Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ दर्ता विना ग्रिलजन्य कामगर्न नदिन व्यवसायीको माग
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

दर्ता विना ग्रिलजन्य कामगर्न नदिन व्यवसायीको माग

संसारपोस्ट संवाददाता · १८ मंसिर २०८० · 0
दर्ता विना ग्रिलजन्य कामगर्न नदिन व्यवसायीको माग
70
SHARES
ShareTweet

बुटवल । व्यवसाय दर्ता नगरी झोलामा मेसिन लिएर घरघरमागई ग्रिल,स्टिल र आल्मुनियमको  कामगर्ने परिपाटीलाई कडाईका साथ नियन्त्रण गर्न व्यवसायीहरुले माग गरेका छन् । करको दायरामा नआई हुने कारोबारले राज्यलाई कर तिरेका व्यवसायीहरु मारमा परेको उनीहरुको गुनासो छ । व्यवसायीकाअनुसार रुपन्देहीमा ग्रिल,स्टिल र आल्मुनियमको कामगर्ने २ सय बढीले व्यवसाय दर्ता नगरी राज्यलाई कर छलेर कामगर्दै आएका छन् ।
ग्रिल,स्टिल तथा आल्मुनियम संघ रुपन्देहीको १४ औं वार्षिक साधारण सभा तथा सातौं अधिवेशनमा बोल्ने वक्ताहरुले राज्यका निकायहरु उद्योगी व्यवसायीका समस्याप्रति गैर जिम्मेवार बनेको गुनासो गरे । ग्रिल तथा स्टिल व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष अशोक वर्माले अहिलेको आर्थिक मन्दीको कारण निर्माणसंग सम्बन्धित सबै कामहरु ठप्प हुंदा उद्योगी ब्यापारी समेत बिदेश पलायन हुन बाध्य भएकाले यसलाई रोक्न सरकारले उद्योगी व्यवसायीलाई राहत दिनुपर्ने माग गरे ।  सरकारले साना उद्योगी ब्यवसायीलाई बचाउन राहत स्वरुप बिनाधितो ५ लाख सम्म र ठूला उद्योगीलाई सुलभ ब्याज दरमा ऋण दिनुपर्ने वर्माले माग गरे । केन्द्रीय उपाध्यक्ष अशोक वर्माले उद्योगीहरुलाई विद्युत महसुलमा छुट दिन,मोतिपुरमा स्थापना हुने औद्योगिक क्षेत्र भित्र ग्रीलग्राम स्थापनाकालागि जग्गा उपलब्ध गराउन र विनादर्ता सञ्चालन भएको व्यवसाय बन्द गराउन पनि सरकारसंग माग गरे । ग्रीलग्राम स्थापना हुन सके बजार र वस्तीमा वातावरण प्रदुषण नहुने, शहरी सौन्दर्यता बढ्ने र ग्रिल व्यवसाय व्यवस्थित एवं मर्यादित हुने उनले औंल्याए । उनले देशभर ११ हजार बढी ग्रिलव्यवसाय सञ्चालनमा रहेका र एक लाख ६० हजार जनाले रोजगारी पाएका बताए ।
कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष सुरज भट्टराईले आर्थिक मन्दीका कारण उद्योगी व्यवसायी समस्यामा परेको र ब्यापार भन्दा उद्योगमा धेरै समस्या झेल्नु परेकाले निजी क्षेत्रको सामूहिक प्रयासबाट सरकारलाई समस्या समाधानकालागि दबाब दिनुपर्ने बताए ।

रुपन्देहीउद्योग संघका अध्यक्ष दिलिप सापकोटाले  औद्योगिक विकास विना देशको विकास नहुने भएपनि सरकारको उद्योगमैत्री नीति नहुंदा उद्योगीहरु अभिभावक विहीन जस्तो निराश बनेको बताए ।
बुटवल फर्निचर उद्योग संघका अध्यक्ष हरि पराजुलीले ग्रिल,स्टिल र आल्मुनियमसंगै फर्निचरमा पनि भारतीय र नेपाली मिस्त्रीले विना दर्ता कामगर्दा व्यवसायीहरु संकटमा परेको र अस्वस्थ प्रतिस्पर्धा भएको बताए ।
ग्रिल,स्टिल तथा आल्मुनियम संघ रुपन्देहीका अध्यक्ष मोहन भट्टराईले जिल्लामा करिब एक सय ५० जना विनादर्ताका व्यवसाय सञ्चालन हुंदा दर्ता भई सरकारलाई कर तिरेका व्यवसायी मारमा परेको गुनासो गरे । वार्षिक प्रतिवेदन पेश गर्दै भट्टराईले  ग्रीलजोन   र कार्यालय भवनका लागि पहल गरिरहेको,व्यवसायी र कामदार दुर्घटना हुंदा राहत दिन सामाजिक सुरक्षा कार्यक्रम लागु गरेको,ठूला परियोजनामा कामगर्न सामूहिक लगानीमा साझेदारी व्यवसाय सञ्चालन गर्ने तयारीमा रहेको  जानकारी गराए ।
कार्यक्रममा ग्रिल डाइरेक्टरी विमोचन गरिएको थियो भने सहयोगी संघसंस्थालाई सम्मान गरिएको महासचिव ध्रुवमणि ज्ञवालीले बताए । अधिवेशनले बुद्धिप्रसाद गुरुङको अध्यक्षतामा १९ सदस्यीय जिल्ला समिति चयन गरेको छ ।

≪ Previous Post

शेरबहादुर स्मृति क्रिकेट प्रतियोगिता : मनकामना र लुम्बिनी शिक्षा निकेतन विजयी

Next Post ≫

कांग्रेस लुम्बिनी प्रदेश सम्मेलन सकियो,तहगत संरचनालाई पूर्णरुपमा जिम्मेवारी दिन पार्टी केन्द्रसँग आग्रह

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क