Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ पुरा परिमाणमा ईन्धन उपलब्ध गराउन पेट्रोलियम ब्यवसायीको माग
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

पुरा परिमाणमा ईन्धन उपलब्ध गराउन पेट्रोलियम ब्यवसायीको माग

संसारपोस्ट संवाददाता · २१ कार्तिक २०८० · 0
पुरा परिमाणमा ईन्धन उपलब्ध गराउन पेट्रोलियम ब्यवसायीको माग
80
SHARES
ShareTweet

बुटवल । पेट्रोलियम ब्यवसायीहरुले पुरा परिमाणमा ईन्धन उपलब्ध गराउन नेपाल आयल निगमसंग माग गरेका छन् । ब्यवसायीले निगमलाई भुक्तानी गरेको रकम भन्दा कम परिमाणमा ईन्धन उपलब्ध हुने गरेको भन्दै यसलाई सुधार गरी पुरा परिमाणमा ईन्धन उपलब्ध गराउन माग गरेका हुन् ।
पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएसनले नेपाल आयल निगम र गुणस्तर तथा नापतौल कार्यालयका नयाँ प्रमुखको सम्मानमा आयोजना गरेको स्वागत, परिचयात्मक तथा बिदाई कार्यक्रममा सहभागि ब्यवसायीहरुले पेट्रोलियम ब्यवसायी आयल निगमको उपभोक्ता भएकाले निगमले उपभोक्ता मैत्री ब्यबहार गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य बैजनाथ जयसवालले जनता पेट्रोलियम ब्यवसायीका उपभोक्ता भए जस्तै ब्यवसायीहरु आयल निगमका उपभोक्ता भएकाले मूल्य अनुसार पुरा परिमाणमा ईन्धन पाउनुपर्ने माग गर्नुभयो ।
कुनै ब्यवसायीले गल्ती गरेमा आम ब्यवसायीलाई खराव दृष्टिकोणले हेर्न नहुने भन्दै सभासद जयसवालले गुण र दोषका आधारमा पुरस्कार र दण्ड जरिवानाको ब्यवस्था हुनुपर्ने उल्लेख गर्नुभयो ।
पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएसनका अध्यक्ष हिमाल गैरेले रड राखेर ईन्धनको परिमाण मापन गर्ने परम्पराको अन्त्य गरी फ्लो मिटर मार्फत ईन्धन उपलब्ध गराउन माग गर्नुभयो । नेपाल र भारतमा ईन्धनको मूल्य फरक भएका कारण चोरी तस्करी बढेकाले अनुगमन कार्यलाई प्रभावकारी गराउन माग गर्दै एशोसिएसनले गलत गर्ने ब्यवसायीको पक्षपोषण नगर्ने बताउनु भयो ।
नेपाल आयल निगम लुम्बिनी प्रादेशिक कार्यालय भलवारी रुपन्देहीमा सरुवा भै आउनु भएकी कार्यालय प्रमुख कमला न्यौपानेले पेट्रोलियम ब्यवसायी निगमका सहयात्री भएकाले साथ र सहयोगको अपेक्षा गर्दै ब्यवसायीसंग सहकार्य र समन्वय गरेर अगाडी बढ्ने बताउनु भयो । उहांले फ्लो मिटर अहिलेको आवश्यक्ता भएकाले यसै आर्थिक वर्षदेखि शुरु गर्ने गरी कार्य अगाडी बढेको बताउनु भयो ।
कार्यक्रममा गुणस्तर तथा नापतौल कार्यालय बुटवलका प्रमुख तिलक केसीले पेट्रोलियम पदार्थ अत्यावश्यक सेवा अन्तर्गत पर्ने भएकाले ब्यवसायिक सुरक्षा र उपभोक्ता हितका लागि नियमन जरुरी रहेको भन्दै ब्यवसायिक हित र संरक्षणका क्षेत्रमा काम गर्ने बताउनु भयो । केही ब्यवसायीको गलत आचरणका कारण पेशानै बदनाम हुनेहुंदा गलत आचरण सुधार गर्न सकेमा ब्यवसायप्रतिको विश्वसनियता बढ्ने बताउनु भयो ।
कार्यक्रममा पेट्रोलियम डिलर्स एशोसिएसनका लुम्बिनी प्रदेश संयोजक प्रेम न्यौपाने, पेट्रोलियम ब्यवसायी चोपनारायण श्रेष्ठ, एशोसिएसनका महासचिव हरिराम कसौधनलगायतले बोल्दै निगम र सरकार विना लगानी मुनाफा खाने ब्यवसायिक साझेदार भएपनि ब्यवसायिक हित र संरक्षणका क्षेत्रमा कुनै काम नगरेको गुनासो गर्नुभयो ।
सो अवसरमा नेपाल आयल निगम लुम्बिनी प्रादेसिक कार्यालय भलवारीमा सरुवा भई आउनुभएकी कार्यालय प्रमुख कमला न्यौपाने र गुणस्तर तथा नापतौल कार्यालय बुटलका प्रमुख तिलक केसीलाई स्वागत तथा आयल निगम भलवारीवाट काठमाण्डौ केन्द्रीय कार्यालयमा सरुवा भई जानलाग्नु भएका ईन्जिनियर जगदिशचन्द्र यादवलाई एशोसिएसनले विदाई गरेको हो ।

≪ Previous Post

गुल्मीको शान्तिपुरमा नग्न अवस्थामा किशोरीको शव फेला

Next Post ≫

पाल्पाको भुतखोलामा डुबेर सिद्धार्थनगरका २२ बर्षीय युवाको मृत्यु

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क