Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ उद्योग ब्यापार संघको अध्यक्षमा पाण्डे निर्वाचित
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

उद्योग ब्यापार संघको अध्यक्षमा पाण्डे निर्वाचित

संसारपोस्ट संवाददाता · ५ पुष २०८० · 0
उद्योग ब्यापार संघको अध्यक्षमा पाण्डे निर्वाचित
60
SHARES
ShareTweet

बुटवल । उद्योग ब्यापार संघ बुटवलको अध्यक्षमा विष्णुप्रसाद पाण्डे निर्वाचित भएका छन् । संघको बुटवलमा सम्पन्न पांचौं साधारणसभा तथा तेस्रो अधिवेशनबाट पाण्डेको नेतृत्वमा २५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको हो ।
संघको वरिष्ठ उपाध्यक्षमा लोकनाथ पन्थी, उद्योग उपाध्यक्षमा पदम जि.सी., बाणिज्य उपाध्यक्षमा केशव श्रीस,महिला उपाध्यक्षमा अन्जु पाण्डे, महासचिवमा यमलाल मरासिनी, सचिवमा कोशलराज भण्डारी, कोषाध्यक्षमा नम्रता थापा र सहकोषाध्यक्षमा अर्जुन गिरी निर्वाचित भएका निर्वाचन समिति संयोजक दामोदर घिमिरेले बताउनु भयो ।
यस्तै कार्य समिति सदस्यहरुमा न्याजुद्दिन मियाँ, विनोद खाती, देवेन्द्र राना, विष्णु मरासिनी, दिपीका क्षेत्री, विशाल पन्थी, विनोद आचार्य,सौरभ भुसाल, दिल प्रसाद शर्मा, प्रशान्त बञ्जाडे, विजय आचार्य, जिब बहादुर बुढाथोकी, जनेस पन्थी, बसन्ता खनाल र नारायण प्रसाद पाण्डे निर्वाचित भएका निर्वाचन प्रमुख घिमिरेले जानकारी दिनुभयो । निर्वाचित पदाधिकारी र सदस्यहरुलाई निर्वाचन प्रमुख घिमिरेले संघका निवर्तमान अध्यक्ष गोबिन्दराज गैरे,नेपाल उद्योग ब्यापार महासंघका बाणिज्य उपाध्यक्ष बाबुराम पोखरेल,महासचिव खिमनारायण पराजुलीको उपस्थितिमा पद तथा गोपनियताको सपथ गराउनुभएको छ ।
नवनिर्वाचित अध्यक्ष पाण्डेले उद्योगी व्यवसायीका समस्या समाधानमा पहलसंगै नयां सदस्य विस्तार, संघको सचिवालय भवन निर्माण र २०८२ मा बुटवल अन्तर्राष्ट्रिय प्रदर्शनीस्थलमा औद्योगिक ब्यापार मेला सञ्चालन आफ्नो मुख्य कार्यभार रहेको बताउनुभयो । सचिवालय भवन निर्माणको संयोजक निवर्तमान अध्यक्ष गोविन्दराज गैरे रहनुभएको छ । उहांले करिब २ करोड लागतमा २ वर्षभित्र दुई तले सुविधासम्पन्न सचिवालय भवन तयार गर्ने लक्ष्य रहेको र यसमा सबैको साथको अपेक्षा गरिएको बताउनु भयो ।

≪ Previous Post

राष्ट्रिय प्राङ्गारिक कृषि मेला फागुनमा हुने

Next Post ≫

मिडिया कप फूटसलको उपाधी राज्य टिभीलाइ

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क