बुटवल । नेपाली काँग्रेस लुम्बिनीको पहिलो प्रदेश सम्मेलन आज शनिबार बुटवलमा हुँदै छ। सम्मेलनमा सहभागी हुन नेता तथा प्रतिनिधिहरु बुटवल आउने जा क्रम जारी छ । काँग्रेसको लुम्बिनी प्रदेश सम्मेलन अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा आज हुँदै छ।
सम्मेलनको लागि केही नेता तथा प्रतिनिधी शुक्रबार हिजोसाँझनै बुटवल आइसकेको र धेरै जसो आज मात्र आउने कांग्रेसका प्रदेश उपसभापति भुवनप्रसाद श्रेष्ठले जानकारी दिनुभयो। सम्मेलनको आज दिउसो १ बजे केन्द्रीय सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम छ।
सम्मेलनमा नेता शेखर कोइराला, विश्वप्रकास शर्मा सहितका केही जिल्लाका प्रतिनिधि हिजोनै बुटवल आइसकेको र सभापति देउवा, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा लगायतका नेताहरु आजै आउने उपसभापति श्रेष्ठले ताउनुभयो ।काँग्रेसको प्रदेश सम्मेलनमा प्रदेशका कार्यसमिति सहित, जिल्ला सभापति, प्रदेश प्रतिनिधि सदस्य, सल्लाहकार, भातृ तथा सुभेक्षुक संस्थाका प्रतिनिधि गरि करिव ७ सय जतिको सहभागीता रहने छ। सम्मेलन आइतबार भोलीसम्म चल्ने छ।
उद्घाटन सत्रपछि राजनीतिक प्रतिवेदन, सागठनिक प्रतिवेदन, आर्थिक प्रतिवेदन पेस हुने छन। ती प्रतिवेदन माथि प्रतितिधीहरुको छलफल पछि पार्टीले आगामी कार्य दिशा तय गर्ने कोषाध्यक्ष प्रकाश रानाले बताउनुभयो।