Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ लुम्बिनी एक्स्पो : सोमबार ५० हजार दर्शकले गरे अवलोकन
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

लुम्बिनी एक्स्पो : सोमबार ५० हजार दर्शकले गरे अवलोकन

संसारपोस्ट संवाददाता · ९ पुष २०८० · 0
लुम्बिनी एक्स्पो : सोमबार ५० हजार दर्शकले गरे अवलोकन
90
SHARES
ShareTweet

बुटवल । लुम्बिनी एक्स्पो २०८०, अन्तर्राष्ट्रिय व्यापार मेलाको पाचौं दिन सोमवार उल्लेख्य दर्शकहरुले मेलाको अवलोकन गरेका छन् ।
‘स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार, सहरदेखि गाउँसम्म व्यापार विस्तार’ भन्ने मूल नाराका साथ व्यापार प्रवद्र्धन र बजारीकरण गर्ने उद्देश्यका साथ रुपन्देही व्यापार संघले बुटवल मण्डपमा मेला सञ्चालन गरेको छ ।
सोमबार सार्वजनिक विदाको दिन परेका कारण मेला अवलोकनका लागि दर्शकहरु विहानै मेला स्थल पुगेका थिए ।
एक्स्पो मुल आयोजक समितिका सदस्य सचिव तथा रुपन्देही व्यापार संघका महासचिव दयानिधि भण्डारीका अनुसार सोमवार मात्र एकै दिन करिव ५० हजार दर्शकले प्रदर्शनी अवलोकन गरेका छन् । अवलोकनका लागि आएका दर्शकहरुले खाद्यान्न, कपडा, कस्मेटिक, साबुन, चिया तथा कृषि उत्पादनका स्टलहरुमा बढी चासो राखेका थिए । सोमवार मात्र करिव ३० लाखको आर्थिक कारोवार भएको अनुमान गरिएको छ ।
दर्शकहरुको आर्कषणको क्षेत्र प्रदर्शनीको मनोरञ्जनात्मक कार्यक्रम अन्तरगत सांस्कृतिक प्रस्तुति तथा प्रतियोगिताहरु रोचक बन्दै गएका छन् । सोमवार सांस्कृतिक कार्यक्रमतर्फ चर्चित लोकदोहोरी गायक खेम सेञ्चुरी, गायिका एवं प्रस्तोता मञ्जु पौडेल, बसन्त लम्साल, मञ्जु भट्टराई तथा हास्य कलाकार पुर्खे बाको प्रस्तुति रहेको थियो ।
दोहोरी गित प्रतियोगिता अन्तरगत राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान, लुम्बिनी प्रदेश र खस्यौली रोधि क्लब प्रा.लि. बुटवलका बीच प्रतिस्पर्धा भएको छ । डान्स आइडल २०८० अन्तरगत आइतवार उत्कृष्ट १० को प्रस्तुति रहेकोमा त्यसबाट सोमवार भोटिङको आधारमा एक जना बाहिरिएका छन् । यसैगरी मंगलवार सांस्कृतिक कार्यक्रम अन्तरगत चर्चित आधुनिक गायिका प्रिती आले आउने भएकि छन् ।
त्यसैगरि गायक विधान कार्की, गायीका रितु थापा, गायक रामप्रसाद पाण्डे र हास्य कलाकार टिकाराम साहित्यको प्रस्तुति रहने मेला सांस्कृत उपसमितिका संयोजक प्रकाश पौडेलले बताए । दोहोरी गीत प्रतियोगिता अन्तरगत प्रितम पोखरेल–शर्मिला विसी(काठमाडौं) र गोधुली रोधि साँझ, बुटवलका बीच प्रतिस्पर्धा हुने छ ।

≪ Previous Post

लागु औषध ब्राउनसुगर सहित दुइ जना पक्राउ

Next Post ≫

बुटवल–पाल्पा सडकखण्ड पुस १६ गतेदेखि एक सय दिनसम्म दैनिक ६ घण्टा बन्द हुने

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क