Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ पांचौं उपमेयर कप महिला भलिबलको उपाधि एभरेष्टलाई
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

पांचौं उपमेयर कप महिला भलिबलको उपाधि एभरेष्टलाई

संसारपोस्ट संवाददाता · २६ मंसिर २०८० · 0
पांचौं उपमेयर कप महिला भलिबलको उपाधि एभरेष्टलाई
70
SHARES
ShareTweet

तिलोत्तमा । पांचौ तिलोत्तमा उपमेयर कप रनिङशिल्ड खुल्ला महिला भलिबल प्रतियोगिताको उपाधि एभरेष्ट बोर्डिङ हाइ स्कूल बुटवलले  जितेको छ ।

तिलोत्तमाको कुंवरवर्ती बोर्डिङ हाइ स्कुलमा सोमबार सम्पन्न फाइनलमा कुंवरवर्ती बोर्डिङ स्कूलको टिमलाई ३–१ को सेटमा पराजित गर्दै एभरेष्टले उपाधि जितेको हो । प्रतिष्पर्धात्मक खेलमा एभरेष्टले पहिलो सेट २५–२२,दोस्रो सेट २५–१४ र चौथो सेट २५–७ ले जितेको थियो भने कुंवरवर्तीले तेस्रो सेटको खेल २५–२३ ले जितेको थियो । एभरेष्टले गत वर्ष सम्पन्न रनिङ शिल्डको चौथो संस्करण पनि जितेको थियो ।

पहिलोदेखि लगातार तेस्रो संस्करणसम्म जितेर रनिङ शिल्ड हात पारेको कुंवरवर्तीले दोस्रो स्थानमा चित्त बुझाएको छ । सोमबार नै सम्पन्न तेस्रो स्थानका लागि भएको खेलमा कपिलवस्तुको हिलबर्ट स्कूलले बुटवलको न्यू होराइजनलाई ३–१ सेटले जित्दै तेस्रो भएको छ ।
उपाधिसंगै एभरेष्टले नगद ६१ हजार रुपैया, कुंवरवर्तीले ४१ हजार, तेस्रो भएको हिलवर्टले २१ हजार तथा सान्त्वना भएको न्यु होराईजनले ११ हजार नगद,ट्रफी र प्रमाणपत्रबाट पुरस्कृत भए । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी एभरेष्टकी मिना सुनार,उदियमान खेलाडी हिलवर्टकी स्नेहा साहु, उत्कृष्ट सर्भर न्यु होराईजनकी सन्चिता चौधरी, उत्कृष्ट डिफेन्स एभरेष्टकी यमुना रसाईली, उत्कृष्ट ब्लकर एभरेष्टकी शान्ता सुनार, अनुशासित खेलाडी कुवरवर्तीकी रजनी थारु, उत्कृष्ट सटर कुंवरवर्तीकै सरस्वती कट्टेल, उत्कृष्ट स्पाईकर कुवरवर्तीकि कोपिला राना र उत्कृष्ट प्रशिक्षक हिलवर्टका भरत थापा भए ।

प्रतियोगिताको एक समारोहका बिच समापन गर्दै तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खांणले पछिल्ला वर्षहरुमा खेलाडीहरुले खेल खेलेरै राम्रो आम्दानी गर्न सफल भएका र राष्ट्रको नाम उच्च बनाउन सफल भएका बताउनुभयो । खेलकुदका माध्यमबाट पुर्वाधार विकासमा पनि योगदान पुग्ने भन्दै उहाले अब खेलकुदका माध्यमबाट तिलोत्तमाको  पहिचान उचो बनाउने बताउनुभयो ।
कार्यक्रममा उपप्रमुख जागेश्वरी देवि चौधरी,तिलोत्तमा नगरपालिकाका शिक्षा,युवा तथा खेलकुद शाखाका प्रमुख गंगाराम आचार्य लगायतले कुंवरवर्ती स्कुलले भलिबल प्रतियोगिताको उत्कृष्ट व्यवस्थापन गरेको बताउनुभयो । प्रतियोगितामा रुपन्देही र कपिलवस्तुका ६ टिमको सहभागिता रहेको थियो ।

≪ Previous Post

प्रगतिशील पत्रकार संघ, नेपालले मनायो १७ औं स्थापना दिवस

Next Post ≫

लुम्बिनी एक्स्पो सुरक्षा बैठकमा एकिकृत प्रवन्धसंगै स्मार्ट सुरक्षाको प्रवन्धमा जोड

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क