Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ लुम्बिनी कर्पोरेट क्रिकेट : एके ग्राफिक्स भैरहवालाई उपाधी
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

लुम्बिनी कर्पोरेट क्रिकेट : एके ग्राफिक्स भैरहवालाई उपाधी

संसारपोस्ट संवाददाता · ११ पुष २०८० · 0
लुम्बिनी कर्पोरेट क्रिकेट : एके ग्राफिक्स भैरहवालाई उपाधी
80
SHARES
ShareTweet

भैरहवा । एके ग्राफिक्स, भैरहवा लुम्बिनी सुपर सिक्सेस कर्पोरेट क्रिकेट प्रतियोगिताको उपाधि चुम्न सफल भएको छ । लुम्बिनी प्रेस क्लब, रुपन्देहीले आफ्नो नवौं स्थापना दिवसको अवसर पारेर आयोजना गरेको प्रतियोगिताको मंगलबार भएको फाइनल खेलमा न्यु सिटीपी प्वाइन्ट, बुटवललाई २ विकेटले पराजित गर्दै एके ग्राफिक्सले उपाधि हात पार्न सफल भएको हो ।
उपाधिसँगै एके ग्राफिक्सले नगद २५ हजार रुपैयाँ र ट्रफी प्राप्त गरेको छ भने उपविजेतामा चित्त बुझाएको न्यु सिटीपी प्वाइन्टले नगद १३ हजार र ट्रफी हात पारेको छ ।
सिद्धार्थनगर–९ स्थित गोनहिया मैदानमा भएको फाइनल खेलमा जितका लागि ७१ रनको लक्ष्य पाएको एके ग्राफिक्सले निर्धारित ५ ओभरको खेलमा ४ बल बाँकी छँदै ३ विकेट गुमाएर जित आफ्नो पक्षमा पार्यो । एकेका लागि संजय यादवले सर्वाधिक ३३, मोहम्मद रफिकले १२ र जितेन्द्र चौधरीले ८ रनको योगदान दिए । बलिङमा न्यू सिटीपीका प्रविन पौडेल, श्रीधर केसी र सुशील रिजालले समान १–१ विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको न्यु सिटीपीले निर्धारित खेलमा २ विकेटको क्षतिमा ७० रनको सामान्य योगफल बनाएको थियो । उसका लागि श्रीधर केसीले २०, प्रविन केसीले १६ र प्रकाश पाण्डेले १० रन बनाए । बलिङमा एके ग्राफिक्सका जितेन्द्र चौधरी र मोहम्मद रफिकले १–१ विकेट लिए । खेलमा एकेका संजय यादव म्यान अफ द फाइनल भई एक हजार रुपैयाँ प्राप्त गरे ।
प्रतियोगितामा न्यु सिटीपीका श्रीधर केसी उदयमान खेलाडी र सीटीपीकै सुशील रिजाल उत्कृष्ट बलर हुन सफल भए । यस्तै, एके ग्राफिक्सका हृदयेश हरिजनले बेष्ट ब्याट्सम्यानको उपाधि जित्न सफल भए । उनीहरुले जनही ३ हजारका दरले पुरस्कार प्राप्त गरे ।
आजै भएको पहिलो सेमिफाइनल खेलमा न्यु सिटीपीले सीता मेडिकल हल, रोहिणीलाई ४ विकेटले पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो भने एकेले बैंकर्स क्लब, भैरहवालाई पनि ४ विकेटले नै पराजित गर्दै फाइनल पुगेको थियो । दुई दिनसम्म संचालित खेलमा विभिन्न कर्पोरेट हाउसका ९ टिम सहभागी थिए ।
विजेता र उपविजेता खेलाडीहरुलाई सिद्धार्थनगर नगरपालिका उपप्रमुख उमा अधिकारी, नेपाल पत्रकार महासंघ, रुपन्देहीका अध्यक्ष रामराज पोखरेल, लुम्बिनी प्रेस क्लबका कार्यबाहक अध्यक्ष कमल रायमाझी, रुपन्देही प्रहरी प्रमुख भरतबहादुर विक, सशस्त्र प्रहरी प्रमुख दीपककुमार थापा, राष्ट्रिय अनुसन्धानका रुपन्देही प्रमुख हुमकान्त पाण्डे, प्रेस क्लबका संस्थापक अध्यक्ष माधव ढुंगाना, पूर्वअध्यक्ष दीपेश पछाई, निवर्तमान अध्यक्ष नरेश केसी, सल्लाहकार मनोरंजन शर्मा, दीपेन्द्र बडुवाल, शारदा मल्ल, क्लबका सचिव तथा प्रतियोगिता संयोजक प्रकाश न्यौपाने, कोषाध्यक्ष राधेश्याम विश्वकर्मा, उपविजेता पुरस्कार प्रयोजक ग्रो मोर फर्टिलाइजर एण्ड केमिकल प्रालिका संचालक पुनमकुमारी अग्रवाल लगायतले पुरस्कार प्रदान गर्नुभएको थियो ।

 

 

≪ Previous Post

बुटवल–पाल्पा सडकखण्ड पुस १६ गतेदेखि एक सय दिनसम्म दैनिक ६ घण्टा बन्द हुने

Next Post ≫

रोयल ईनफिल्ड मेटेयोर ३५० को बिक्री शुभारम्भ

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क