Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ सरकारका कारण ठूला आयोजनाहरु अलपत्र, निर्माणधिन आयोजना सुस्त :पूर्ब अर्थमन्त्री पौडेल
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

सरकारका कारण ठूला आयोजनाहरु अलपत्र, निर्माणधिन आयोजना सुस्त :पूर्ब अर्थमन्त्री पौडेल

संसारपोस्ट संवाददाता · ५ पुष २०८० · 0
सरकारका कारण ठूला आयोजनाहरु अलपत्र, निर्माणधिन आयोजना सुस्त :पूर्ब अर्थमन्त्री पौडेल
110
SHARES
ShareTweet

बुटवलमा लुम्बिनी एक्स्पो २०८० शुरु, १० लाख दर्शकले अवलोकन गर्ने र ५० करोड कारोबार हुने लक्ष्य

बुटवल । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले सरकारका कारण ठूला आयोजनाहरु अलपत्र परेको आरोप लगाउनु भएको छ ।

रुपन्देही व्यापार संघको आयोजनामा बिहीबारदेखि बुटवलमा शुरू भएको लुम्बिनी एक्स्पो २०८० अन्तर्राष्ट्रिय ब्यापार मेलाको उद्घाटन गर्दै नेता पौडेलले सरकार जिम्मेवारीबाट भाग्दा निर्माण पूरा भएका आयोजनाहरु सञ्चालन नभएको र निर्माणधिन आयोजना पनि निकै सुस्त बनेको बताउनु भएको हो ।

रुपन्देही क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य समेत रहनुभएका एमाले नेता पौडेलले गौतमबुद्ध विमानस्थल सरकारका कारण चल्न नसकेको बताउनु भयो । नेता पौडेलले बनेको विमानस्थल चलाउन नसक्ने सरकारले अरू कुनै काम गर्न नसक्ने टिप्पणी गर्नुभयो । ‘यो एयरपोर्ट सरकारकै कारण चल्न नसकेको हो’, उहांले भन्नुभयोे–‘सरकार, मन्त्रालय, नागरिक उड्डयन प्राधिकरण र सचिवले पहल गर्नुपर्ने काम हो । उनीहरूले केही गर्न सकेनन् । बनेको विमानस्थल चलाउन नसक्ने सरकारले केही गरेर खाँदैन ।’
वर्तमान सरकार सम्पूर्णरुपमा असफल भएको टिप्पणि गर्दै नेता पौडेलले असफल सरकारले देशको सही नेतृत्व गर्न नसक्ने बताउनुभयो । हामीले धेरै मेहनत गरेर बनाइएको विमानस्थल हो नेता पौडेलले भन्नुभयो– “व्यवसायीहरू चिन्ता नलिनुहोस्, हामी विमानस्थल चलाएरै छाड्छौं । आकर्षक विमानस्थलको रुपमा अघि बढाएरै छाड्छौं ।”
बुटवल नारायणगढ सडक निर्माणमा पनि लापरबाही भएको पौडेलले बताउनुभयो । ‘निर्माण कम्पनीले ढिलासुस्ती र लापरबाही गर्दा सरकारले तमासा हेरेर बस्ने होइन’, पौडेलले भन्नुभयो–सडक निर्माणको ढिला सुस्ती ‘टु मच’ भइसक्यो ।’
बुटवल बजार क्षेत्रको सडक सरकारकै कारण बन्न नसकेको नेता पौडेलले आरोप लगाउनुभयो । बुटवललाई आकर्षित र विकासशील शहर बनाउन आफू अविछिन्न रुपमा लाग्ने प्रतिबद्धता जनाउनुभयो । तिनाउ–दानव करिडोरका लागि छुटाइएको बजेट कटौती गरेर सरकारले निर्माणमा चुनौती खडा गरेको उहांको आरोप छ ।
‘सरकारको ढुकुटी २ खर्बले ऋणात्मक छ । सरकारले कर्मचारीलाई तलब र साधारण खर्च तिर्न नसकेर ऋण उठाएको छ । राजश्व संकलन हुन सकेको छैन । राजश्व लक्ष्यअनुसार उठ्न सकेको छैन । राजश्वले साधारण खर्च धान्न सकेको छैन । गत वर्षभन्दा ६० प्रतिशत कम सहयोग प्राप्त हुन्छ भन्ने छ । पुँजीगत खर्च पनि लथालिङ्ग छ’ उहाँले भन्नुभयो–ठूला आयोजना बजेटको कारणले कार्यान्वयन हुन नसक्ने अवस्थामा पुगेका छन् ।’
कार्यक्रममा लुम्बिनीका पूर्व मुख्यमन्त्री लिला गिरी, बुटवल नगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेय, नेकपा माओवादी केन्द्र रुपन्देहीका संयोजक निर्मल जिसि, रुपन्देही व्यापार संघका अध्यक्ष कृष्णप्रसाद घिमिरे, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेल लगायतले बोल्दै बुटवलको अर्थतन्त्रमा मेलाले महत्वपूर्ण सहयोग गर्ने बताउनु भयो ।
बिहिबारदेखि शुरु भएको लागेको एक्स्पो पुसको १८ गतेसम्म चल्ने छ । एक्स्पोमा ६ सय स्टल रहेकोे मेला मूल आयोजक समितिका संयोजक, रुपन्देही व्यापार संघका अध्यक्ष कृष्णप्रसाद घिमिरेले जानकारी दिनुभयो ।
मेलामा करिब १० लाख दर्शकले अवलोकन गर्ने र करिब ५० करोड बराबरको आर्थिक कारोबार हुने लक्ष्य लिईएको समेत अध्यक्ष तथा मेला संयोजक घिमिरेले बताउनुभयो । मेलामा गौतमबुद्धको जन्मस्थल लुम्बिनीसहित प्रदेश भित्रका धार्मिक, सांस्कृतिक, पर्यटकीय तथा ऐतिहासिक महत्व बोकेका सम्पदाहरु एवं स्थलहरुको प्रवद्र्धनात्मक प्रचारप्रसार गरिने आयोजकले बताएका छन् । कोरोनापछि बुटवलको व्यापार व्यवसायमा केही शिथिलता छाएका बेला यो मेलाले अर्थतन्त्रलाई चलायमान बनाउनका लागि महत्वपूर्ण भुमिका खेल्ने आयोजकको दाबी छ ।

 

≪ Previous Post

लागु औषध सहित एकजना पक्राउ

Next Post ≫

मगर समुदायवाट निर्वाचित सांसदहरु सडकका साँढे सरह : सह अध्यक्ष विरकट्टा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क