Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ बुटवलको पार्किङ व्यवस्थापन : बुटवल उद्योग वाणिज्य संघको अग्रसरता
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बुटवलको पार्किङ व्यवस्थापन : बुटवल उद्योग वाणिज्य संघको अग्रसरता

संसारपोस्ट संवाददाता · २३ पुष २०८० · 0
बुटवलको पार्किङ व्यवस्थापन : बुटवल उद्योग वाणिज्य संघको अग्रसरता
90
SHARES
ShareTweet

बुटवल । बुटवल उद्योग बाणिज्य संघ रूपन्देहीले पार्किङ व्यवस्थापनमा अग्रसरता देखाएको छ । पार्किङको अभावका कारण उपभोक्ताहरू पसलमा आउन समस्या भएको निष्कर्षका साथ संघले पार्किङ ब्यवस्थापनमा अग्रसरता देखाएको हो ।
बुटवलको पार्किङ व्यवस्थापनका लागि बुटवल उपमहानगरपालिका वडा नं ५ का अध्यक्ष हरिप्रसाद श्रेष्ठको संयोजकत्वमा ११ सदस्यीय कार्यदल गठन भएको छ । संघको तीन बर्षे रणनीतिक योजना अन्तर्गत आइतबार संघको सचिवालयमा भएको पार्किङ व्यवस्थापन सम्बन्धि अन्तरक्रिया कार्यक्रममा वडा अध्यक्ष श्रेष्ठको संयोजकत्वमा कार्यदल गठन गएिको हो ।
बुटवल उद्योग बाणिज्य संघ रूपन्देहीका बरिस्ठ उपाध्यक्ष टंकप्रसाद गैरे सह संयोजक रहेको कार्यदलमा बुटवल उपमहानगरपालिका, राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवल, इलाका प्रहरी कार्यालय बुटवल, बुटवल उपमहानगरपालिका वडा नं ६, वडा नं ४ का प्रतिनिधि तथा रूपन्देही व्यापार संघ र रूपन्देही उद्योग व्यापार संगठनका प्रतिनिधि सदस्य रहेको संघका उपाध्यक्ष सुरज भट्टराईले जानकारी दिनुभयो ।
कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै बुटवल उद्योग बाणिज्य संघ रूपन्देहीका अध्यक्ष हरिप्रसाद अर्यालले पार्किङको समस्याका कारण उपभोक्ताहरू बुटवलका पसलमा आउने क्रम कम हुदै जान थालेकोले संघले पार्किङ व्यवस्थापनमा अग्रसरता देखाएको जानकारी गराउनु भयो । पार्किङ ब्यवस्थापनले बुटवल बजारको सौन्दर्यकरण बढ्नुकासाथै बजार थप चलायमान हुने उहाँको विश्वास छ ।
अन्तरक्रिया कार्यक्रममा बुटवल वडा नं ४ का वडा अध्यक्ष नरिश्वर शर्मा पौडेल, वडा नं ५ का अध्यक्ष हरिप्रसाद श्रेष्ठ, वडा नं ६ का अध्यक्ष लोकनाथ न्यौपाने, बुटवल उपमहानगरपालिका राजश्व शाखाका उपनिर्देशक डोलराज पौडेल, शसस्त्र प्रहरी बेस क्याम्प बुटवलका प्रमुख, प्रहरी नायव उपरीक्षक आश्विन गुरूङ, राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रहरी निरीक्षक ओमप्रकाश वाग्ले, इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक दीपेन्द्र बानिया, बुटवल उद्योग बाणिज्य संघ रूपन्देहीका महासचिव मुक्ति अधिकारी लगायतले बुटवलमा पार्किङ ब्यवस्थापन जरुरी रहेको भन्दै उपयुुक्त पार्किङ स्थलको खोजि गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

≪ Previous Post

रुपन्देही प्रहरीद्वारा ७२ बोरा अवैध प्याज बरामद

Next Post ≫

दुई दिने लेक एक्स्पो-२०२४ को समापन : ९ हजार बढिले गरे अवलोकन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क