Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ मैत्रीपूर्ण फुटसलको उपाधि रूपन्देही प्रहरीलाई
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

मैत्रीपूर्ण फुटसलको उपाधि रूपन्देही प्रहरीलाई

संसारपोस्ट संवाददाता · २६ पुष २०८० · 0
मैत्रीपूर्ण फुटसलको उपाधि रूपन्देही प्रहरीलाई
50
SHARES
ShareTweet

भैरहवा । लुम्बिनी प्रेस क्लब, रुपन्देहीको नवौं स्थापना दिवसको अवसरमा आयोजित मैत्रीपूर्ण फुटसल प्रतियोगिताको उपाधि जिल्ला प्रहरी कार्यालय, रुपन्देहीको टिमले जितेको छ । मंगलबार सिद्धार्थनगर–१३ स्थित फुटसल मैदानमा सम्पन्न खेलमा प्रहरीको टिमले आयोजक लुम्बिनी प्रेस क्लवलाई ४–३ गोल अन्तरले पराजित गर्दै मैत्रीपूर्ण फुटसलको उपाधि जितेको हो ।

निर्धारित ३० मिनेटको खेलमा दुबै टिमले ३–३ गोलको बराबरी खेलेपछि निर्णयको लागि ५ मिनेट थपिएको थियो । थपिएको समयको चौथो मिनेटमा प्रहरीका सुभाष थारुले गोल गर्दै फुटसल उपाधि दिलाउन सफल भएका थिए ।

यसअघि खेल सुरु भएको १४औं मिनेटमा प्रहरीका राजेश बस्नेतले आत्मघाती गोल गरेपछि पूर्वार्धमा  लुम्बिनी प्रेस क्लबले १–० गोलको अग्रता लिएको थियो । उत्तराद्र्धको २०औं मिनेटमा प्रेस क्लवका जयकेश हरिजनले गोल थप्दै २–० को अग्रता दिलाउन सफल भए । २५औं मिनेटमा प्रहरीका सुभाष थारुले गोल गर्दै गोल अन्तर २–१ मा ल्याए ।

२६औं मिनेटमा प्रेस क्लवका जयकेशले नै गोल थप्दै ३–१ को अग्रता दिलाए । खेल सकिन केही मिनेट बाँकी रहँदा प्रेस क्लबले धैर्यता गुमाउँदा प्रहरीले आकर्षक खेल पस्कियो । २८औं मिनेटमा प्रहरीका सुभाष थारुले गोल गर्दै गोलअन्तरलाई ३–२ बनाए । २९ औं मिनेटमा प्रहरीका किशोर केसीले गोल गर्दै खेललाई बराबरीमा ल्याउन सफल भएका थिए । थपिएकोअतिरिक्त समयमा प्रहरी टिम प्रेस क्लबमाथि हाबी भयो ।

फाइनल अघिका खेलहरुमा जिल्ला प्रहरी कार्यालयले जिल्ला प्रशासन कार्यालय, रुपन्देहीलाई ५–१ गोल अन्तरले पराजित गर्दै फाइनल पुगेको थियो । प्रहरीका लागि भरत बिक, किशोर केसी, राजेश बस्नेत, कौशल न्यौपाने र गोकुल कट्टेलले गोल गरेका थिए । प्रहरीका कप्तान समेत रहेका जिल्ला प्रहरी प्रमुख भरत बिकले एक गोल आत्मघाती गर्दा जिल्ला प्रशासनको टिमलाई गोल उपहार भएको थियो ।

त्यस्तै, अर्को खेलमा लुम्बिनी प्रेस क्लबले सशस्त्र प्रहरी बल नम्बर २७ गण, रुपन्देहीलाई ५–३ गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको थियो । प्रेस क्लवका लागि दीपेन्द्र बडुवाल र जयकेश हरिजनले समान २–२ गोल गर्दा प्रकाश न्यौपानेले १ गोल गरेका थिए । सशस्त्रको टिमका लागि किशोर श्रेष्ठ, अस्विनी गुरुङ र देवराज मल्लले एक–एक गोल गरेका थिए ।

बिजेता तथा उपबिजेता टिमका खेलाडीहरुलाई रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, लुम्बिनी प्रेस क्लवका कार्यबाहक अध्यक्ष कमल रायमाझी लगायतले ट्रफी, पदक तथा प्रमाणपत्र प्रदान गरेका थिए । प्रमुख जिल्ला अधिकारी अर्यालले पुरस्कार बितरण गर्दै यस किसिमका कार्यक्रमले बन्धुत्व भावना बिकास हुने र स्वास्थ्य पनि राम्रो हुने बताउनु भयो । कार्यक्रममा क्लबका कार्यबाहक अध्यक्ष रायमाझी, फुटसल प्रतियोगितामा सहभागी टिमका तर्फबाट सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्याल, रुपन्देही प्रहरी प्रमुख भरतबहादुर बिक, सशस्त्र प्रहरी प्रमुख दीपककुमार थापाले बोल्दै सुरक्षा निकाय, निजामती कर्मचारी र पत्रकारहरुबीच भएको खेलले एकआपसमा भाइचाराको विकाससँगै मनोरंजन प्रदान हुने र स्वास्थ्यका लागि फाइदा पुग्ने जनाउनु भयो ।

प्रेस कलवका कार्यबाहक अध्यक्ष रायमाझीको सभापतित्व, कार्यक्रम संयोजक प्रकाश न्यौपानेको स्वागत मन्तब्य तथा सल्लाहकार मनोरञ्जन शर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । प्रेस क्लबले आफ्नो स्थापना दिवसको अवसरमा फुटसलसँगै भैरहवा–लुम्बिनी बौद्ध संचार यात्रा र कर्पोरेट क्रिकेट प्रतियोगिता सम्पन्न गरिसकेको छ ।

 

≪ Previous Post

बुटवल उद्योग वाणिज्य संघमा २४ वटा बस्तुगत समिति गठन

Next Post ≫

राममणि क्याम्पसमा लेखापरीक्षण तथा मूल्य अभिवृद्धि कर प्रशिक्षण सम्पन्न

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क