Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ बुटवल–गोरुसिङ्गे र गोरुसिङ्गे–चन्द्रौटा ६९ किलोमिटर सडक स्तारेन्नतिका लागि बोलपत्र आह्वान
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बुटवल–गोरुसिङ्गे र गोरुसिङ्गे–चन्द्रौटा ६९ किलोमिटर सडक स्तारेन्नतिका लागि बोलपत्र आह्वान

संसारपोस्ट संवाददाता · ५ पुष २०८० · 0
बुटवल–गोरुसिङ्गे र गोरुसिङ्गे–चन्द्रौटा ६९ किलोमिटर सडक स्तारेन्नतिका लागि बोलपत्र आह्वान
100
SHARES
ShareTweet

बुटवल । बुटवल पश्चिमको राजमार्ग स्तरोउन्नतिका लागि बोलपत्र आह्वान भएको छ । निर्माण भएको ६ दशकपछि सडक स्तारेन्नतिका लागि बुटवल–गोरुसिङ्गे ५० किलोमिटर र गोरुसिङ्गे–चन्द्रौटा १९ किलोमिटर गरी दुई खण्डमा विभाजन गरेर स्तरोन्नतिका लागि बोलपत्र आह्वान भएको हो ।
तत्कालीन राजा महेन्द्रको पालामा २०१८ सालमा निर्माणको शुभारम्भ भएको बुटवल–चन्द्रौटा सडक ६२ वर्षपछि स्तरोन्नति हुन लागेको हो । विश्व बैंकले ६९ किलोमिटर लामो सडक स्तरोन्नतिका लागि २७ करोड ५० लाख डलर उपलब्ध गराउने सम्झौतापछि काम सुरु भएको हो । बुटवल–गोरुसिङ्गे–चन्द्रौटा सडक परियोजनाका प्रमुख इन्जिनीयर होमबहादुर एसीले सडक स्तरोन्नतिका लागि साइट खुला गर्न रुख कटान, विद्युतको पोल सार्न सम्बन्धित कार्यालयहरूसँग समन्वय लगायतका काम भैरहेको जानकारी गराउनु भयो । हाल दुई लेनमा रहेको सडक स्तरोन्नति गरेर ४ लेनको बनाइने छ ।
परियोजना प्रमुख इन्जिनीयर एसीले विद्युत् कार्यालयसँग छलफल गर्दा पोल सार्न झन्डै ४४ करोड लागत अनुमान गरेको तर त्यस विषयमा अझै टुङ्गोमा नपुगेको प्रस्ट पार्नुभयो । यस्तै वनसँग रुख नम्बरिङ्गका लागि आग्रह गरिएको छ । अन्तिममा वन विभागको अनुमति प्राप्त गरेपछि रुख कटानको काम सुरु हुनेछ । ती दुई प्रक्रिया पूरा हुना साथ ठेकेदारलाई काम गर्ने बाटो खुल्ने र काम धमाधम चल्ने परियोजना प्रमुख एसी बताउनुहुन्छ ।
सडक विस्तारले बढ्दो सवारीसाधनको चापलाई कम गर्ने र ठुला सवारी चलाउनका लागि पनि सहज हुने अपेक्षा गरिएको सडक कार्यालय बुटवलका प्रमुख इन्जिनियर भीम लामाले बताउनुभयो । डेडिकेटेड चारलेन सडकका विभिन्न ठाउँमा आठ लेन, ६ लेन, अण्डरपास र ओभरपास समेत निर्माण हुने भएको हो ।

≪ Previous Post

बुटवलमा आजदेखि लुम्बिनी एक्स्पो : ५० करोड आर्थिक कारोबार हुने लक्ष्य

Next Post ≫

लागु औषध सहित एकजना पक्राउ

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क