Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ बुटवल उद्योग वाणिज्य संघमा २४ वटा बस्तुगत समिति गठन
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बुटवल उद्योग वाणिज्य संघमा २४ वटा बस्तुगत समिति गठन

संसारपोस्ट संवाददाता · २६ पुष २०८० · 0
बुटवल उद्योग वाणिज्य संघमा २४ वटा बस्तुगत समिति गठन
90
SHARES
ShareTweet

बुटवल । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीमा २४ वटा बस्तुगत समिति गठन गरिएको छ । संघको विधान अनुसार उद्योग तर्फका ११ वटा र वाणिज्य तर्फका १३ वटा वस्तुगत समिति गठन गरिएको हो । बाँकी बस्तुगत समिति गठनको प्रकृयामा रहेको संघका अध्यक्ष हरीप्रसाद अर्यालले जानकारी गराउनु भयो ।

संघमा २५ वटा भन्दा बढी बस्तुगत समिति छन् । बस्तुगत समिति गठनका लागि संघले कार्यसमिति सदस्यहरुलाई बस्तुगत समिति समन्वयकर्ताको जिम्मेवारी प्रदान गरेको थियो । सोही अनुसार उद्योग तर्फ उद्योग उपाध्यक्ष र वाणिज्य तर्फ वाणिज्य उपाध्यक्षको नेतृत्वमा बस्तुगत समिति गठन गरिएको संघका महासचिव मुक्तिप्रसाद अधिकारीले बताउनु भयो ।

संघको अधिवेशन भएको तीन महिना भित्र बस्तुगत समिति गठन गरिसक्नु पर्ने व्यवस्था अनुसार अहिलेसम्म उद्योगतर्फ डेरी व्यवसायी, टुर एण्ड ट्राभल्स, ढुवानी व्यवसायी, फूड एण्ड वेभरेज, महिला उद्यमी समिति, ड्राईभिङ, व्यूटीपार्लर, होटल रेष्टुरेन्ट तथा क्याटरिङ, होजेरी गार्मेन्ट तथा फूटवेयर, कृषि तथा लाईभस्टक, क्याटरिङ तथा मिष्ठान्न बस्तुगत समिति गठन गरिएको संघका उद्योग उपाध्यक्ष सुरज भट्टराईले जानकारी गराउनु भयो ।

त्यस्तै वाणिज्यतर्फ रेडिमेट फेन्सी, कपडा व्यवसायी, दैनिक उपभोग्य समिति, फूटवेर तथा व्याग, मोटर्स, औषधि, स्टेशनरी, हार्डवेयर, सुनचाँदी, कस्मेटिक, ईलेक्ट्रोनिक्स, भाडा तथा प्लाष्टिक र मोवाईल बस्तुगत समिति गठन गरिएको वाणिज्य उपाध्यक्ष विमलराज भट्टराईले जानकारी गराउनु भयो ।

उद्योगतर्फ डेरी व्यवसायी बस्तुगत समितिको सभापतिमा कृष्णप्रसाद उपाध्ययाय र उपसभापतिमा जीवलाल न्यौपाने, टुर एण्ड ट्राभल्सको सभापतिमा अञ्जन श्रेष्ठ र उपसभातिमा बरुण ज्ञवाली, ढुवानी व्यवसायी समितिको सभापतिमा कमलराज ढुंगाना र उपसभापतिमा विकास शर्मा आचार्य, फूड एण्ड वेभरेजको सभापतिमा दिपक वास्तोला र उपसभापतिमा मोहनीलाल न्यौपाने, महिला उद्यमी समितिको सभापतिमा श्रृष्टि गुरुङ र उपसभापतिमा सोनाली गुरुङ, ड्राईभिङको सभापतिमा कविन्द्रमान श्रेष्ठ र उपसभापतिमा श्रीधर अर्घालीलाई चयन गरिएको छ । उद्योग तर्फ नै व्यूटीपार्लर बस्तुगत समितिको सभापतिमा रेनु कर्माचार्य, होटल तथा रेष्टुरेन्ट समितिको सभापतिमा सन्तोष खड्का र उपसभापतिमा तुलसीराम भण्डारी, होजेरी गार्मेन्ट तथा फूटवेयरको सभापतिमा नेत्रप्रसाद भुर्तेल र उपसभापतिमा अयोध्याप्रसाद थैव, कृषि तथा लाईभस्टकको सभापतिमा शम्भुप्रसाद गुप्ता र उपसभापतिमा नुरुद्धिन शाह, क्याटरिङ तथा मिष्ठान्न बस्तुगत समितिको सभापतिमा लक्ष्मण पोखरेल र उपसभापतिमा ज्ञानप्रसाद खनाललाई चयन गरिएको छ ।

त्यस्तै वाणिज्यतर्फ रेडिमेट फेन्सीको सभापतिमा अरुणकुमार श्रेष्ठ र उपसभापतिमा शंकर ज्ञवाली, कपडा व्यवसायी समितिको सभापतिमा राकेशकुमार कसौधन र उपसभापतिमा हरेन्द्र पटवा, दैनिक उपभोग्य समितिको सभापतिमा नारायण भुसाल र उपसभापपितमा माधव पोखरेल, फूटवेर तथा व्याग सभापतिमा विजयकुमार वणर्वाल र उपसभापतिमा लक्ष्मण पाण्डे, मोटर्स बस्तुगत समितिको सभापतिमा भूमिप्रसाद सापकोटा, औषधि बस्तुगत समितिको सभापतिमा एकदेव बस्याल र उपसभापतिमा दीप खनाल, स्टेशनरीको सभापतिमा बोधराज शर्मा र उपसभापतिमा प्रकाश भट्टराईलाई चयन गरिएको छ ।

त्यस्तै हार्डवेयर बस्तुगत समितिको सभापतिमा राजन पाण्डे र उपसभापतिमा धर्मेन्द्र कसौधन, सुनचाँदीको सभापतिमा किशोरकुमार विश्वकर्मा र उपसभापतिमा दलबहादुर रिसाल, कस्मेटिकको सभापतिमा नरसिंहप्रसाद कान्दु र उपसभापतिमा जनककुमार श्रेष्ठ, ईलेक्ट्रोनिक्सको सभापतिमा सुशिलप्रसाद श्रेष्ठ र उपसभापतिमा नारायण रायमाझी, भाडा तथा प्लाष्टिकको सभापतिमा गोकुल नेपाल र उपसभापतिमा अर्नलराज शाक्य, मोवाई स्तुगत समितिको सभापतिमा शिवदेव अर्याललाई चयन गरिएको छ ।

≪ Previous Post

कानुन निर्माणमा स्थानीय तह सक्षम हुन जरुरी : प्रदेश सभामुख घर्ती

Next Post ≫

मैत्रीपूर्ण फुटसलको उपाधि रूपन्देही प्रहरीलाई

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क