Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ शंकरनगर सामुदायिक वन २३ औं वार्षिक साधारण सभा : सामुदायिक वनको विकासले गरिबी निवारण
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

शंकरनगर सामुदायिक वन २३ औं वार्षिक साधारण सभा : सामुदायिक वनको विकासले गरिबी निवारण

संसारपोस्ट संवाददाता · १८ मंसिर २०८० · 0
शंकरनगर सामुदायिक वन २३ औं वार्षिक साधारण सभा : सामुदायिक वनको विकासले गरिबी निवारण
140
SHARES
ShareTweet

बुटवल । सामुदायिक वनको संरक्षण गरी दीगो विकासका लागि उपभोक्ता सक्रिय र सचेत हुनुपर्ने सरोकारवालाले बताएका छन् । मानव समाजमा वनको महत्व बढेकाले हरियाली र शुद्व हावापानीका लागि सामुदायिक वनहरु संरक्षण गरी दीगो विकासमा सबैको ध्यान केन्द्रित हुनुपर्ने उनीहरुले बताए ।
रुपन्देहीको तिलोत्तमास्थित शंकरनगर सामुदायिक वन उपभोक्ता समूहको २३ औं वार्षिक साधारण सभामा बोल्ने सरोकारवालाले सामुदायिक वनको दीगो विकासले समाजमा परिवर्तन आउने बताए ।
सामुदायिक वनको दीगो विकास भएमा रोजगारी सिर्जना हुने र यसबाट गरिबी निवारण गर्न सकिने उनीहरुको भनाइ छ । तीनै तहका सरकारवीच वन ऐनहरु बाझिएकाले काम गर्न समस्या भएको भन्दै उनीहरुले सामुदायिक वनलाई लगाईएको कर हटाउन सरकारसंग माग गरेका छन् ।
साधारण सभामा बोल्दै तिलोत्तमा नगरपालिकाकी उपमेयर जागेश्वरी देवी चौधरीले वन ऐनसंग बाझिएका विषयमा सहजीकरण गरी वनको दीगो विकासमा सहयोग पुराउने बताउनुभयो ।
आमनागरिकको हितमा सामदुायिक वन संरक्षण गर्नुपर्ने बताउंदै उपमेयर चौधरीले सामुदायिक वनलाई अतिक्रमण हुनबाट जोगाइ संरक्षणका लागि तिलोत्तमा नगरपालिकाको साथ सहयोग रहने प्रतिवद्वता जनाउनुभयो ।
डिभिजन वन कार्यालय रुपन्देहीका डिभिजन प्रमुख प्रभात सापकोटाले सामुदायिक वनहरु उत्कृष्ट र सम्मृृद्व भैसकेको बताउंदै सामुदायिक वनको दीगो विकासमा सबैको साथ सहयोग चाहिने बताउनुभयो ।
शंकर नगर सामुदायिक वन उपभेक्ता समूहका अध्यक्ष रबिन्द्र वस्नेतले देशभरका सामुदायिक वनमध्ये शंकनर सामुदायिक वन उत्कृष्ट भएको बताउनुभयो । अतिक्रमित हुनबाट शंकरनगर सामुदायिक वनलाई  जोगाईएको बताउंदै उहांले भन्नुभयो– भविश्यमा अतिक्रमण हुनबाट जोगाउनका लागि आम उपभोक्ता सचेत  हुनु जरुरी छ । सामूदायिक वनलाई रोजगार र पर्यापर्यटनसंग जोडेर आम्दानीको श्रोत बढाउन सकिने र त्यसतर्फ काम भैरहेको अध्यक्ष बस्नेतले बताउनुभयो ।
कार्यक्रममा नेपाली कांगे्रसका तिलोत्तमा नगर सभापति हरिलाल पाण्डे, नेकपा एमाले तिलोत्तमा नगर अध्यक्ष तामनाथ पाण्डे, नेकपा माओवादी केन्द्रका नगर इन्चार्ज वेलप्रसाद शर्मा, तिलोत्तमा नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष फर्सुराम गिरी,  रामनगर सामुदायिक वनका अध्यक्ष रुद्र हमाल, शंकरनगर खानेपानी उपभोक्ता समूहका अध्यक्ष झविन्द्र भण्डारी, शंकरनगर सामूदायिक वनका कानुनी सल्लाहाकार खुमाकान्त पौडेल, शिक्षक टंकप्रसाद पौडेल, इको क्लवकी  अध्यक्ष मेलिना गुरुङ, पार्षद शारदा भण्डारी, लोकनाथ पाण्डेय लगायतले बोल्दै सामुदायिक वन संरक्षणमा सबैको साथ सहयोग आवश्यक पर्नेमा जोड दिए ।
साधारण सभाको अवसरमा एसईईमा उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति र गरिव तथा जेहेन्दार विद्यार्थीलाई संस्थाका पदाधिकारीहरु अध्यक्ष रबिन्द्र बस्नेत, उपाध्यक्ष कमला ज्ञवाली, सचिव कालिका अधिकारी र कोषध्यक्ष भुवन आचार्यले आर्थिक सहयोग गर्नुभएको छ । यो सहयोलाई आफ्नो कार्यकाल सम्म निरन्तरता दिइने कार्यक्रममा जानकारी गराइएको थियो । कार्यक्रममा अध्यक्ष रविन्द्र वस्नेतले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष भुवन आचार्यले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
शंकर नगर सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष रबिन्द्र वस्नेतको अध्यक्षता, उपाध्यक्ष कमला ज्ञवालीको स्वागत र सचिव कालिका अधिकारीको सञ्चालनमा कार्यक्रम भएको थियो ।

≪ Previous Post

कांग्रेस लुम्बिनी प्रदेश सम्मेलन सकियो,तहगत संरचनालाई पूर्णरुपमा जिम्मेवारी दिन पार्टी केन्द्रसँग आग्रह

Next Post ≫

सकियो तिलोत्तमामा जारी तेस्रो औद्योगिक व्यापार मेला तथा प्रवर्द्धन महोत्सव : १३ करोडको आर्थिक कारोबार

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क