Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ न्यू होराइजनमा विद्यालयस्तरीय लोक दोहोरी
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

न्यू होराइजनमा विद्यालयस्तरीय लोक दोहोरी

संसारपोस्ट संवाददाता · २ पुष २०८० · 0
न्यू होराइजनमा विद्यालयस्तरीय लोक दोहोरी
50
SHARES
ShareTweet

बुटवल । बुटवलको न्यू होराइजन माविले विद्यालयस्तरीय लोक दोहोरी प्रतियोगिता सम्पन्न गरेको छ । संस्थागत विद्यालयको आयोजनामा अन्तरविद्यालय दोहोरी गीत प्रतियोगिता रुपन्देहीमै पहिलोपटक भएको हो ।
प्रतियोगिता उद्घाटन गर्दै राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानका केन्द्रीय सल्लाहकार खिमबहादुर हमालले नेपालको मौलिक कला र संस्कृतिको रुपमा रहेको लोक दोहोरीको संरक्षण, विकास र प्रवद्र्धनका लागि विद्यालय स्तरमा यस्ता प्रतियोगिता हुनु सराहनीय भएको भन्दै यसलाई निरन्तरता दिन र प्रदेशस्तरीय बनाउन सुझाव दिनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र कसजूले विद्यालयले विद्यार्थीको शैक्षिक गुणस्तरसंगै विभिन्न विधामा पनि उत्कृष्टता हासिल गराउन अतिरिक्त क्रियाकलापहरुलाई उत्तिकै प्राथमिकता दिने गरेको बताउनुभयो ।
प्राचार्य लोकनाथ उपाध्यायले न्यू होराइजनले संस्थागत र सामुदायिक विद्यालयबीच सम्बन्ध प्रगाढ बनाउने र विद्यार्थीको वौद्धिक प्रतिभा प्रष्फुटन गराउन जिल्लास्तरीय हुंदै प्रदेशस्तरीय हाजिरीजवाफ प्रतियोगितालाई निरन्तरता दिंदै आएको र अब लोक दोहोरी प्रतियोगितालाई पनि निरन्तरता दिने बताउनु भयो ।
प्रतियोगितामा शान्ति नमूना मावि मणिग्राम प्रथम, नवीन औद्योगिक मावि बुटवल दोस्रो, बुद्ध पब्लिक हाइस्कूल देवदह तेस्रो र न्यू होराइजन मावि बुटवल सान्त्वना भएका विद्यालयका शिक्षक विष्णुप्रसाद बस्यालले जानकारी दिनुभयो ।
जिल्लाका सामुदायिक र संस्थागत गरी १० विद्यालयले भाग लिएको प्रतियोगिताका विजयी विद्यालयले क्रमशः १२ हजार, ९ हजार, ६ हजार र ३ हजार नगद पुरस्कार पाएका प्रतियोगिताका संयोजक गणेश भण्डारीले जानकारी दिनुभयो । कार्यक्रममा निर्णायकहरु लक्ष्मण खड्का, दामोदर बस्याल र सीता राना तथा गायक नारायण लेकाली, विष्णु कंडेल, गायिका कल्पना कुसुम लगायतले दोहोरी गीत, भजन र नृत्य प्रस्तुत गर्दै विद्यार्थीलाई मनोरन्जन दिलाउनुभएको थियो ।

≪ Previous Post

मणिमुकुन्द कलेजमा हाजिरीजवाफ र हिज्जे

Next Post ≫

लोकतन्त्रको सवलीकरणका लागि सवल अर्थतन्त्रको आवश्यक्तामा जोड

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क