मणिग्राम । रूपन्देहीको मणिग्रामस्थित राममणि बहुमुखी क्याम्पसमा सन्चालित लेखा, लेखापरीक्षण तथा मूल्य अभिवृद्धि कर सम्बन्धी पाँच दिने प्रशिक्षण आज (बिहीबार) सम्पन्नभएको छ । रोजगार एवम् विद्यार्थी सहायता एकाई राममणि बहुमुखी क्याम्पसको संयोजनमा कार्यक्रम भएको थियो ।
विभागका संयोजक नम्रता पाण्डेकोउ संयोजकत्वमा भएको समापन कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख ताराप्रसाद पराजुलीले विद्यार्थीको वृत्तिविकाशका लागि क्याम्पसले पेशागत प्रशिक्षण सञ्चालन गर्दै आएको बताउनुभयो ।
चार्टर्ड अकाउण्टेण्ट महेश घिमिरेले सहजीकरण गर्नुभएको सो प्रशिक्षणमा बी.बी.एस. तेस्रो वर्षका विद्यार्थी सहभागी थिए ।
विभागका सदस्य वेदप्रसाद न्यौपानेको सञ्चालनमा भएको समापन कार्यक्रममा पृष्ठपोषण दिँदै विद्यार्थीले आफूहरूमा सीप र आत्मविश्वास अभिवृद्धि भएको उल्लेख गरेका थिए ।
यसअघि गत पौष २२ गते क्याम्पस सञ्चालक समितिका अध्यक्ष ध्रुवकुमार धितालले प्रशिक्षणको उद्घाटन गर्नुभएको थियो ।