Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ पर्यटन ≫ एपेक्स स्कूलमा एपेक्स नेशनल सस्टेनएबल टुरिजम क्लब गठन
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

एपेक्स स्कूलमा एपेक्स नेशनल सस्टेनएबल टुरिजम क्लब गठन

संसारपोस्ट संवाददाता · १९ मंसिर २०८० · 0
एपेक्स स्कूलमा  एपेक्स नेशनल सस्टेनएबल टुरिजम क्लब गठन
90
SHARES
ShareTweet

तिलोत्तमा । रूपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. १ शंकरनगर स्थित एपेक्स स्कूलमा आज मंगलबार दिगो पर्यटन क्लब निर्माण सँगै वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । नेपाल पर्यटन बोर्ड, यु.एन.डि.पी. नेपाल तथा टुरिजम रिसर्च एण्ड ट्रेनिंग इन्स्टिच्युटद्वारा संयुक्त रुपमा विद्यालयमा कार्यक्रम आयोजना भएको थियो ।

पर्यटन विकाशसम्बन्धि वक्तृत्वकला प्रतियोगिता पश्चात् ११ सदस्यीय “एपेक्स नेशनल सस्टेनएबल टुरिजम क्लब”को गठन भएको हो । विद्यालयका ९ कक्षाका विद्यार्थी निकेश ज्ञवालीको अध्यक्षतामा क्लब गठन गरिएको विद्यालयले जनाएको छ । विद्यालयका प्रधानाध्यापक क्बलका संरक्षक र अतिरिक्त क्रियाकलाप संयोजक क्लबको संयोजक रहने गरी क्लबले पर्यटन विकाशका सम्बन्धमा विभिन्न कार्यक्रम सञ्चालन गर्ने छ ।

त्यसअघि, “लुम्बिनी प्रदेशको पर्यटन र सम्भावना” शीर्षकमा अन्तरविद्यालय वक्तृत्वकला भएको थियो । प्रतियोगितामा अंकिता घिमिरे पहिलो, आकृति सापकोटा दोश्रो र शुभेच्छा भण्डारी तेश्रो हुनुभएको थियो ।  प्रभात के.सी., गणेश ज्ञवाली र कमला क्षेत्रीले प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो ।

विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक लक्ष्मण गैह्रेको अध्यक्षतामा भएको क्लब गठन एवम् वक्तृत्वकला कार्यक्रममा टुरिजम रिसर्च एण्ड ट्रेनिंग इन्स्टिच्युटका अध्यक्ष मदनकुमार बरालको प्रमुख आतिथ्य र विद्यालयका प्रधानाध्यापक दिपक गौतमको विशिष्ट आतिथ्य रहेको थियो।

≪ Previous Post

लोकतन्त्रको विकल्प खोज्नु मुर्खता : कृष्ण पहाडी

Next Post ≫

प्रगतिशील पत्रकार संघ, नेपालले मनायो १७ औं स्थापना दिवस

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क