Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ बुटवलमा प्राङ्गारिक कृषि मेलाको तयारी : मेलाका लागि परामर्श बैठक
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बुटवलमा प्राङ्गारिक कृषि मेलाको तयारी : मेलाका लागि परामर्श बैठक

संसारपोस्ट संवाददाता · ४ माघ २०८० · 0
बुटवलमा प्राङ्गारिक कृषि मेलाको तयारी : मेलाका लागि परामर्श बैठक
100
SHARES
ShareTweet
बुटवल । बुटवल उद्योग वाणिज्य संघले यहि फागुनमा बुटवलमा सञ्चालन गर्न गईरहेको प्राङ्गारिक कृषि मेलाको सन्दर्भमा परामर्श बैठक गरिएको छ । बुधबार संघको सचिवालयमा आयोजना गरिएको बैठकमा कृषिसंग सम्बन्धित सरकारी संस्थाका प्रमुख तथा प्रतिनीधि, संघका परामर्शदाता लगायतको सहभागिता रहेको थियो । संघको आयोजनामा फागुन १० देखि १४ गतेसम्म बुटवलमा प्राङ्गारिक कृषि मेला हुँदैछ ।
बैठकमा मेलाको बारेमा जानकारी गराउँदै संघका अध्यक्ष हरिप्रसाद अर्यालले कृषिमा यान्त्रिकीकरण तथा बैज्ञानिक कृषि प्रणालीको प्रवद्र्धन गरी व्यवसायिक कृषिको विकासका लागि प्राङ्गारिक कृषि प्रणालीलाई जोड दिएर कृषि मेला आयोजना गरिएकोले यसलाई नाफाघाटा भन्दा पनि सफल बनाउन सबैको उत्तिकै भूमिका रहने बताउनु भयो । उहाँले कृषिमा व्यवसायिक विकासका माध्यमबाट मुलुकको अर्थतन्त्रमा पनि ठूलो योगदान हुन सक्ने बताउँदै कृषिमा आधारिक औद्योगिक विकासलाई पनि संगसंगै अगाडि बढाउन सकिने धारणा राख्नुभयो । उहाँले मेला सफल बनाउनको लागि आफ्नो ठाउँबाट सहयोग गर्नको लागि सरकारी कार्यालयका प्रमुख तथा प्रतिनीधिहरुलाई आग्रह समेत गर्नुभयो ।
त्यस अवसरमा संघका निवर्तमान अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य उज्ज्वलप्रसाद कसजूले नेपालमा बहुसंख्यक जनता कृषि कर्ममा रहेपनि मुलुकको अर्थतन्त्रमा कृषिको योगदान न्यून हुनु राम्रो नभएको बताउँदै कृषि व्यवसायलाई विकास गर्नको लागि संघले विगतदेखि नियमित रुपमा कृषि मेला सञ्चालन गर्दै आएको बताउनु भयो ।
त्यस्तै संघका पूर्वअध्यक्ष खिमबहादुर हमालले व्यवसायिक कृषिको विकासको लागि संघले २०६२ सालदेखि विशिष्टिकृत कृषि मेला सञ्चालन गर्दै आएको र छैठौं र एघारौं राष्ट्रिय प्राङगारिक कृषि मेला पनि सफलतापूर्वक सम्पन्न गर्न सफल भएको जानकारी गराउनु भयो । उहाँले कृषिको विकासको लागि सरकारबाट जति हुनुपर्ने हो, त्यो हुन नसकेको बताउँदै निजी क्षेत्रको एकल प्रयासले मात्रै ठूलो उपलब्धि हासिल गर्न कठिनाई हुने भनाई राख्नुभयो ।
बैठकमा लुम्बिनी प्रदेश कृषि विकास निर्देशनालय निर्देशक रामप्रसाद पाण्डे, पशुपंछी तथा मत्स्य विकास निर्देशनालयका वरिष्ठ पशु अधिकृत लेखनाथ भुसाल, प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम, कार्यान्वयन इकाई भैरहवाका वरिष्ठ कृषि अधिकृत नारायण काफ्ले, नेपाल लाईभस्टक सेक्टर इन्नोभेसन परियोजना, कार्यान्वयन इकाई बुटवलका डा. अरुण खनाल लगायतले कृषिको व्यवसायिक विकासलाई जोड दिएर बुटवल उद्योग वाणिज्य संघले निरन्तर कृषि मेला गर्दै आएको स्मरण गर्नुभयो । उहाँहरुले पछिल्लो पटक आयोजना गरिएको कृषि मेलालाई सफल बनाउनको लागि आफ्नो कार्यालयको तर्फबाट पूर्ण सहयोग रहने पनि प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका कृषि शाखा प्रमुख सन्तोष जिसी, सैनामैना नगरपालिका कृषि शाखाका रविन्द्र ज्ञवाली, देवदह नगरपालिकाका कृषि प्राविधिक पविन्द्रकुमार मल्लले पनि सम्बन्धित नगरपालिकाबाट पूर्ण सहयोग रहने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष टंकप्रसाद गैरे, महासचिव मुक्तिप्रसाद अधिकारी, कृषि परामर्शदाता डा. प्रदिपकुमार शर्मा पौडेल लगायतले भनाई राख्नुभएको थियो ।
≪ Previous Post

तीन खेलाडीको अर्धशतकमा सुदूरपश्चिमको दोस्रो जित

Next Post ≫

प्रधानमन्त्री कपः कर्णालीको दोस्रो जित, लुम्बिनीको दोस्रो हार

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क