Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ लोकतन्त्रको सवलीकरणका लागि सवल अर्थतन्त्रको आवश्यक्तामा जोड
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

लोकतन्त्रको सवलीकरणका लागि सवल अर्थतन्त्रको आवश्यक्तामा जोड

संसारपोस्ट संवाददाता · २ पुष २०८० · 0
लोकतन्त्रको सवलीकरणका लागि सवल अर्थतन्त्रको आवश्यक्तामा जोड
70
SHARES
ShareTweet

बुटवल । लोकतन्त्रको सफल कार्यान्वयनका लागि देशको अर्थतन्त्रको अवस्था पनि बलियो हुनुपर्ने धारणा एक कार्यक्रमका बक्ताहरुले ब्यक्त गरेका छन् । अर्थतन्त्र संकटमा परेका बेला राज्यले उपयुक्त निति अवलम्बन गर्नुपर्ने कुरामा जोड दिदै सहभागिहरुले संकटको अवस्थामा बैंकहरुले सकारात्मक भुमिका नखेलेको गुनासो गरेका थिए ।
लोकतन्त्रको सवलीकरणका लागि नागरिक आन्दोलनद्वारा बुटवलमा आयोजित नेपालको अर्थ ब्यबस्था बिषयक अन्तरसंवाद कार्यक्रममा बोल्ने बक्ताहरुले अर्थतन्त्रको सवलीकरण बिना लोकतन्त्र सवलीकरण नहुने धारणा ब्यक्त गरेका छन् । लोकतन्त्रको सफल कार्यान्वयनका लागि सबैभन्दा पहिले मुलुकको अर्थ ब्यबस्था सुदृढ हुनुपर्ने कुरामा उनिहरुले जोड दिएका हुन् ।
कार्यक्रममा नेपाल राष्ट्र बैंकका निर्देशक सत्यन्द्रराज सुबेदीले मुलुकमा सामान्य आर्थिक सूचकहरुमा उतारचढाव आएको भएपनि बाहिर हल्लामा आएको जस्तो अर्थतन्त्र संकटमा पर्ने अवस्थामा नरहेको बताउनु भयो । बिगतका बर्षहरुमा भन्दा अर्थतन्त्र सुधार उन्मुख रहेको दावी गर्दै निर्देशक सुबेदीले नेपालको अर्थतन्त्रलाई उद्धार गर्नुपर्ने अवस्थामा नपुगेको प्रष्ट पार्नुभयो ।
कार्यक्रममा लोकतन्त्रको सवलीकरणका लागि नागरिक आन्दोलनका अध्यक्ष गोविन्द खनालले जनस्तरमा देखिएको आर्थिक कठिनाईलाई सहज बनाउन सरकारले तत्काल जनमुखी राहत प्याकेज ल्याउन आग्रह गर्नुभयो । देशको अर्थतन्त्र सुदृढीकरण गर्न सरोकारवाला सबैले साझा प्रयास गर्नुपर्ने धारणा ब्यक्त गर्दै अध्यक्ष खनालले बैंकिङ्ग सुब्यबस्था कायम गर्दै बैंकिङ्ग सेवाहरु नागरिक मैत्री बनाउनु पर्ने आवश्यक्ता औंल्याउनु भयो ।
कार्यक्रममा नेपाल राष्ट्र बैंकका उपनिर्देशक जिवन पाण्डे, एनआईसि एसिया बैंकका लुम्बिनी प्रदेश प्रमुख तिलक सुन्दर कार्की, साईन रेसुङ्गा बिकास बैंकका डेपुटी सिईओ निर्देशक लोकप्रसाद पनेरु, प्राध्यापक माधव पौडेल, वरिष्ठ पत्रकार डा. बालकृष्ण चापागाई, रुपन्देही उद्योग संघका अध्यक्ष दिलिप सापकोटा, होटेल ब्यबसायी महासंघका पुर्व अध्यक्ष माधव नेपाल, उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष नवराज श्रेष्ठ लगाएतले आर्थिक मन्दीका कारण धरासायी उद्योग ब्यबसायलाई उकास्न सरकारले राहत प्याकेज ल्याउनु पर्ने कुरामा जोड दिनुभएको थियो ।
कार्यक्रममा सहभागि बैंकिङ्ग उल्झनमा परेका ऋण पीडितहरुले पछिल्लो समय बैंकको रबैयाका कारण आकुल ब्याकुल जनाताको आर्थिक अवस्थालाई संकटमोचन गर्न तथा चुलिदै गएको जनआक्रोस बिद्रोहमा परिणत भै बिष्फोट हुनु अगावै संबोधन गर्न सरकारले तत्काल कदम चाल्नुुपर्ने बिचार ब्यक्त गरेका थिए ।

≪ Previous Post

न्यू होराइजनमा विद्यालयस्तरीय लोक दोहोरी

Next Post ≫

नेपाल जेसीजको अध्यक्षमा रविन पोखरेल निर्वाचित (सूचिसहित)

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क