Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ कपिलवस्तुमा प्रगतिशील पत्रकार संघको बैठक
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

कपिलवस्तुमा प्रगतिशील पत्रकार संघको बैठक

संसारपोस्ट संवाददाता · ७ माघ २०८० · 0
कपिलवस्तुमा प्रगतिशील पत्रकार संघको बैठक
50
SHARES
ShareTweet

कपिलवस्तु । प्रगतिशील पत्रकार संघ केन्द्रिय समितिको प्रशिक्षणसहित ३ दिने कार्यक्रम कपिलवस्तुमा सम्पन्न भएको छ ।

संघका अध्यक्ष श्यामलाल पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा संगठनका आन्तरिक गतिविधि पत्रकारिताको अवस्था र चुनौती विषयमा अन्तरक्रिया भएको थियो । अन्तरक्रिया र संगठनको बैठकसहित आयोजना गरिएको कार्यक्रममा कपिलवस्तुको विभिन्न पर्यटकीय क्षेत्र तिलौराकोट, सगरहवा तथा मूर्तिकार्यशालाको अध्ययन अवलोकन गरिएको थियो ।

कपिलवस्तुको पर्यटन प्रर्वद्धनमा टेवा पुग्ने उद्वेश्यले पर्यटकीय गन्तब्यहरुको अवलोकन गरिएको संगठनका अध्यक्ष श्यामलाल पोखरेलले बताउनु भयो ।

प्रगतीशील पत्रकार संघको केन्द्रीय समितिको बैठकसमेत सम्पन्न भएको छ । पत्रकार कल्याण कोषका लागि १५ लाखको अक्षयकोष स्थापना गर्ने, केन्द्रिय समितिको रिक्त रहेको सदस्यमा माधव भाट क्षेत्री कपिलवस्तु र श्रीजना सुवेदी जुम्लालाई बैठकले मनोनित गरेको छ ।

बैठकले गत पौष २१ गते प्रगतिशील पत्रकार संघ नेपाल बाग्लुङ जिल्ला सचिव तथा पत्रकार विजय रानामाथी रिर्पोटिङको क्रममा प्रहरीबाट भएको दमन र लाठिचार्ज प्रति गम्भिर खेद प्रकट गरेको छ । त्यस्तै बैठकले लुम्बिनी र गण्डकी प्रदेशहरुमा केन्द्रिय स्तरको कार्यशाला सहित पत्रकारहरुको क्षमता अभिवृद्धि गर्ने तालिम संचालन गर्ने, प्रदेश स्तरिय भेलाका लागि विभिन्न पत्रकारहरुको नेतृत्व रहने गरि ईन्चार्जकोसमेत जिम्मेवारी दिएको छ ।

जस अनुसार लुम्बिनीमा गोपाल प्रसाद भट्टराई, कोशीमा महासचिव प्रकाश थापा मगर, बागमतीमा रमेश पौडेल,  गण्डकीमा ताराप्रसाद शर्मा, कर्णालीमा नारायण गिरी र सुदुरपश्चिममा विनोद पौडेललाई जिम्मेवारी प्रदान गरिएको छ ।

 

≪ Previous Post

प्रधानमन्त्री कपः लगातार तेस्रो जितसँगै सुदूरपश्चिम अंक तालिकाको शीर्ष स्थानमा

Next Post ≫

प्रधानमन्त्री कपः पुलिसद्वारा आर्मी १३ रनले पराजित

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क