बुटवल । नेपाल जेसीजको अध्यक्षमा रविन पोखरेल बिजयी हुनुभएको छ । बुटवलमा सम्पन्न ५० औं महाधिवेशनबाट पोखरेल ५१० मत प्राप्त गरी बर्ष २०२४ का लागि अध्यक्षमा निर्वाचित हुनुभएको हो । पोेखरेलका निकटतम प्रतिस्पर्धी रजनी थापाले ४२६ मत प्राप्त गर्नुभएको छ । थापाले भन्दा ८४ मत प्राप्त गरी बिजयी बनेका पोखरेलले तीनजना प्रतिस्पर्धीहरु रजनी थापा, विजय गुरुङ र रश्मी शिल्पकारलाइ पराजित गर्नुभएको हो । नुवाकोट जेसीजका पूर्व अध्यक्ष समेत रहनुभएका पोखरेल अघिल्लो पटक राष्ट्रिय अध्यक्ष पदमा पराजित हुनुभएको थियो ।
त्यस्तै महाधिबेशनबाट नेपाल जेसीजको कार्यकारीणी उपाध्यक्षमा अनुप सुनुवार, राजाराम गौतम, भिम बहादुर कुंवर (राजु) र सिनेटर सन्दिप अग्रहरी बिजयी हुनुभएको छ । महासचिवमा सरोज अधिकारी, कानुनी सल्लाहकारमा नरेश चन्द्र ओझा र कोषाध्यक्षमा खेमराज थापा मनोनित हुनुभएको छ ।
यस्तै उपाध्यक्षमा अमर घिमिरे, सौरभ श्रेष्ठ, राजन शर्मा पौडेल, सिता कुमारी भण्डारी, एलिना महर्जन, बहादुर तामाङ, सपना पौडेल भण्डारी, योगेश राजवंशी, घनश्याम चौधरी, नबराज उपाध्याय, गणेश सापकोटा र अचुत उप्रेती आयुष निर्वाचित हुनुभएको छ । निर्वाचित र मनोति पदाधिकारी तथा सदस्यहरुले पद तथा गोपनियताको सपथ ग्रहण गरिसकेको मुख्य निर्वाचन अधिकृत सुरेन्द्र कुमार महतोले जानकारी दिनुभयो ।
नेपाल जेसीजको २१ सदस्यीय कार्यसमितिमा (१७ जना निर्वाचित) एक अध्यक्ष, चार कार्यकारिणी उपाध्यक्ष र १२ जना उपाध्यक्ष निर्वाचित हुने ब्यवस्था छ भने ३ जना अध्यक्षले मनोनयन र निवर्तमान अध्यक्ष पदेन सदस्य रहने व्यवस्था छ । निर्वाचनको लागि रामलक्ष्मण विद्युतीय भोटिङ्ग मेसिनको प्रयोग गरिएको थियो । कुल मतदाता १ हजार ३२ जना थिए भने मतभार १ हजार २१६ थियो ।
उम्मेदवारहरुले प्राप्त गरेको मत :


