Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ बुटवलमा आजदेखि लुम्बिनी एक्स्पो : ५० करोड आर्थिक कारोबार हुने लक्ष्य
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बुटवलमा आजदेखि लुम्बिनी एक्स्पो : ५० करोड आर्थिक कारोबार हुने लक्ष्य

संसारपोस्ट संवाददाता · ५ पुष २०८० · 0
बुटवलमा आजदेखि लुम्बिनी एक्स्पो : ५० करोड आर्थिक कारोबार हुने लक्ष्य
110
SHARES
ShareTweet

बुटवल । बुटवलमा आज बिहिबारदेखि लुम्बिनी एक्स्पो सुरु हुँदै छ । रुपन्देही व्यापार संघको आयोजनामा ‘स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार, सहरदेखि गाउँसम्म व्यापार विस्तार’ भन्ने मूल नाराका साथ हुने एक्स्पोको पूर्व अर्थमन्त्री तथा एमाले उपाध्यक्ष विष्णु पौडेलले उदघाटन गर्ने कार्यक्रम रहेको छ ।
यहि पुसको १८ गतेसम्म हुने एक्स्पोमा ६ सय स्टल रहेका छन् । जसमा होटल तथा रेष्टुरेन्टका २३ वटा, उनी, गार्मेन्ट तथा तयारी पोशाकका १४१, अन्तर्राष्ट्रिय १०, र कृषिका ४३ स्टल रहेकाछन् । यसैगरशि ब्याग÷जुत्ताचप्पल–६८, राष्ट्रिय तथा बहुराष्ट्रिय कम्पनी–७८, श्रृंगार, उपहार तथा खेलौना–५२, फर्निचर तथा फर्निसिङ, किचन एण्ड प्लाष्टिक सामान–५३, बैंक÷वित्तीय संस्था एवं शैक्षिक संस्था–१८, अटोमोवाइल्स, लुब्रिकेशन, टायर तथा पार्टस–६, आइटी, इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स–१६, आइसक्रिम तथा वेकरीज–१८, पुस्तक, किप, स्टेशनरी तथा स्पोर्टस–८, औषधिजन्य पदार्थ तथा कृषि उत्पादनका ६६ स्टल रहेको मेला मूल आयोजक समितिका संयोजक, रुपन्देही व्यापार संघका अध्यक्ष कृष्णप्रसाद घिमिरेले जानकारी गराउनु भयो ।
मेलामा करिब १० लाख दर्शकले अवलोकन गर्ने र करिब ५० करोड बराबरको आर्थिक कारोबार हुने लक्ष्य लिईएको छ । मेलामा गौतमबुद्धको जन्मस्थल लुम्बिनीसहित प्रदेश भित्रका धार्मिक, सांस्कृतिक, पर्यटकीय तथा एतिहासिक महत्व बोकेका सम्पदाहरु एवं स्थलहरुको प्रवर्द्धनात्मक प्रचारप्रसार गरिने पनि उहांले बताउनु भयो । कोरोनापछि बुटवलको व्यापार व्यवसायमा केही शिथिल भएको बेला यो मेलाले अर्थतन्त्रलाई चलायमान बनाउनका लागि महत्वपूर्ण हुने आयोजकको दाबी छ ।
मेलामा डान्स आइडल प्रतियोगिता, लोक दोहोरी प्रतियोगिता, विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिता, विद्यालय स्तरीय वादविवाद प्रतियोगिता, र्याप गीत प्रतियोगिता र भजन प्रतियोगिता हुने आयोजकले जानकारी दिएको छ ।

≪ Previous Post

मिडिया कप फूटसलको उपाधी राज्य टिभीलाइ

Next Post ≫

बुटवल–गोरुसिङ्गे र गोरुसिङ्गे–चन्द्रौटा ६९ किलोमिटर सडक स्तारेन्नतिका लागि बोलपत्र आह्वान

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क