बुटवल । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले कानुन निर्माणमा स्थानीय तह सक्षम हुन जरुरी रहेको बताउनु भएको छ ।
लुम्बिनी प्रदेश सभा सचिवालयको आयोजनामा आज बुटवलमा बसेको लुम्बिनी प्रदेश सभा र स्थानीय तहबीच कानुन निर्माण तथा सभा संचालन सम्बन्धि अन्तरकृया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले कानुनी र संबैधानिक ब्यवस्था अनुसार स्थानीय तहसंग कानुन निर्माणमा सहकार्य समन्वय र सहजीकरण गरिएको जानकारी दिनु भयो ।
सभामुख घर्ती मगरले बिकास निर्माणसंगै कानुन निर्माणमा पनि ध्यान दिनु जरुरी रहेको बताउदै कानुन निर्माणमा सानो गल्तीले दीर्घकालीन असर पुग्ने भएकाले यस बिषयमा आफू संबेदनसिल रहेको बताउनु भयो ।
प्रदेश सभा र स्थानीय तह बीच अन्तरसम्बन्ध स्थापित गरेर अगाडी बढेमा शुसासन कायम गर्न र जनमैत्री काम गर्न सहयोग पुग्ने बिश्वास व्यक्त गर्नु भयो ।
प्रदेश उप सभामुख मेनुका खाड केसीले स्थानीय तह र प्रदेश सभाबिच सहकार्य जरुरी रहेको बताउनु भयो । प्रदेश सभा सदस्य तुल्सी चौधरीले स्थानीय तहलाई अझै कृयाशिल बनाउन स्थानीय ऐनको आवस्यकता रहेको बताउनु भयो । उहाँले स्थानीय तहको लागि आवस्यक परेको कानुन बनाउन प्रदेश सभा तयार रहेको बताउनु भयो ।
प्रदेश सभा सदस्य भोज प्रसाद श्रेष्ठले संघीयताले स्थानीय तहलाई अधिकार सम्पन्न बनाएको बताउनु हुँदै सोही अनुसार जिम्मेवारी निर्बाह गर्न आग्रह गर्नु भयो । उहाँले जनमैत्री काम गर्न जनप्रतिनिधिलाई सुझाव दिदै संघीयता सफल बनाउने जिम्मेवारी थपिएको बताउनु भयो ।
कार्यक्रममा बुटवल उप-महानगरपालिका उपमेयर साबित्रा देबि अर्यालले संघीयताको मर्म अनुसार सहकार्य गर्नु आवस्यक रहेको र प्रदेश सभाले बनाएको कानुन इमानदारीताका साथ कार्यान्वयन गरिरहेको बताउनु भयो ।
कार्यक्रममा सुद्धोधन गाउँपालिका अध्यक्ष बिष्णु प्रसाद बस्याल, सियारी गाउँपालिका अध्यक्ष थानेस्वर घिमिरे लगायतले कानुनी प्रक्रियामा स्थानिय तहलाइ सहभागी बनाउनु पर्नेमा जोड दिनु भयो ।
प्रदेश सभा सचिब दुर्लभ कुमार पुनले प्रदेश सभाको गतिविधि र सभा संचालन सम्बन्धि सहजीकरण गर्नु भयो । कानुन उप सचिब ईश्वरी प्रसाद आचार्यले गाउँ / नगर सभा संचालन ब्यवस्था सम्बन्धी सहजीकरण गर्नु भएको थियो ।
बुटवल नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले २१ऐन, १२ नियमावली ,४५ कार्यविधि, १० निर्देशिका,४ मापदण्ड गरि ९२ ऐन, नियमावली निर्देशिका र मापदण्डमा रहि कार्य संचालन गरिएको जानकारी गराउनु भयो ।
सुद्दोधन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ पौडेलले पदाधिकारी र कर्मचारीको जीवन बिमा सम्बन्धि ऐन, बिद्धुतिय सरकार संचालन ऐन, स्थानीय सेवा ऐन बनाउन जरुरी रहेको बताउनु भयो ।
त्यसै गरि सियारी गाउँ पालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम पन्थीले कानुनको अभावमा कर्मचारी दरबन्दीको समस्या रहेको बताउनु भयो ।
सचिवालयका अधिकृत राधा रोकाको संचालनमा भएको अन्तरकृयामा बुटवल उप-महानगर पालिका, सुद्दोधन र सियारी गाउँपालिका प्रमुख /उपप्रमुख वडा अध्यक्ष र पालिका सदस्यहरुको सहभागीता रहेको थियो ।