Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ बुटवल–पाल्पा सडकखण्ड पुस १६ गतेदेखि एक सय दिनसम्म दैनिक ६ घण्टा बन्द हुने
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बुटवल–पाल्पा सडकखण्ड पुस १६ गतेदेखि एक सय दिनसम्म दैनिक ६ घण्टा बन्द हुने

संसारपोस्ट संवाददाता · ९ पुष २०८० · 0
बुटवल–पाल्पा सडकखण्ड पुस १६ गतेदेखि एक सय दिनसम्म दैनिक ६ घण्टा बन्द हुने
130
SHARES
ShareTweet

पाल्पा । सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकखण्ड यही पुस १६ गतेदेखि एक सय दिनसम्म दैनिक ६ घण्टा बन्द हुने भएको छ । पुस १६ गते राति १० बजेदेखि बिहान ४ बजेसम्म अत्यावश्यक बाहेकका सवारीसाधनलाई सो सडक खण्डमा संचालनमा रोक लगाइने भएको हो ।
जिल्ला प्रशासन कार्यालय पाल्पामा बसेको राजमार्ग सुरक्षा समितिको बैठकको निर्णय अनुसार पुस १६ गतेदेखि एक सय दिनसम्म सवारी साधनको आउ–जाउ बन्द गरेर सुरुङमार्ग निर्माणको काम गर्न लागिएको पाल्पाका प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेले जानकारी दिनुभयो ।
‘‘निर्माण कार्य भइरहेको अवस्थामा ढुंगाहरु खस्ने, सवारी आवतजावतमा उच्च जोखिम हुने भएकाले मिति २०८०।०९।१६ गते सोमबारदेखि १०० दिन राति १० बजेदेखि बिहान ४ बजेसम्म लागू हुने गरी सवारी साधन आवतजावत बन्द गर्ने निर्णय गरियो ।’ बैठकको निर्णयमा लेखिएको छ ।
यो अवधिमा एम्बुलेन्स लगायतका अत्यावश्यक सवारी साधन संचालनमा भने रोक नलगाउन आयोजना कार्यालयलाई भनिएको छ । सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडक अन्तर्गत बुटवलको तल्लो सिद्धबाबादेखि पाल्पाको दोभान चौकीसम्मको करिब ३ किलोमिटर सडक क्षेत्र पहिरोका कारण जोखिमयुक्त भएकाले यहाँ सुरुङमार्ग बनाउने काम जारी छ ।
चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसनले १ हजार १२६ मिटर लम्बाइको सुरुङमार्ग निर्माण गर्न ७ अर्ब ३४ करोड रुपैयाँमा ठेक्का पाएको छ । आयोजना कार्यालयले सुरुङ मार्ग निर्माण गर्ने क्रममा टनेलको साउथ पोर्टल, नर्थ पोर्टल, बाइपास टनेल नम्बर १ र २ तथा स्लोप एरियाको काम गर्दा बाटो साँघुरो भएका कारण निर्वाध रुपमा यातायात सन्चालनकै अवस्थामा काम गर्न असहज भएको भन्दै सवारी साधन बन्द गर्न जिल्ला प्रशासन कार्यालय पाल्पामा स्वीकृतिका लागि अनुरोध गरेको थियो । त्यसपछि जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले पुस १६ गतेदेखि सडक बन्द गर्ने र अपेक्षित नतिजा हासिल हुने गरी निर्माण कार्य गर्ने निर्णय गरेको हो ।
राजमार्ग सुरक्षा समितिको बैठकले सडकमा उड्ने धुलोको कारण यात्रुहरुले सास्ती खेप्नु परेकाले सिद्धार्थ राजमार्गको सडक मर्मत खण्ड र तानसेन–रिडी सडकको जोर्ते खण्डमा डिभिजन सडक कार्यालयले पानी छर्किने व्यवस्था मिलाउने निर्णय समेत गरेको छ । यसैगरी तानसेन–रानीमहल सडकखण्डको केही स्थानहरुमा फलामका छडहरु बाहिर निस्किएकाले सडक पूर्वाधार विकास कार्यालयले मर्मत सम्भारको व्यवस्था मिलाउने लगायतका निर्णय समेत भएको छ ।

≪ Previous Post

लुम्बिनी एक्स्पो : सोमबार ५० हजार दर्शकले गरे अवलोकन

Next Post ≫

लुम्बिनी कर्पोरेट क्रिकेट : एके ग्राफिक्स भैरहवालाई उपाधी

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क