Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ जातीय मुक्ति समाज रुपन्देहीले मनायो ३६ औँ स्थापना दिवस
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

जातीय मुक्ति समाज रुपन्देहीले मनायो ३६ औँ स्थापना दिवस

संसारपोस्ट संवाददाता · ५ पुष २०८० · 0
जातीय मुक्ति समाज रुपन्देहीले मनायो ३६ औँ स्थापना दिवस
90
SHARES
ShareTweet

बुटवल । नेकपा एमालेको भातृ संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाज रुपन्देहीले मंगलबार ३६ औँ स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसरमा समाजले “दलित मुक्ति आन्दोलनका उपलब्धि, वर्तमान र आगामी कार्यभार” विषयक अन्तक्र्रिया कार्यक्रमको आयोजना गरी स्थापना दिवस मनाएको हो ।
कार्यक्रमको उद्घाटन गर्दै एमालेका पोलिटब्यूरो सदस्य एवं लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री लिला गिरीले नेपाल उत्पीडित जातीय मुक्ति समाजले दलित आन्दोलनको नेतृत्व हाँकेको बताउनु भयो । उहांले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन दलित समुदायका उम्मेदवारलाई प्रत्यक्ष निर्वाचित गराउन सफल भएको बताउँदै दलित उम्मेदवारलाई प्रत्यक्ष निर्वाचनमा विजयी गराउन सक्नु पार्टीको सफलता भएको उल्लेख गर्नुभयो । तर, दलित समुदायका प्रतिनिधि जिताएर मात्रै मुक्ति समाजको काम नसकिएको उहांले बताउनु भयो ।
‘राष्ट्रिय आवश्यकताका दृष्टिकोणले हेर्ने हो भने हाम्रा लक्ष्य अझै हासिल गरेका छैनौँ,’ उहांले भन्नुभयो, ‘मुक्ति समाजले जातीय विभेदबाट मुक्तिका लागि अझै धेरै काम गर्नुपर्ने छ ।’
एमालेका अर्का पोलिटब्यूरो सदस्य दधिराम न्यौपानेले नेपाल उत्पीडित जातिय मुक्ति समाजले राखेका उद्देश्यलाई ध्यानमा राखेर काम गर्न नवनिर्वाचित जनप्रतिनिधिहरूलाई आह्वान गर्नुभयो । त्यस्तै, जातीय विभेद र छुवाछुतलाई समग्रमा अन्त्य गर्ने अभियानलाई अघि बढाउन र मुक्ति समाजलाई अझ बलियो बनाउन पनि आग्रह गर्नुभयो ।
एमालेका केन्द्रीय सल्लाहकार एकराज विश्वकर्माले समाजले छुवाछुत मुक्त राष्ट्रको वकालत गदै आएको भन्दै मानवको बाँच्न पाउने भेदभावरहित समाजको निर्माण गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।
एमाले लुम्बिनी प्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कंडेलले देशमा भएका जातीय भेदभाव तथा छुवाछुतको अन्त्य गर्नु, राष्ट्रिय नीति निर्माण गर्नु, समानुपातिक समावेशीपूर्ण प्रतिनिधित्वको संवैधानिक अग्राधिकार सुनिश्चित गर्नु मुख्य कार्यभार रहेको बताउनुभयो ।
प्रदेशसभा सदस्य कमलादेवी विश्वकर्माले दलित समुदायलाई भोट बैंकका रुपमा मात्रै प्रयोग नगरी पार्टीले उचित स्थान दिनुपर्ने बताउनुभयो ।
एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसीले दलित समुदायमाथि भएको विभेद अन्त्य हुँदै गएको बताउँदै सामाजिक रुपमा पछाडि पारिएका वर्ग क्षेत्रका लागि एमालेले काम गर्ने बताउनुभयो ।
समाजका केन्द्रीय सदस्य रवि सेन्चुरीले दलित आन्दोलन, समाजले खेलेको भूमिका, नेपालमा दलित समुदायको पछिल्लो अवस्था, अवको बाटो लगायतका विषय समेटेर अवधारणापत्र प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा एमाले नेताहरु चित्रबहादुर कार्की, तेजप्रसाद सेन्चुरी, समाजका जिल्ला अध्यक्ष दिपेन्द्र विश्वकर्मा, उपाध्यक्ष विकास गहतराज सचिव हेमबहादुर बिश्वकर्मालगायतले गणतान्त्रिक मुलकका नागरिक भएर पनि समाजमा जातीय छुवाछुत र विभेद कायमै रहेकाले यसको अन्त्यका लागि सबै जागरुक हुनुपर्ने बताउनु भएको थियो ।
मुक्ति समाजले समाजिक न्यायका मुद्दालाई प्राथमिकताका साथ अगाडि बढाएको समाजका केन्द्रीय सदस्य एवं रुपन्देही इन्चार्ज सुरेन्द्र श्रीले जानकारी दिनुभयो ।

≪ Previous Post

बुटवल उद्योग वाणिजय संघमा ड्राईभिङ बस्तुगत समिति गठन

Next Post ≫

राष्ट्रिय प्राङ्गारिक कृषि मेला फागुनमा हुने

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क