Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ प्रधानमन्त्री कपः कर्णालीको दोस्रो जित, लुम्बिनीको दोस्रो हार
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

प्रधानमन्त्री कपः कर्णालीको दोस्रो जित, लुम्बिनीको दोस्रो हार

संसारपोस्ट संवाददाता · ४ माघ २०८० · 0
प्रधानमन्त्री कपः कर्णालीको दोस्रो जित, लुम्बिनीको दोस्रो हार
80
SHARES
ShareTweet

भैरहवा । घरेलु टिम लुम्बिनी प्रदेशलाई ६० रनले पराजित गर्दै कर्णाली प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा दोस्रो जित निकालेको छ । तीन खेल खेलेको कर्णालीले  २ मा जित र एकमा हार व्यहोरेको छ भने लुम्बिनीले दुई खेलमा हार ब्यहोर्दा एकमा जित निकालेको छ ।

बुधबार रुपन्देहीको भैरहवास्थित, सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले  मौसमका कारण छोट्याइएको निर्धारित ४५ ओभरको खेलमा ९ विकेट गुमाउँदै १ सय ८४ रनको मध्यमस्तरको योगफल बनाएको थियो ।

कर्णालीका  लागि अलराउन्डर दिनेश अधिकारीले ५९ बलमा अविजित सर्वाधिक ५६ रनको अर्धशतकीय पारी खेले । उनले ६ चौका र २ छक्का प्रहार गरे ।

यस्तै, कर्णालीका लागि दीपेन्द्र रावतले ४७, हिमान्शु शाहीले २५ र ओपनर रवीन्द्र शाहीले ११ रन बनाए पनि अन्य कुनै ब्याट्सम्यानले भने दोहोरो अंकमा रन जोड्न सकेनन् । यद्यपि जितका लागि उनीहरुको योगदान पर्याप्त भयो । बलिङमा लुम्बिनीका निर्मल गुरुङ र अभिषेक गौतमले समान ३-३ विकेट लिँदा मोहम्मद हुसेन, कृष्ण कार्की र अजय चौहानले १-१ विकेट लिए ।

१ सय ८५ रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको लुम्बिनी प्रदेश ४१ ओभर दुई बलमा सबै विकेट गुमाउँदै १ सय २४ रनमै समेटियो । उसलाई सस्तैमा रोक्न ६ ओभर बलिङ गरेका कर्णालीका  दिनेश अधिकारीले १ मेर्डन राखेर १८ रन खर्चंदै ३ विकेट लिए । यस्तै, अनुज चनारा र दीपेन्द्र रावतले समान २-२ तथा दिवान पुनले १ विकेट लिए ।

लुम्बिनीका लागि ७७ बलको सामना गरेका कृष्ण कार्कीले ३ चौका र १ छक्काको मद्दतमा सर्वाधिक ४७ रन बनाए । यस्तै, मिर्नाल गुरुङले २२ रन बनाउँदा मोहम्मद हुसेन र निर्मल गुरुङले समान १० रन जोडे । कप्तान सुशान्त थापा १ रनमै पेभेलियन फर्किए । सुरुका ब्याट्सम्यानले नै दोहोरो रन बटुल्न नसक्दा लुम्बिनी घरेलु मैदानमा नै हार व्यहोर्न पुग्यो । खेलमा कणर्ालीका दिनेश अधिकारी प्लेयर अफ द म्याच भए । लुम्बिनीले पहिलो खेलमा गण्डकी प्रदेशलाई ४ विकेटले हराएको थियो भने दोस्रो खेलमा सुदूरपश्चिमसँग ५ विकेटले पराजित भएको थियो ।

≪ Previous Post

बुटवलमा प्राङ्गारिक कृषि मेलाको तयारी : मेलाका लागि परामर्श बैठक

Next Post ≫

प्रधानमन्त्री कपः लगातार तेस्रो जितसँगै सुदूरपश्चिम अंक तालिकाको शीर्ष स्थानमा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क