बुटवल । खेलकुदमार्फत पत्रकारहरुबिच आपसी भातृत्व विकास गर्ने उद्देश्यका साथ बुटवलमा मिडिया कप फुटसल सम्पन्न भएको छ । लुम्बिनी अपडेट्स डट कमको वार्षिकोत्सबको अवसर पारेर आयोजना गरिएको क्लिक ईन्टरनेशनल मिडिया कप फुटसल २०८० प्रतियोगिताको उपाधि राज्य टेलिभिजनले चुमेको छ । बुधबार भएको फाइनल खेलमा गर्जन पोष्टलाई ५–० गोल अन्तरले पराजित गर्दै राज्यले उपाधि चुमेको हो । उपाधिसंगै राज्यले नगद ३० हजार रुपैयाँ, कप, मेडल र प्रमाणपत्रबाट पुरस्कृत भयो । उपविजेता गर्जन पोष्ट भने नगद २० हजार रुपैयाँ, कप, मेडल र प्रमाणपत्रमा चित्त बुझायो । प्रतियोगितामा राज्यका विकास गौतम उत्कृष्ट गोलकिपर, गर्जनका शिव डुम्रे उत्कृष्ट खेलाडी र राज्यका पाल बहादुर सोमै सर्वाधिक गोलकर्ता घोषित भए ।
यसअघि प्रतियोगिताको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले मानिस स्वस्थ्य नभई प्रतिफल राम्रो नआउने बताउनु भयो । पत्रकारिताले देशको दिशानिर्देश गर्ने हुदा पनि पत्रकार स्वस्थ्य हुन जरुरी रहेको उहांले बताउनु भयो । पत्रकारहरुलाई खेलकुदमार्फत स्वस्थ्य सचेतना जगाउने गरि नगरपालिकाले कार्यक्रम बनाएको उहांले बताउनु भयो ।
शिक्षा, स्वस्थ्य सेवालाई ब्यवस्थित गर्ने गरि नया अभियानहरु चलाएको उहांले दाबि गर्नुभयो । नगरका ८० प्रतिशत भित्री सडकहरु स्तरिय रहेको बताउदै उहांले सडक बनाउने, सौन्दर्यकरणसंगै ब्यवसायमैत्री बनाउने गरि सडक रिडिजाईन गर्न थालिएको बताउनु भयो । सामरिक, धार्मिक, आर्थिक केन्द्रको रुपमा नगरलाई विकास गर्ने रुपमा काम अघि बढेको उहांले दाबी गर्नुभयो ।
नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेले विश्व परिवेशमा नै आर्थिक समस्याको चपेटामा परेको भन्दै मिडिया बचाउन सबै लाग्नुपर्ने बताउनु भयो ।
मानवअधिकार तथा शान्ति समाजका विर्तमान अध्यक्ष गोबिन्द खनालले सञ्चार क्षेत्र जोगाउन लाग्नुपर्ने बताउदै पत्रकारिता कमजोर भए सबै क्षेत्र कमजोर हुने दाबी गर्नुभयो ।
प्रतियोगिताका विजयी, उप विजयी तथा उत्कृष्ट खेलाडीहरुलाई नेपाल पत्रकार महासंघका अध्यक्ष रामराज पोखरेल, उपाध्यक्ष विश्वास ढकाल, मासंघका सल्लाहाकार खिममनन्द भट्टराई, खेलकुद पत्रकार मंचका अध्यक्ष सुमन अधिकारी, मानव अधिकार तथा शान्ति समाजका निवर्तमान अध्यक्ष गोबिन्द खनाल, लुम्विनी अपडेट अनलाईनका अध्यक्ष गोबिन्द बस्नेत, खेल संयोजक खेम पाठकले पुरस्कार बितरण गर्नुभएको थियो ।
यसैगरि बुधबार नै ईक्यान र खेलकुद पत्रकार मंच बिच मैत्रीपुर्ण खेल समेत भएको थियो । रोमान्चक खेलमा इक्यान २—१ गोलले विजयी भयो ।