Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ राष्ट्रिय प्राङ्गारिक कृषि मेला फागुनमा हुने
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

राष्ट्रिय प्राङ्गारिक कृषि मेला फागुनमा हुने

संसारपोस्ट संवाददाता · ५ पुष २०८० · 0
राष्ट्रिय प्राङ्गारिक कृषि मेला फागुनमा हुने
60
SHARES
ShareTweet

बुटवल । बुटवलमा फागुनको दोस्रो साता राष्ट्रिय प्राङ्गारिक कृषि मेला हुने भएको छ । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा फागुन १० देखि १४ गतेसम्म बुटवल मण्डपमा १२ औं संस्करणको ‘राष्ट्रिय प्राङ्गारिक कृषि मेला–२०८०’ गर्न लागिएको हो ।
प्राङ्गारिक खेतीको विकास, प्रवद्र्धन तथा कृषिमा व्यवसायीकरणको प्रवद्र्धन गर्ने उद्देश्यले विशिष्टिकृत ‘राष्ट्रिय प्राङ्गारिक कृषि मेला–२०८०’ गर्न लागिएको बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले जानकारी गराउनु भयो ।
२०६२ सालमा पहिलो पटक कृषि मेला आयोजना गरेको बुटवल उद्योग वाणिज्य संघले त्यसयता नियमित रुपमा विशिष्टिकृत कृषि मेला सञ्चालन गर्दै आएको छ । कृषि क्षेत्रको व्यवसायीकरण र आधुनिकीकरणका लागि विशिष्टीकरण मेलाको रुपमा २०६२, २०६४, २०६६, २०६८, छैठौ राष्ट्रिय प्राङ्गारिक कृषि मेला–२०६९, २०७१, २०७२, एघारौं राष्ट्रिय प्राङ्गारिक कृषि मेला–२०७४, २०७५, २०७८ र २०७९ गरी ११ औं कृषि मेला गरिसकेको छ ।
यो मेला १२ औं संस्करणको कृषि मेला हो । त्यसको निरन्तरतासंगै कृषि प्रविधिको प्रयोग, प्राङ्गारिक कृषिमा व्यवसायिक विकास, कृषिमा लगानी आकर्षण गरी युवा सहभागिता तथा प्राङ्गारिक उत्पादनमा उपभोक्ताको आकर्षण बढाउनको लागि पनि यो पटक राष्ट्रिय स्तरको प्राङ्गारिक कृषि मेला गर्न लागिएको अध्यक्ष अर्यालले बताउनु भयो ।
संघले यस क्षेत्रको आर्थिक विकासका लागि उद्योग वाणिज्य, कृषि तथा पर्यटन क्षेत्रसंग सम्बन्धित विभिन्न प्रकारका प्रबद्र्धनात्मक कार्यहरु सञ्चालन गर्दै आएको बताउँदै अध्यक्ष अर्यालले विगतको मेलाले कृषिको व्यवसायिक विकासमा सहयोग पुगेको दावी गर्नुभयो ।
कृषिको आधुनिकीकरण तथा व्यवसायिकरणमा टेवा पुग्ने, कृषिमा आधारित उद्योगहरुको बजार विकास, उपभोक्ता माझ स्थानीय कृषि उत्पादनको प्रचार–प्रसार, बजार पहिचान, आयात प्रतिस्थापन तथा निर्यात सम्भावनाको पहिचान, रैथाने तथा प्राङ्गारिक वस्तुहरुको महत्व तथा बजार बिस्तारमा यो मेलाले भूमिका खेल्ने संघका महासचिव मुक्ति अधिकारी बताउनु हुन्छ ।
कृषि उत्पादन, प्रविधि, माछा तथा पशुपंछी समेतगरी बढीमा १५० स्टल सहभागि गराउने र कृषि मेलामा कृषि उत्पादनमा आधारित फूड फेष्टिवल पनि गरिने उहाँले बताउनु भयो ।

≪ Previous Post

जातीय मुक्ति समाज रुपन्देहीले मनायो ३६ औँ स्थापना दिवस

Next Post ≫

उद्योग ब्यापार संघको अध्यक्षमा पाण्डे निर्वाचित

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क