Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ बुटवल उद्योग वाणिज्य संघमा कार्यसमिति सदस्य मनोनित, परामर्शदाता चयन
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बुटवल उद्योग वाणिज्य संघमा कार्यसमिति सदस्य मनोनित, परामर्शदाता चयन

संसारपोस्ट संवाददाता · १२ मंसिर २०८० · 0
बुटवल उद्योग वाणिज्य संघमा कार्यसमिति सदस्य मनोनित, परामर्शदाता चयन
90
SHARES
ShareTweet

बुटवल । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीमा कार्यसमिति सदस्य मनोनित गरिएको छ । संघको सोमबार बसेको कार्यसमिति बैठकले संघको विधान बमोजिम मनोनित गर्नुपर्ने कार्यसमिति सदस्य मनोनित गरेको हो ।
संघका अध्यक्ष हरिप्रसाद अर्यालको अध्यक्षतामा बसेको बैठकले उद्योग सदस्यमा सुरेन्द्रमुनी शाक्य, वाणिज्य सदस्यमा नरिश्वर शर्मा पौडेल र कृषि सदस्यमा मोहम्मद याकुवलाई मनोनित गरेको महासचिव मुक्तिप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
त्यस्तै बैठकले परामर्शदाता पनि चयन गरेको छ । राजश्व परामर्शदातामा सिए हरि लम्साल, कानुनी परामर्शदातामा अधिवक्ता बाबुराम पाण्डे, सूचना तथा सञ्चार परामर्शदातामा पत्रकार दामोदर खनाल, पर्यटन परामर्शदातामा पत्रकार महेन्द्र थापा, कृषि परामर्शदातामा प्रदिप शर्मा पौडेल, विमा परामर्शदातामा रमेशबहादुर थापा, पूर्वाधार तथा प्राविधिक परामर्शदातामा ईञ्जिनियर कुशुम ज्ञवाली, आर्थिक परामर्शदातामा नारायण घिमिरे र औद्योगिक क्षेत्र प्रवद्र्धनमा रत्नहरी गौतमलाई चयन गरिएको छ ।
त्यसैगरी बैठकले आन्तरिक समिति पनि चयन गरेको छ । आन्तरिक समिति तर्फ सामाजिक तथा मेलमिलापमा निवर्तमान अध्यक्ष उज्ज्वलप्रसाद कसजू, अन्तर्राष्ट्रिय÷राष्ट्रिय उद्योग तथा व्यापार अनुगमन, ओएसएस, पदपूर्तिमा वरिष्ठ उपाध्यक्ष टंकप्रसाद गैरे, उर्जा उद्योग, रोजगारदाता, अन्तर्र्राष्ट्रिय सम्वन्धमा उद्योग उपाध्यक्ष सुरज भट्टराई, कर राजश्व भन्सार तथा स्थानीय तह समन्वयमा वाणिज्य उपाध्यक्ष विमलराज भट्टराई, सचिवालय तथा कर्मचारी व्यवस्थापन तथा परिचालनमा महासचिव मुक्तिप्रसाद अधिकारी, आर्थिक स्रोत तथा लेखा व्यवस्थापनमा कोषाध्यक्ष बसन्तप्रसाद ढकाल, कार्यालयको आन्तरिक तथा कार्यक्रम व्यवस्थापनमा सचिव प्रतिक पोखरेल र व्यवसायिक हित कोष तथा विमामा सहकोषाध्यक्ष धनाकुमारी खनाललाई जिम्मेवारी प्रदान गरिएको छ ।
त्यस्तैगरी कार्यसमिति सदस्य निर्मित कसजूलाई कार्यशाला तथा तालिम व्यवस्थापन, कार्यसमिति सदस्य बालकृष्ण पौडेललाई उद्योग व्यापार पत्रिका प्रकाशन तथा सार्वजनिक निजी साझेदारी कार्यक्रम व्यवस्थापन र कार्यसमिति सदस्य उमेश अमात्यलाई स्टार्टअप विजनेशको जिम्मेवारी प्रदान गरिएको महासचिव अधिकारीले जानकारी गराउनु भयो ।
माघमा कृषि मेला 
बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले आगामी माघमा कृषि मेला गर्ने भएको छ । सोमबार बसेको कार्यसमिति बैठकले आगामी माघको २५ देखि २९ गतेसम्म कृषि मेला गर्ने निर्णय गरेको हो ।

≪ Previous Post

लुम्बिनी प्रादेशिक अस्पतालका अध्यक्ष वझाले गरे पदभार ग्रहण,  स्वास्थ्यकर्मी र कर्मचारीको साथ लिएर अघि बढ्ने प्रतिबद्धता  

Next Post ≫

नेपाली कांग्रेस रुपन्देहीको प्रथम जिल्ला सम्मेलन, बालकृष्ण खाँणले न्याय पाउनेमा आशावादी छु :सभापति देउवा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क