Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ दुई दिने लेक एक्स्पो-२०२४ को समापन : ९ हजार बढिले गरे अवलोकन
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

दुई दिने लेक एक्स्पो-२०२४ को समापन : ९ हजार बढिले गरे अवलोकन

संसारपोस्ट संवाददाता · २४ पुष २०८० · 0
दुई दिने लेक एक्स्पो-२०२४ को समापन : ९ हजार बढिले गरे अवलोकन
120
SHARES
ShareTweet

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिका–७ भलबारीस्थित लुम्बिनी इन्जिनियरिङ्ग, म्यानेजमेन्ट एण्ड साइन्स कलेज (लेक) मा आइतबारदेखि चलेको लेक दुई दिने लेक एक्स्पो–२०२४ सकिएको छ ।  एक्स्पोको करिव ९ हजार बढी दर्शकले अवलोकन गरेका छन ।

कलेजका डाइरेक्टर तुलसीप्रसाद सापकोटाका अनुसार बिभिन्न बिद्यालय, कलेजका बिद्यार्थी, शिक्षक, कर्ममचारि, अभिभावक, स्थानिय तथा सरकाारी र गैरसरकाारी निकायबाट समेत गरि करिव ९ हजार बढिले एक्स्पोको अवलोकन गरेका छन ।

सिभिल, कम्प्युटर र इलेक्ट्रिक एण्ड इलेक्ट्रोनिकतर्फका विद्यार्थीहरुले ५० वटा प्रोजेक्ट तयार गरि एक्स्पोमा प्रदर्शन गरेका थिए ।

कलेजका सदस्य सचिव डा.के. एन. पाण्डेयले विद्यार्थीहरुको क्षमता अभिवृद्धिसहित व्यक्तित्व विकास गर्ने र देशमा नयाँ प्रविधि भित्राउन टेवा समेत पुरयाउने उद्देश्यले एक्स्पो आयोजना गरिएको बताउनुभयो । कलेजका प्रिन्सिपल राजकपुर शाहले विद्यार्थीको अध्ययन र त्यसको प्राबिधिक प्रयोगलाई एक्स्पोले उजागर गरेको  बताउनुभयो। उहाँले २/२ बर्षमा गरिने यस्तो एक्स्पोले विद्यार्थीलाई अझै प्रेरणा र उर्जा साथै नयाँ प्रविधिमा अपडेट गराएको उल्लेेेख गर्नुभयो ।

एक्सपोको सबै तयारि तथा आन्तरिक ब्यबस्थापन कलेज आफैले गरेको र  विद्यार्थीको अन्तरनिहित प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले बिद्यार्थी तथा अभिभावकलाई पढाई पछि व्यवहारिक शिक्षाको सिकाई प्रक्रियालाई झन् मजबुत बनाउन यस्तो कार्यक्रमको आयोजना गरिएको एक्स्पोका  कोअर्डिनेटर बिष्णु चन्द्र झाले बताउनुभयो।

एक्सोपोमा सिभिल विभागतर्फका २४, कम्प्युटर विभागतर्फका १४ र इलेक्ट्रिक एण्ड इलेक्ट्रोनिक विभागतर्फबाट १२ वटा प्रोजेक्ट राखिएको थियो।

कलेजका अध्यक्ष रामचन्द्र ढकालले विद्यार्थीले बनाएका प्रोजेक्टहरु देशका प्रतिष्ठित संस्था, सरकारी तथा गैर सरकारी प्रोजेक्ट,घर, उद्योग तथा विद्यालय, सडक, कृषिलगायतका क्षेत्रमा प्रयोग गर्न सकिने बताउनुभयो।

एक्स्पोमा विद्यार्थीले केही नयाँ प्रोजेक्टहरु तयार गरेको र केही पुराना भएपनि नेपालमा प्रयोगमा नआएका प्रोजेक्टहरु तयार तथा प्रदर्शन गरेका थिए । डिप्लोमादेखि मास्टर डिग्रीसम्म पूर्णतः इन्जिनियरिङ्ग पढाइ हुने यस कलेजमा हाल डिप्लोमा १४९, व्याचलरमा ६७५ र मास्टर डिग्रीमा ६० जना गरी जम्मा ८८४ जना विद्यार्थी अध्ययनरत रहेका छन् ।  कलेजले विद्यार्थीहरूको प्रतिभा तथा क्षमता प्रदर्शन गर्न हरेक २/२ बर्षमा एक्स्पो आयोजना गर्दै आइरहेको थियो । विद्यार्थीहरुले निर्माण गरेका उत्कृष्ट ५० प्रोजेक्टहरुको बिद्यार्थिहरु आफैले ब्रिफिंग गरेका थिए ।

≪ Previous Post

बुटवलको पार्किङ व्यवस्थापन : बुटवल उद्योग वाणिज्य संघको अग्रसरता

Next Post ≫

कानुन निर्माणमा स्थानीय तह सक्षम हुन जरुरी : प्रदेश सभामुख घर्ती

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क