Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ सकियो तिलोत्तमामा जारी तेस्रो औद्योगिक व्यापार मेला तथा प्रवर्द्धन महोत्सव : १३ करोडको आर्थिक कारोबार
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

सकियो तिलोत्तमामा जारी तेस्रो औद्योगिक व्यापार मेला तथा प्रवर्द्धन महोत्सव : १३ करोडको आर्थिक कारोबार

संसारपोस्ट संवाददाता · १८ मंसिर २०८० · 0
सकियो तिलोत्तमामा जारी तेस्रो औद्योगिक व्यापार मेला तथा प्रवर्द्धन महोत्सव : १३ करोडको आर्थिक कारोबार
150
SHARES
ShareTweet

तिलोत्तमा । तिलोत्तमा उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा तिलोत्तमा ५ मणिग्राममा सञ्चालित तेस्रो राष्ट्रिय औद्योगिक व्यापार मेला तथा कृषि एवं पर्यटन प्रवर्द्धन महोत्सव २०८० सकिएको छ। सबल अर्थतन्त्रका आधार कृषि पर्यटन उद्योग र व्यापार भन्ने मूल नाराका साथ मंसिर १ गतेदेखि सञ्चालित मेलामा १३ करोडको कारोबार भएको मेला आयोजक मूल समितिका संयोजक तथा तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष गुणनिधि भण्डारी (माधव)ले बताउनु भयो ।
मंसिर १२ गतेसम्म सञ्चालन गर्ने लक्ष्य लिइएकोमा थप ५ दिन थपेर १७ दिन सञ्चालन भएको मेलामा ३ लाख ७५ हजार दर्शकले अवलोकन गरेको अध्यक्ष भन्डारीले बताउनुभयो ।
समापन समारोहलाई सम्बोधन गर्दै तिलोत्तमा नगरपालिका उपप्रमुख जागेश्वरी देवी चौधरीले आर्थिक अवस्था जर्जर रहेको अवस्थामा मेला महोत्सवले आर्थिक गतिविधिलाई चलायमान बनाउन सहयोग गर्ने बताउनुभयो।
चौधरीले उद्योगीका समस्या समाधानको लागि जनप्रतिनिधि सहितको सहभागिता रहने उल्लेख गर्नुभयो। उहाले मेला स्थलमा स्थायी संरचना आवश्यक रहेकोमा त्यसको लागि आफूले आफ्नो तरिकाबाट सक्दो पहल गर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष कुल प्रसाद न्यौपानेले व्यवसायीलाई स्थायित्वको व्यवस्थापन मिलाउन सरकारले ध्यान दिनुपर्ने उल्लेख गर्नुभयो। उहाले सबैले आ आफ्नो ठाउँबाट पहल गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा नेकपा एमालेका नगर अध्यक्ष तामनाथ पान्डे, माओबादी केन्द्रका नगर इन्चार्ज बेलप्रसाद शर्मा, करहिया मक्रहर खानेपानी उपभोक्ता सरसफाइ संस्थाका अध्यक्ष यज्ञ गैरे, बुटवल उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष सुरज भट्टराई, तिलोत्तमा चेम्बर अफ कमर्सका अध्यक्ष बाबुलाल भुसाल, तिलोत्तमा ८ वडा अध्यक्ष कृष्ण पौडेल, मेलाका प्रायोजक वरिष्ठ उद्योगी वसन्त रोका क्षेत्री,  संघका उद्योग उपाध्याक्ष सुरज पङ्गेनी, बाणिज्य उपाध्यक्ष हरिलाल पान्डे, स्टल व्यवसायी भगवती बस्याल लगायतले बोल्नुभएको थियो ।
समापन  समारोहमा मेलामा उत्कृष्ट प्रदर्शन गर्ने डिङ्गनगर दूरगामी सहकारी सस्था लिमिटेड, ड्याडिच किचन, फर्साटिकर केरा व्यवसायी, सृजनशील संस्था नेपाल र बैभव अचार उद्योगका स्टललाई क्रमशः प्रथम द्वितीय तृतीय र सान्त्वना (२ स्टल)लाई पुरस्कृत गरिएको महासचिव राजकुमार पाण्डेले जानकारी दिनुभयो ।
मेलामा स्वदेशी उत्पादन, बजार व्यवस्थापन, उपभोक्ता माझ नयाँ प्रविधि र वस्तुको पहिचान एवं प्रवर्द्धनको माध्यमबाट आर्थिक विकासमा महत्त्वपूर्ण योगदान पुगेको विश्वास लिइएको मेला आयोजक मूल समितिका सहसंयोजक तथा तिलोत्तमा उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्र कार्कीले बताउनुभयो।
मेलामा मुलुकका विभिन्न स्थानमा उत्पादित कृषि तथा औद्योगिक उत्पादनका साथै आधुनिक कृषि एवं औद्योगिक मेशिनरिको प्रदर्शनी एवं बिक्री भएको संघका वाणिज्य उपाध्यक्ष हरिलाल पाण्डेले बताउनुभयो।
प्रदर्शनीमा कृषिमा हुँदै गएको आधुनिकीकरण, स्वदेशी वस्तुको उत्पादन साथै व्यवसायीकरण, पर्यटनको सम्भावनासँगै ती स्थानको पहिचान एवं गन्तव्यको सुनिश्चितताको खोजी गरिएको उद्योग उपाध्यक्ष सुरज पंगेनीले जानकारी दिनुभयो।
मेलामा औद्योगिक प्रविधि, रेस्टुरेन्ट, कृषि, हस्तकला, गार्मेन्ट, बेकरी तथा कन्फेक्सनरी, छाला जुत्ता, खाद्यान्न, आइटी लगायत विभिन्न प्रकृतिका २५३ स्टलहरू रहेका थिए।

≪ Previous Post

शंकरनगर सामुदायिक वन २३ औं वार्षिक साधारण सभा : सामुदायिक वनको विकासले गरिबी निवारण

Next Post ≫

लोकतन्त्रको विकल्प खोज्नु मुर्खता : कृष्ण पहाडी

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क