Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ शेरबहादुर स्मृति क्रिकेट प्रतियोगिता : मनकामना र लुम्बिनी शिक्षा निकेतन विजयी
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

शेरबहादुर स्मृति क्रिकेट प्रतियोगिता : मनकामना र लुम्बिनी शिक्षा निकेतन विजयी

संसारपोस्ट संवाददाता · १८ मंसिर २०८० · 0
शेरबहादुर स्मृति क्रिकेट प्रतियोगिता : मनकामना र लुम्बिनी शिक्षा निकेतन विजयी
110
SHARES
ShareTweet

भैरहवा । भैरहवामा जारी स्वर्गीय शेरबहादुर सेन्चुरी स्मृति अन्तर बिद्यालय टी(२०  क्रिकेट प्रतियोगिता अन्तर्गत आइतबार भएका दुई खेलमा मनकामना इङ्गलिस बोर्डिङ हाइ स्कुल र लुम्बिनी शिक्षा निकेतन इङ्गलिस बोर्डिङ हाई स्कुल विजयी भएका छन् । मनकामनाले नेपाल नालन्दा स्कुललाइ ३ विकेटले र लुम्बिनी शिक्षा निकेतनले काशी नोबेल एकेडेमीलाइ ७ विकेटले पराजित गरेको हो ।
सिद्धार्थ रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको नालान्दाले १४ दशमलव ५ ओभरमा सवै विकेट गुमाउँदै ९८ रनमा समेटिएको थियो । उसका लागि समिर अलीले ३९, सारिक अलीले १३ र साहिल हरिजनले १० रन बनाए । बलिङतर्फ मनकामनाका प्रमोद धोबी र अजय गुप्ताले समान ३(३ विकेट र अनुराग चौधरीले २ विकेट लिए ।
९९ रनको लक्ष्यसहित मैदान प्रवेश गरेको मनकामनाले १७ दशमलव १ ओभरमा ७ विकेट गुमाउँदै लक्ष्य भेट्टायो । मनकामनाका लागि राहुल क्षेत्रीले २८ रन, प्रमोद धोबीले २५ रन बनाए । बलिङतर्फ समिर अली र सम्राट खातीले क्रमशः ३ र २ बिकेट लिए । मनकामनाका प्रमोद धोबी म्यान अफ द म्याच घोषित भए ।
अर्को खेलमा टस जितेर ब्याटिङ गरेको काशी नोबलले निर्धारित ओभरमा ८ विकेटको क्षतिमा १ सय १६ रन बनायो । उसका लागि सन्दीप रोक्काले ४९ रन र सोनाम लामाले २१ रन बनाए । बलिङमा लुम्बिनीका सबिर आलमले ४, अब्दुल हबिब र रजौअल हकले समान २-२ विकेट लिए ।
जवाफी ब्याटिङ गरेको लुम्बिनी शिक्षा निकेतन १९ दशमलव ३ ओभरमा ३ विकेट गुमाउँदै १ सय १८ रन बनाएर विजयी भयो । उसका लागि अब्दुल हबिबले अबिजित २९ रन रजौअल हकले अबिजित २८ रन बनाए । अलिउद्दिन खानले २५ र सन्दिप लोधले १८  रन बनाए । बलिङमा काशीका सौगात लिम्बुले १ विकेट लिए । लुम्बिनीका सबिर लामा म्यानाफ द म्याच घोषित भए ।
मंसिर २३ गतेसम्म चल्ने प्रतियोगितामा रुपन्देहीका १६ वटा विद्यालयको सहभागिता रहेको संघका सचिव संजय गुरुङले बताए । प्रतियोगिताको विजेतालाई रु। ५० हजार, उपविजेतालाई रु। २५ हजारसहित साथै ट्रफी, मेडल र प्रमाणपत्र, म्यान अफ द सिरिजलाई रु। १० हजारसहित ट्रफी र प्रमाणपत्र, बेष्ट ब्याटरलाई रु। ५ हजारसहित ट्रफी र प्रमाणपत्र र बेष्ट बलरलाई रु। ५ हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने संयोजक विजयसिंह ज्ञवालीले जनाए । त्यस्तै प्रत्येक खेलको म्यान अफ द म्याच हुनेलाई रु। १ हजारसहित शिल्ड र प्रमाणपत्र र बेष्ट अनुशासित टीमलाई ट्रफी र प्रमाणपत्र प्रदान गरिने ज्ञवालीले बताए ।

≪ Previous Post

आजदेखि बुटवलमा नेपाली काँग्रेस लुम्बिनीको प्रथम प्रदेश सम्मेलन हुदै

Next Post ≫

दर्ता विना ग्रिलजन्य कामगर्न नदिन व्यवसायीको माग

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क