Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ नेपाली कांग्रेस रुपन्देहीको प्रथम जिल्ला सम्मेलन, बालकृष्ण खाँणले न्याय पाउनेमा आशावादी छु :सभापति देउवा
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

नेपाली कांग्रेस रुपन्देहीको प्रथम जिल्ला सम्मेलन, बालकृष्ण खाँणले न्याय पाउनेमा आशावादी छु :सभापति देउवा

संसारपोस्ट संवाददाता · १२ मंसिर २०८० · 0
नेपाली कांग्रेस रुपन्देहीको प्रथम जिल्ला सम्मेलन, बालकृष्ण खाँणले न्याय पाउनेमा आशावादी छु :सभापति देउवा
140
SHARES
ShareTweet

भैरहवा । नक्कली शरणार्थी प्रकरणमा पक्राउ परी कानुनी कठघरामा रहेका कांग्रेस नेता बालकृष्ण खाँणले न्याय पाउनेमा आशावादी रहेको नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले बताउनु भएको छ ।
मंगलबार रुपन्देहीको भैरहवामा नेपाली कांग्रेस रुपन्देहीको प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै सभापति देउवाले खाँणले न्याय पाउनेमा आफु आशावादी रहेको बताउनु भयो । भैरहवा समेत पर्ने रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभाका लागि उम्मेदवारी दिएका कांग्रेस नेता बालकृष्ण खाँणलाई नियोजित रुपमा फसाईएको आरोप कार्यकर्ताहरुले लगाएका थिए ।
खाँणको मुद्धा अदालतमा बिचाराधिन रहेको कारण धेरै बोल्न नहुने बताउदै पूर्व प्रधानमन्त्री समेत रहेका सभापति देउवाले तर पनि आफुलाई खाँणले न्याय पाउने विश्वास रहेको बताउनु भयो ।
फरक प्रसंगमा बोल्दै सभापति देउवाले भैरहवा स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि पहल गर्ने समेत बताउनु भयो । सभापति देउवाले विमानस्थल सञ्चालनका लागि सरकार र सरोकारवाला सबै पक्षसँग परामर्श गर्ने बताउनु भयो ।
कार्यक्रममा पार्टीका सहमहामन्त्री किशोर सिंह राठौरले रुपन्देहीमा काँग्रेस बलियो शक्ति भएपनि कार्यकर्ताहरुमा कुरा सुन्ने सम्मको फुर्सद नहुँदा र पार्टीको संगठन निर्माणमा ध्यान नदिँदा कमजोर हुँदै गएको गुनासो गर्नुभयो । उहाले अर्कालाई दोष दिएर पार्टी नबन्ने बताउनुभयो ।
केन्द्रीय सदस्य एवं सांसद डा.चन्द्र भण्डारीले काँग्रेसमा अन्तर्घात बढिरहेको र यसले पार्टीलाई कमजोर बनाएको बताउनु भयो ।
नेपाली कांग्रेस लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले संविधानको मूल मर्म अनुसार अधिकार प्राप्त नहुँदा प्रदेश सरकार ‘पंगु’ बनेको उल्लेख गर्नुभयो । मंगलवार नेपाली कांग्रेस रुपन्देहीको प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै मुख्यमन्त्री चौधरीले प्रदेश सरकारलाई अधिकार दिए प्रदेशको बिकासका लागि कुनै समस्या नरहेको बताउनु भयो । उहाँले संघियताको मर्म अनुसार प्रदेशलाई अधिकार दिए देशको बिकास सजिलो सँग गर्न सकिने दावि गर्नु भयो ।
नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खांडको सभापतित्वमा भएको कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्यहरु दिपक गिरी, अब्दुल रज्जाक, भरत कुमार शाह, देवेन्द्रराज कंडेल, गंगा शाही, जिल्ला उपसभापति थानेश्वर घिमिरे, सचिव हरि काफ्ले, कोषध्यक्ष हरि अर्याललगायतले बोल्दै नेपाली कांग्रेसलाई बलियो बनाउने गरी नेतृत्वमा रहने हरुले काम गर्न सुझाव दिनु भयो ।

≪ Previous Post

बुटवल उद्योग वाणिज्य संघमा कार्यसमिति सदस्य मनोनित, परामर्शदाता चयन

Next Post ≫

आजदेखि बुटवलमा नेपाली काँग्रेस लुम्बिनीको प्रथम प्रदेश सम्मेलन हुदै

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क