Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ मणिमुकुन्द कलेजमा हाजिरीजवाफ र हिज्जे
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

मणिमुकुन्द कलेजमा हाजिरीजवाफ र हिज्जे

संसारपोस्ट संवाददाता · २ पुष २०८० · 0
मणिमुकुन्द कलेजमा हाजिरीजवाफ र हिज्जे
50
SHARES
ShareTweet

बुटवल । बुटवल योगीकुटीस्थित मणिमुकुन्द कलेजमा अन्तर सेक्सन हाजिरीजवाफ (क्वीज) र हिज्जे (स्पेल बी) प्रतियोगिता सम्पन्न भएका छन् । विद्यार्थीलाई किताबी ज्ञानसंगै समसामयिक विषयको वाह्य ज्ञान प्रष्फुटन गराउने उद्देश्यले विद्यार्थीहरुको क्लब मणिमुकुन्द एपाइरी साइन्स सोसाइटीले हाजिरीजवाफ प्रतियोगिता गरेको हो ।
१५ समूहले भाग लिएको प्रतियोगिताको फाइनलमा ४ टिम पुगेका थिए । जसमा प्रतिक शर्मा, सक्षम न्यौपाने र ज्योति रिजालको समूह प्रथम, अनिल अर्याल, प्रतिक खत्री र गरिमा रेग्मीको समूह दोस्रो र अविनाश यादव, गणेश गिरी र अनुपा ज्ञवालीको समूह तेस्रो भएका छन् । यस्तै कलेजकै अर्को क्लब एमएससीसीले आयोजना गरेको हिज्जे प्रतियोगितामा करुणा पन्थी र सुदिप रम्तेलको समूह प्रथम, सुप्रिम ज्ञवाली र कृपा पाण्डेको समूह दोस्रो र विश्वराज भण्डारी र सोहिल रानाको समूह तेस्रो भएका छन् ।
विजयी समूह र विद्यार्थीलाई विद्यालयका प्राचार्य टुकबहादुर क्षेत्रीले पुरस्कार वितरण गर्दै प्रतियोगितामा जित्नु मात्र ठूलो कुरा नभई भाग लिनु र अवलोकन गर्नुले पनि विद्यार्थीको ज्ञान र नेतृत्व क्षमता बृद्धि हुने बताउनुभयो । कार्यक्रममा भाइस प्रिन्सिपल दिवाकर खनाल, विज्ञान संयोजक लक्ष्मण गैरे, व्यवस्थापन संयोजक पशुपति चौधरी, क्वीज मास्टर बाबुराम गैरे लगायतले बोल्दै विद्यार्थीको सर्वाङगीण विकासका लागि कलेजले विभिन्न विधाका प्रतियोगिताहरु सञ्चालन गर्दै आएको बताउनुभयो । सो अवसरमा कक्षा ११ र १२ को प्रथम त्रैमासिक परीक्षामा उत्कृष्ट भएका विद्यार्थीलाई पुरस्कृत गरिएको थियो ।

≪ Previous Post

नारायणगढ–मुग्लिन सडक दैनिक चार घण्टा बन्द हुने

Next Post ≫

न्यू होराइजनमा विद्यालयस्तरीय लोक दोहोरी

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क