, राजु रिजालले १६, टेक रावतले १५ र नरेन साउदले १३ रन बनाए । बलिङमा गण्डकीका विपिन खत्री र अंकित सुवेदीले ३-३ तथा कमल परियार र अमृत गुरुङले समान २-२ विकेट लिए ।

जवाफमा जितका लागि २ सय २ रनको प्रतिस्पर्धात्मक विजयी लक्ष्य पछ्याएको गण्डकी ३० ओभर २ बलमा ९३ रनमा अलआउट हुन पुग्यो । गण्डकीका आश्विानी रानाले ६७ बलमा ४ चौकासहित सर्वाधिक २५ रन बनाउँदा कमल परियारले २२ रन जोडे । अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन नसक्दा टीमले हार व्यहोर्यो । उसलाई सस्तैमा रोक्न सुदूरपश्चिमका शेर मल्लले ८.२ ओभरमा १ मेर्डनसहित २३ रन खर्चेर ५ विकेट लिए । यस्तै, गजेन्द्र बोहराले २, भोजराज भट्ट, नरेन साउद र मिलन बोहराले समान १-१ विकेट लिए ।

सुदूरपश्चिमले यसअघि कर्णालीलाई १ सय ३४ रन र लुम्बिनी प्रदेशलाई ५ विकेटले पराजित गर्दै जित निकालेको थियो । गण्डकी भने कर्णालीसङ्ग  ७ विकेट र लुम्बिनीसँग ४ विकेटले पराजित भएको थियो । बिहीबारको जितसँगै सुदूरपश्चिम ३ खेलमा ६ अंकसहित अंक तालिकाको शीर्षस्थानमा पुगेको छ । एपीएफ २ खेलमा ४ अंकका साथ दोस्रो स्थानमा छ । नेपाल पुलिस २ खेलमा ४ अंकका साथ तेस्रो स्थानमा छ । शीर्ष दुई टोली फाइनल खेल्नेछन् ।

≪ Previous Post

प्रधानमन्त्री कपः कर्णालीको दोस्रो जित, लुम्बिनीको दोस्रो हार

Next Post ≫

कपिलवस्तुमा प्रगतिशील पत्रकार संघको बैठक

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क